सरकारले अयोग्य लडाकुको राहत सम्बन्धी आवश्यक प्रक्रिया अघि बढाउने
काठमाडौं । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रमाणीकरण भएका अयोग्य लडाकुलाई रु दुई लाख राहत दिन सरकारले आज(बुधबार)देखि आवश्यक प्रक्रिया अघि बढाउने भएको छ । मन्त्रिपरिषद् बैठकले ‘प्रमाणीकरण भएका द्वन्द्वकालका अयोग्य लडाकुलार्ई कार्यविधि बनाई राहत उपलब्ध गराउने’ निर्णय गरेको थियो । ‘बुधबारदेखि कार्यविधि बनाउने प्रक्रिया मन्त्रालयले थाल्छ, त्यसका आधारमा आवश्यक पहिचान गरी वितरण कार्य सुरु हुन्छ’, गृहसचिव विनोदप्रकाश सिंहले भने, ‘सकेसम्म चालू आर्थिक वर्षदेखि नै वितरण गरिनेछ ।” वितरणको काम चरणबद्धरुपमा गरिने उनले