राष्ट्रपति पौडेल आज जाजरकोट जाँदै
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल आज (मंगलबार) भुकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमको स्थलगत अवलोकनका लागि जाने भएका छन् । गत शुक्रबार जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण भएको धनजनको क्षतिका बारेमा बुझ्नका लागि राष्ट्रपति पौडेल आज सो क्षेत्रमा जान लागेका हुन् । जसअनुसार उनी आज जाजरकोट र रूकुम पश्चिमका भुकम्प प्रभावित जनतासँग प्रत्यक्ष संबादसमेत गर्नेछन् । शितल निवास सचिवालयका अनुसार राष्ट्रपति पौडेल आज बिहान १० बजे भूकम्प प्रभावित क्षेत्रका लागि