विशेष समाचार

महोत्तरीमा डीएसपी यादव कुटिए

काठमाडौं । महोत्तरीमा प्रहरी नायव उपरीक्षक (डीएसपी) चन्देश्वर यादवमाथि कुटपिट भएको छ । धनुषाको प्रदेश प्रहरी गणमा कार्यरत डीएसपी यादवमाथि बिहीबार राति १० बजेको समयमा जलेश्वर नगरपालिका–२ बसपार्क नजिक विद्यापति नगरमा कुटपिट भएको हो । उनको दायाँ खुट्टा फ्याक्चर भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए । प्रवक्ता गिरीका अनुसार अहिले उनको काठमाडौं स्थित प्रहरी अस्पतालमा उपचार भइरहेको छ । धनुषामा कार्यरत डीएसपी यादव एक्लै जलेश्वर

पोखरा बसपार्क क्षेत्रको सडकमा पार्किङ गर्न नपाइने

पोखरा । पोखरा बसपार्क क्षेत्रका सडक छेउमा आज देखी पार्किङ निषेध गरिने भएको छ । पोखरा महानगरपालिकाले पृथ्वी चोकदेखि सेती पुल (चाइनापुल) सम्मका सडक छेउमा पार्किङ निषेध गर्न लागेको हो । पोखरा–१६ का वडाध्यक्ष अमृत तिमिल्सिनाका अनुसार जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले पृथ्वीचोकको सडक छेउको पार्किङ हटाउने निर्णय गरे अनुसार आज देखी पार्किङमा प्रतिबन्ध लगाउन लागेको हो । उनका अनुसार बसपार्क भित्र भोलीबाट कम्तिमा १ सय ५० सवारी साधान

मलाई मार्न पूर्वडिआइजी खरेल रिभल्बर बोकेर हिँडेका थिए: वामदेव गौतम

काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक एवं पूर्वगृहमन्त्री वामदेव गौतमले नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेल आफूलाई मार्न भनेर रिभल्बर बोकेर हिँडेको बताएका छन् । शनिवार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता गौतमले हाल राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रहेका रमेश खरेल इन्सपेक्टर भएका बेला आफूलाई मार्नलाई रिभल्बर बोकेर हिँडेको आरोप लगाएका हुन् । नेता गौतमले अहिले तिनै व्यक्तिले बामदेवको पालामा सुन तस्करी भएको भन्दै गलत प्रचार गरिरहेको बताए ।

फोहोर व्यवस्थापनमा स्थानिय सिपको प्रयोग

दिपेश जंग शाह/रुकुम पूर्व : प्राय ठाउँहरुमा फोहर व्यवस्थापनका लागि डस्टविन राखिएको हुन्छ तर लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा भने फोहर व्यवस्थापनका लागि डस्टविन नराखी स्थानिय बासवाट निर्मित डोको राखिएको छ । बढ्दो बजारीकरणसंगै प्लाष्टिक झोला र बजारको फोहोरलाई व्यवस्थापन गर्न र स्थानीय सीप/कलालाई प्रवद्र्धन गर्ने मुख्य उदे्श्यका साथ रुकुमकोट बजार क्षेत्रमा रुकुमकोट उद्योग वाणिज्य संघले डोकोको प्रयोग गरिएको रुकुमकोट उद्योग वाणिज्य संघका अध्यक्ष केबेन्द्र गौतमले बताए । 

मणिराम पोखरेलको ‘जारी’ले मनायो सय दिन

काठमाडौं । करिब पांच वर्षपछि नेपाली फिल्म ‘जारी’ ले प्रदर्शनको सय दिन पूरा गरेको छ । श्रीमती फिर्ता ल्याउन सङ्घर्षरत श्रीमानको कथा प्रस्तुत गरिएको फिल्म ‘जारी’ गत बैशाख १ गतेबाट प्रदर्शनमा आएको हो । उपेन्द्र सुब्बाको निर्देशन रहेको फिल्म ‘जारी’ यतिबेला काठमाडौं उपत्यकामा तीन चलचित्र भवन क्युएफएक्स सिभिल मल, बिग मुभिज र एफक्युबमा प्रदर्शनको सय दिन पूरा गरेको हो । चलचित्रका कार्यकारी निर्माता मणिराम पोखरेलले यो खुसी शब्दमा व्यक्त गर्न

