२०८० सालमा देशभर ३५ दिन सार्वजनिक विदा
काठमाडौं । सरकारले २०८० विदा राजपत्रमा प्रकाशित गरेको छ । राजपत्रमा प्रकाशित सूचीअनुसार २०८० सालमा ३५ दिन देशभर लागू हुनेगरी सार्वजनिक विदा दिइएको छ । सरकारले बिहीबार राजपत्रमा विभिन्न चाडपर्व, दिवश र जन्मजयन्तीलगायतका सार्वजनिक विदाबारे सूचना प्रकाशित गरेको हो । जसमा सबैभन्दा लामो दशैंमा ६ दिन र तिहारमा ५ दिन बिदा दिइएको छ । सरकारले २७ पुसमा ‘पृथ्वी जयन्ती’ र १ फागुनमा ‘जनयुद्ध दिवश’मा पनि सार्वजनिक विदा दिएको छ ।