राजनीति

राष्ट्रपतिद्वारा संसद विघटन,  वैशाख १७ र २७ गते मध्यावधि चुनाव हुने

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आज आइतबार दिउँसो संसद विघटन गरेकी हुन । राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी गर्दै संसद विघटन गर्दै २०७८ वैशाख १७ र २७ गते  प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने जानकारी दिएको छ।

प्रधानमन्त्रीद्वारा २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् ।   संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका छन् । २९ वैशाखको विकल्पमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ ।   यद्यपि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र चुनाव घोषणाको सिफारिस अनुमोदन गर्न बाँकी छ।    

सर्वोच्च बार एशोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता शाक्य विजयी

काठमाण्डौं । सर्वोच्च अदालत बार एशोसिएसनको ३३ औँ नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य विजयी भएका छन् ।उनी २९५ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रविनारायण खनालले २५० मत प्राप्त गरे     वरिष्ठ अधिवक्ता शाक्यले बृहत् लोकतान्त्रिक समावेशी (मेधेशी, आदिवासी, जनजाति) पेशागत कानून व्यवासायी समूहको नेतृत्व गरेका थिए भने वरिष्ठ अधिवक्ता खनालले प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानून व्यवसायी समूहको नेतृत्व गरेका थिए

खुमलटारपछी ओली गृहमन्त्री क्वाटरमा

काठमाण्डाै । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली गृहमन्त्री रामबहादुर थापा बादललाई भेट्न उनकै क्वार्टरमा पुगेका छन् ।   पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारबाट छलफल गरेर निस्केका ओली गृहमन्त्री बादललाई भेट्न मन्त्री निवास पुल्चोक पुगेका हुन् ।   भेटवार्तामा भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि सहभागी भएकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रचण्डलाई भेट्न ओली खुमलटार पुगे

काठमाडौं । केहीदिनयता आफ्नै घमन्डी कार्यशैलीले संकटमा परेका नेकपाका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली केही लचिलो भएका छन् । केहिदिन अघीसम्म पार्टीको बैठकमा समेत अनुपस्थिति हुने उनी हाल अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार धाउन तयार भएका छन् ।   शनिबार दिउँसो ओली खुमलटार गएका  छन । ओली र प्रचण्डबीच शुक्रबार साँझ पनि भेट भएको थियो । शनिबार बोलाउँदा प्रचण्ड नआउने बताएपछि ओली आफैं जान लागेको स्रोत बताउँछ । खुमलटार गएर

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्‍सम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्‍सम्बन्धी नयाँ अध्यादेश जारी गरेकी छन्। राष्ट्रपतिको कार्यालयले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रपति  भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा  ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७’ जारी गरेकी हुन्। उनले नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश जारी गरेको विज्ञप्तिमा उल्लेख छ। मंगलबार बिहान गणपुरक संख्या नपुगेपछि स्थगित भएको संवैधानिक परिषद्‍ बैठक आज बेलुका ५

प्रधानमन्त्री ओलीको ‘अग्नि परीक्षा’ भोलि

काठमाडौं । नेपाली राजनीतिमा जे बोलिन्छ, त्यो हुँदैन भन्ने आममानिसको बुझाइ छ । र यसलाई चिर्न राजनीतिज्ञहरु सफल भइसकेका छैन । राजनीतिक दलबीच हुने विवाददेखि आन्तरिक किचलोमा रमाउने नेताहरुको क्रियाकलापले नागरिकको विश्वास गुमाइरहेको छ । लामो समयदेखि आन्तरिक किचलोमा फसेको सत्तारुढ नेकपालाई केही घण्टादेखि आशावादी बनाएको छ । विशेषगरी आन्तरिक विवाद समाधान गर्न अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सचिवालय बैठक बोलाएका छन् । उनीमाथि बैठकबाट भागेको आरोप आफ्नै

प्रधानमन्त्रीमाथि संकट ल्याउनेहरुलाई गोकुल बाँस्कोटाको चुनौति

काठमाडौँ – पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि संकट ल्याउनेहरुलाई चुनौति दिएका छन् । मंगलबार सामाजिक सञ्जालमा व्यंग्यात्मक ट्वीट गर्दै प्रधानमन्त्रीका विश्वाशिला पात्रसमेत मानिने बाँस्कोटाले दुईसाताभित्र प्रधानमन्त्री ओलीमाथि पार्टीले कारबाही गर्न लागेको संकेत गरेका छन् । ओलीमाथि पार्टीले कारबाही गर्न लागेको विषय बाहिरिएपछि बाँस्कोटाले यस्तो व्यंग्यात्मक ट्वीट गरेका हुन् । उनले प्रधानमन्त्री ओलीमाथि कारबाही हुने कुरो पत्यार नलागे पनि प्रतिक्षा गरिरहेको पनि बताएका छन्। ट्वीटमा उनले भनेका छन् –

प्रधानमन्त्री ओलीद्वारा न्युजिल्याण्डकी प्रधानमन्त्री आर्डेनलाई बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले न्युजिल्याण्डका प्रधानमन्त्रीमा ज्याकिण्डा आर्डेन पुनः निर्वाचित हुनुभएकामा हार्दिक बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री आर्डेनलाई आज बधाई सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले उनको कार्यकालको सफलताको कामना गरेका छन् । सन्देशमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री आर्डेनको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैबीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले न्युजिल्याण्डका विदेशमन्त्रीमा नानया महुता नियुक्त हुनुभएकामा बधाई ज्ञापन गरेका छन् । मन्त्री

‘मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर लैजानु हो’- प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदबाट राजीनामा नदिने बताएका छन् । आज (बुधबार) त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटनका क्रममा सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् । आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर लैजानु भएको उनको भनाइ छ । प्रधानमन्त्रीलाई पार्टीभित्रैबाट राजीनामाको दबाब आएको, नेकपा फुट्न लागेको लगायतका कुराहरु बाहिर आइरहेका बेला प्रम ओलीले यी कुरामा सत्यता नभएकाे दाबी गरे । के अहिले मैले