प्रचण्ड-माधव समूहले १३ देखि २८ गतेसम्म तेस्रो चरणको आन्दोलन गर्ने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले तेस्रो चरणको आन्दोलन घोषणा गरेका छन् । आज पेरिसडाँडामा नेकपा संघर्ष समितिले पत्रकार सम्मेलन गरी माघ १३ देखि २८ गतेसम्म विरोध गर्ने गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । घोषणा गरिएको कार्यक्रम अनुसार १३ गते सिटी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना, १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्ली दिने, २२ गते काठमाडौंमा युवा र्याली , २६ गते मशाल जुलुस र २८