विशेष समाचार

सशस्त्रका १२ एसपीको एसएसपीमा बढुवा सिफारिस

सशस्त्र प्रहरी बल नेपालले रिक्त रहेको १२ पदका लागि सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा नाम सिफारिस गरेको छ । नाम सिफारिस हुनेहरु सबै सिसम २ का सशस्त्र प्रहरी निरीक्षकहरु छन् । बढुवा सिफारिस भएकाहरु २०७५ साल चैत १५ गते एसपीमा बढुवा भएका अधिकृतहरू हुन् । यही ब्याचका १५ जना भने २०७७ जेठ ५ गते एसपी बढुवा भएका थिए । यसअघि सो समूहका १५ जना एसएसपी भइसकेका छन् । बाँकी १९ मध्ये

मध्यरातमा बझाङमा भूकम्पको धक्का

बझाङ । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। बुधबार मध्यरात १२ बजेर ४ मिनेटमा बझाङ केन्द्र बिन्दु भएर भुकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक राजेश शर्माले जानकारी दिए। शर्माका अनुसार बझाङको बित्थडचिर गाउँपालिकाको सुनकुडा आसपास केन्द्रविन्दु भएर ३.७ म्याग्निच्युडको भुकम्प गएको हो।

नेयमार साउदी क्लब अल-हिललासँग बार्षिक १५ करोड युरोमा अनुबन्ध

रियाद । ब्राजिलियन स्टार फुटबलर नेयमार फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन छाडेर साउदी प्रो–लिग क्लब अल–हिलालसँग अनुबन्ध भएका छन् । ३१ वर्षीय खेलाडीका लागि साउदी क्लबले ९ करोड युरो (एडअनहरु थप) खर्च गरेको बताइएको छ ।  अल हिलालले नेयमारका लागि ९० मिलियन युरो तिरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । उनी २०२५ को जुन ३० सम्म अल हिलालमा रहने भएका छन् । नेयमारले फ्रेन्च क्लब पिएसजी छोड्ने निश्चित भएपछि अल

पेट्रोलमा ५, डिजेल र मट्टितेलमा १४ रुपैयाँले मूल्यवृद्धि

काठमाडौं ।सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य बढाएको छ।बुधबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य बढाएको हो । नेपाल आयल निगमको सञ्चालक समितिको मंगलबार बसेको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र पेट्रोल प्रतिलिटरमा ५ रुपैयाले बढाएर मूल्य समायोजन गरेको हो । निगमका अनुसार अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर एक सय ७५ र डिजेल तथा मट्टितेलको मूल्य १६४ दशमलव पाँच रुपैयाँ प्रतिलिटर कायम

तीस लाख अवैध रकमसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अवैध रकमसहित दुईजना चिनियाँ नागरिकलाई आज पक्राउ गरेको छ । चिनियाँ नागरिक गाओ हुई र ताङ जिङसँग ३० लाख अवैध रकम फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । उनले भने, ‘अवैध रकम फेला परेपछि दुई जनालाई नियन्त्रणमा लिइएको हो, आज विविध कारणले उनीहरूलाई राजस्व अनुसन्धान विभागमा बुझाउन सकिएन, भोलि बुझाइने छ

फेरिए चार जिल्लाका प्रमुख जिल्ला अधिकारी

काठमाडौं । गृह मन्त्रालयले मंगलबारको निर्णयअनुसार चितवन, नुवाकोट, सप्तरी र धनुषाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ । सप्तरीका सीडीओ भूपेन्द्र थापालाई चितवनको सीडीओमा सरुवा गरिएको छ । त्यस्तै चितवनका सीडीओ सुरेन्द्र पौड्याललाई नुवाकोटको सीडीओ बनाइएको छ । मन्त्रालयले नुवाकोटका सीडीओ किरण थापालाई सप्तरीको सीडीओ बनाएको छ । धनुषाका सीडीओ काशीराज दाहाललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सरुवा गरी कारागार व्यवस्थापन विभागका महानिर्देशक चक्रपाणी पाण्डेलाई धनुषाको सीडीओ बनाइएको छ

तस्करीको सुन गालेर सकियो, गुणस्तर  र वास्तविक तौल आउन केही दिन लाग्ने

काठमाडौं । मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन गाल्ने कार्य सकिएको छ । बबरमहलस्थित नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गालिएको हो ।  गालेर विस्कुट आकारमा तयार पारिएको सुनको तौल २ घण्टापछि सार्वजनिक गरिने महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए । यसअघि हिजो ब्रेक सुबाट सुन छुट्याउने काम भएको थियो ।  यसरी छुट्याइएको सुन ६० किलो सात सय ८९ ग्राम तौल

ठूलो संख्यामा नेपाल प्रहरीका इन्स्पेक्टरहरूको सरुवा

प्रहरी महानिरीक्षक बसन्त कुँवरको आज मंगलवारको निर्णयबाट ठूलो संख्यामा नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरूको सरुवा भएको छ। हेर्नलाई तलका लिंकमा क्लिक गर्नुहोस.. www.nepalpolice.gov.np

बक्स अफिसमा ‘गदर २’को तीन दिनमै सय करोड नाघ्यो

काठमाण्डौं : सनी देओल र अमीषा पटेल स्टारर बलिउड फिल्म ‘गदर २’ ले भारतीय बक्स अफिसमा तहल्का पिटेको छ । पहिलो दिनदेखी नै सबै हलहरुमा हाउसफुलको बोर्ड लगाएर आक्रमक व्यापार गरिरहेको छ । भारतीय बक्स अफिस रिपोर्टमा काम गर्ने sacnilk साइटको रिपोर्ट अनुसार फिल्मले ओपनिङमा भारु ४० करोड १० लाख, दोस्रो दिन ४३ करोड ८ लाख र तेस्रो दिन ५१ करोड ७० लाखको व्यापार गर्दै ‘गदर २’ले तीन दिनमा १

गौर हत्याकाण्डमा निशाना बनाए गठबन्धन छाड्ने उपेन्द्र यादवको चेतावनी

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले गौर हत्याकाण्डमा आफूलाई निशाना बनाए गठबन्धन छाड्ने चेतावनी दिएका छन् । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा जसपाले गौर हत्याकाण्डबारे छानबिन भए आफूहरु सरकार र गठबन्धन छाड्ने चेतावनी दिएको हो । जसपाले गौर हत्याकाण्डमा आफूलाई निशाना बनाए गठबन्धन छोड्ने चेतावनी दिएको नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बताए । पाण्डेले भने,‘गौर हत्याकाण्डका बारेमा उठ्यो । जसपाका साथीहरूले हामीलाई गठबन्धनमा