विशेष समाचार

सुन तस्करी प्रकरण: महरासहित ७ जनाविरुद्ध मुद्धा चलाउन सिफारिस

काठमाडौं । अवैध सुन तस्करी प्रकरण फेरि ब्युँतिएको छ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले बिहीबार गृहमन्त्रीलाई प्रतिवेदन बुझाएपछि यसअघि जोगिएका सात जनालाई मुद्दा चलाइने भएको भएको हो । ६० किलो सुन र भेप प्रकरणमा नेकपा माओवादी केन्द्र उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरासहित सात जनालाई मुद्दा चलाउन आयोगले सिफारिस गरेको छ । उनीहरुको सुन तस्करीमा संलग्नता देखिएको आयोगको ठहर छ । आयोगले वाल्डो क्यासिनोको अकाउन्ट हेर्ने हङकङका

एआइजी किरण बज्राचार्यलाई सरुवा गर्ने तयारी

काठमाडौं । केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यलाई सरुवा गर्न तयारी थालिएको छ । बज्राचार्यलाई सरुवा गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजान छलफल भइरहेको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

सुन तस्करी प्रकरण: एआईजी,एसपी र डीएसपीमाथि कारबाही सिफारिस

काठमाडौं । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित आयोगले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुखसहित नेपाल प्रहरीका ४ अधिघकृतलाई कारबाही गर्न सिफारिस गरेको छ । सुन तस्करीको छानबिनका क्रममा मुद्दा चलाउनुपर्ने व्यक्तिलाई समेत जोगाएको आरोपमा आयोगले ब्यूरोकी प्रमुख एआईजी किरण बज्राचार्य, योसँगै सुनसम्बन्धी अनुसन्धान गरेका एसपी सञ्जयसिंह थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई विभागीय कारबाहीको सिफारिस गरेको हो । उनीहरुले सुन तस्करीमा जोडिएका एक मुख्य व्यक्ति जीवन चलाउनेलाई भगाएको

रुसी सेनामा कार्यरत थप सात जना नेपालीको मृत्यु

काठमाडौँ । रुसी सेनामा कार्यरत थप सात जना नेपाली नागरिकको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै रुसी सेनामा कार्यरत थप सात जना नेपाली नागरिकको मृत्यु भएको पुष्टि गरेको हो ।  मन्त्रालयका अनुसार मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जीतबहादुर बिक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेका छन् । मन्त्रालयको विज्ञप्तिमा भनिएको छ,‘रुसी सेनामा भर्ना भएका

कारको ठक्करबाट कुवेतमा तीन नेपालीको मृत्यु

काठमाडौं । कुवेतमा सडक दुर्घटनामा परी तीनजना नेपालीको मृत्यु भएको छ । मंगलबार बिहान कुवेतको महाबुल्ला क्षेत्रको सी-साइडमा भएको सडक दुर्घटनामा परी एकै कम्पनीमा कार्यरत तीनजनाको ज्यान गएको हो । दुर्घटनामा तीनजना नेपालीको मृत्यु भएको त्यहाँस्थित नेपाली दुतावासले पुष्टी गरेको छ । दुर्घटनामा ज्यान गुमाउनेमा लयती पन्चदेवल विनायक–५ आछामका सुरतबहादुर कठायत, सानो भर्याङ्ग, नागार्जून–२ काठमाडौंका सुजन कार्की र वेंगादवार–३ धनुषाका धिरज गुर्मछान मगर रहेका छन् । मृतकहरु एउटै कम्पनीमा कार्यरत

तेस्रोपटक प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो पटक विश्वासको मत पाएका छन् ।  आज (बधुबार) भएको मतदानमा पक्षमा १५७ र विपक्षमा ११० मत खसेको थियो । मत दिन्नमा एक मत खसेको छ । मतदान प्रक्रियामा २६८ सांसदको उपस्थित थियो। प्रधानमन्त्रीलाई विश्वासका लागि १३८ सांसदको मत आवश्यक थियो । गत फागुन २१ गते प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेपछि नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी

‘केटी हराएको सूचना’मा नाजिर र सृष्टिको जोडी

काठमाण्डौं । दीपेन्द्र गौचनको लेखन तथा निर्देशन रहेको चलचित्र ‘केटी हराएको सूचना’को छायांकन सुरु भएको छ । चलचित्रको शुभमुहर्त गरेसंगै सुरु गरिएको चलचित्रको छायांकन मंगलबारदेखि धनुषामा गरिने निर्माणपक्षले जनाएको छ । नाजिर हुसेन र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको यो चलचित्रको काठमाडौँमा तीन दिन छायांकन पश्चात जनकपुरका विभिन्न क्षेत्रमा छायांकन गरिने निर्माणपक्षले जनाएको छ। अम्बर महर्जनको छायांकन नकिम उद्दिमको लगानी रहेको चलचित्रलाइ ट्राइसिटि पिक्चर्स प्रोडक्सन कम्पनीले निर्माण गर्ने भएको हो

आज प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिदै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदैछन् । प्रधानमन्त्री दाहालले आज दिउँसो बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिन लागेका हुन्। तेस्रो पटक प्रधानमन्त्री बनेका उनले यो कार्यकालको १४ महिना १९ दिनमै तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । यस प्रयोजनका लागि बिहान ११ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ ।  फागुन २१ गते एमालेसँग मिलेर नयाँ सत्ता समीकरण बनाएका प्रचण्डलाई एमालेसहित माओवादी केन्द्र, रास्वपा, जसपा

राष्ट्रिय सभा अध्यक्ष बने नारायण दाहाल

काठमाडौं । राष्ट्रियसभा अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् ।  आज मंगलबार भएको निर्वाचनबाट दाहाल आगामी कार्यकालका लागि राष्ट्रियसभा अध्यक्षमा निर्वाचित भएका हुन् । दाहाललाई सत्ता गठबन्धनमा रहेका दलहरू माओवादी केन्द्रसहित, एमाले, जसपा र एकीकृत समाजवादीको समर्थन रहेको थियो । त्यसअघि, कांग्रेसका तर्फबाट उम्मेदवार रहेका युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । सभाको अध्यक्षता गरेकी उपाध्यक्ष उर्मिला अर्यालले निर्वाचनमा कुल

राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज

काठमाडौं । राष्ट्रियसभा अध्यक्षका लागि आज निर्वाचन हुँदैछ । तत्कालीन अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आफ्नो कार्यकाल पूरा गरी राष्ट्रिय सभाबाट अवकाश भएपछि रिक्त पदमा निर्वाचन हुन लागेको हो । बिहान ११ः०९ बजे बस्ने बैठकमा मतदान गर्ने कार्यसूची रहेको छ । सभाको अध्यक्षका लागि सोमबार सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नारायण दाहाल र विपक्षी गठबन्धनबाट नेपाली काँग्रेसका युवराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् । दाहालको प्रस्तावकमा माओवादीका गोपीबहादुर सार्की र समर्थकमा एमालेका