सुनसरीमा मोटसाइकल र पिकअप भ्यान दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौं । सुनसरीको इटहरीमा मोटरसाइकल र पिकअप भ्यान आपसमा ठोकिँएर दुर्घना हुँदा ३ जनाको मृत्यु भएको छ। शुक्रबार राती पश्चिमतर्फ जाँदै गरेको भारतीय नम्बर डब्लु बी ७३ इ ९११७ को पिकअपसँग पश्चिमबाट पूर्व आउँदै गरेको को २९ प ३७१२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घछना हुँदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको हो । ४ जना चढेको मोटरसाइकल दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने एकजनाको अवस्था गम्भीर छ। मृत्यु हुनेमा

डेंगुका बिरामी बढेसंगै सतर्क रहन मन्त्रालयको अनुरोध

काठमाडौं । नेपालमा डेंगुका बिरामी दिनहुँ बढ्दै गएका छन् । पछिल्लो दुई हप्तामा मात्र दुई हजारभन्दा बढी जनामा डेंगु पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दुई साताअघि असार २५ गते सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार पुस यता एक हजार एक सय ९२ जना बिरामी फेला परेकोमा असार २५ देखि साउन ५ गतेसम्म दुई हजारभन्दा बढी बिरामी थप भएका छन्। स्वास्थ्य संस्थाको सम्पर्कमा नआएका बिरामी अझ धेरै रहेको महाशाखाको

प्रधानमन्त्री प्रचण्ड आज इटाली जाँदै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज इटाली जाने भएका छन् । साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड आज इटालीतर्फ प्रस्थान गर्न लागेका हुन् । प्रधानमन्त्री प्रचण्डसँग कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउत तथा प्रधानमन्त्री सचिवालय सदस्य तथा छोरी गङ्गा दाहाल पनि सो भ्रमणमा रहने छिन् । प्रचण्डले इटालीमा हुने

सुनकाण्डमाथिको छानविनलाई जरैसम्म पुर्याउछु :गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सय केजी सुन काण्डमाथिको छानविनलाई जरैसम्म पुर्याउने प्रतिवद्धता जनाएका छन् । आज शुक्रबार विमानस्थल भन्सार र अध्यागमन कार्यालयको अनुगमनपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री श्रेष्ठले सुन आयात घटनाको जरैसम्म पुगेर दोषी जोसुकै भएपनि कारबाही गरिने प्रतिवद्धता जनाएका हुन् । उनले अहिलेको घटनाका दोषीलाई कारबाही र आगामी दिनमा यस्ता घटना हुन नदिन नयाँ योजना बनाइन समेत बताए । कतै तीन ब– (बालकोट, बालुवाटार र

सय किलो सुन प्रकरणमा भन्सार कार्यालयका अधिकृतसहित दुईजना निलम्बित

काठमाडौं । भन्सार विभागले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका दुईजना कर्मचारीलाई निलम्बन गरेको छ । एक सय किलो सुनबारे छानबिन गर्न भन्सारका जाँच पास अधिकृत रमेश चन्द र जाँचपासका कुमार ढकाललाई निलम्बन गरेको हो । त्यस्तै भन्सार एजेन्ट यादव पराजुरी पनि निलम्बनमा परेका छन् । उक्त सुनबारे छानविन गर्न दुई कर्मचारीसहित ३ जनालाई निलम्बन गरिएको भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताए । हङ्कङबाट काठमाडौं आएको सुन तस्करी गरेको आरोपमा राजस्व