समाचार

रियलसँग बार्सिलोना पराजित

काठमाडौं । स्पेनिस ला लिगाको यस सिजनको पहिलो एल क्लासिकोमा रियल मड्रिड विजयी भएको छ । गएराति भएको खेलमा रियलले बार्सिलोनालाई ३–१ गोल अन्तरले हराएको हो । रियलको जितमा करिम बेन्जिमा, फेडेरिको भालभर्डी र रोर्डिगोले गोल गरे । बार्सिलोनाका फेरान टोरेसले सान्त्वना गोल फर्काए । जितसँगै रियल बार्सिलोनासँग ३ अंकको अग्रता बनाउँदै शीर्ष स्थानमा पुगेको छ । बार्सिलोना २२ अंकसहित दोस्रो स्थानमा छ ।

पुन बढेर आयो इन्धनको मूल्य

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य पुन बढेर आएको छ । नेपाल आयल निगमले भारतबाट मूल्य बढेर आएपनि अहिलेका लागि नेपालमा पुरानै खुद्रा ब्रिक्री मूल्यलाई यथावत राखिएको छ । निगमका अनुसार आइतबार आएको नयाँ मूल्य सूची अनुसार डिजेल र हवाइ इन्धनको मूल्य अत्यधिक बढेको छ । नयाँ मूल्य सूची अनुसार पेट्रोलमा १.७४ रुपैयाँ प्रतिलिटर, डिजेलमा १५.६० रुपैयाँ प्रतिलिटर र हवाई इन्धनमा १०.२५ प्रति लिटरले बढेर आएको छ । अब निगमलाई

ट्याक्सीको ठक्करबाट थिमीमा मोटरसाइकल चालकको मृत्यु

भक्तपुर । भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका–६ बहाखा चोकमा ट्याक्सीले मोटरसाइकललाई ठक्कर दिएको छ । ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालक नुवाकोट घर भई कपन बस्ने ३१ वर्षीय दिपेन्द्र पण्डितको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले रातोपाटीलाई बताए । गएराति सवा १० बजे सानो थिमीबाट निकोसेरा जाँदै गरेको बा १ ज ९०६० नम्बरको ट्याक्सीले बा ८५ प ५४४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बिपरित दिशातर्फबाट आइरहेका मोटरसाइकल चालक

सत्यमोहन जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री देउवाले ओढाए राष्ट्रिय झण्डा

काठमाण्डौं । वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय झण्डा ओढाएका छन् ।  ललितपुर महानगरपालिका परिसरमा  श्रद्धाञ्जलीका लागि राखिएको जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री देउवाले राष्ट्रिय झण्डा ओढाएका हुन् । जोशीलाई श्रद्धाञ्जली दिन सभामुख अग्नि सापकोटा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, ऊर्जामन्त्री पम्फा भुसाल, नेता वामदेव गौतम, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ लगायत पुगेका थिए ।   उपचारका क्रममा केही दिनअघि अस्पतालमा भर्ना भएका शताब्दी पुरुष जोशीको

पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुंदा एक खेलाडीको मृत्यु

पोखरा । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोतिास्थलमा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक खेलाडीको मृत्यु भएको छ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लबको तर्फबाट भाग लिएका २६ वर्षीय निसिम थापाको मृत्यु भएको हो । खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अबस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशमा उडिरहेको अबस्थामा अकस्मात सराङकोटस्थित जमिनमा खसेको थियो । दुर्घटनामा घाइते थापाको स्थानीय मेट्रोसिटी अस्पतालमा पुर्याएलगत्तै डाक्टरले मृत घोषणा गरेका थिए ।

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान १०३ वर्षको उमेरमा निधन भएको हो । अस्पतालका निर्देशक डा. सुरज बज्राचार्यले जोशीको निधन भएको पुष्टि गरे । जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । उनमा कमजोरी बढेपछि यही असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो । अस्पताल

एमालेले घोषणापत्रलाई अन्तिम रूप दिदै

काठमाडौं । संसदीय निर्वाचन नजिकिएसँगै प्रमुख प्रतिपक्षी एमाले घोषणापत्र निर्माणमा केन्द्रित भएको छ । घोषणापत्रलाई अन्तिम रूप दिन एमाले अध्यक्ष केपी ओली शनिबार ललितपुरको लाँकुरीभन्ज्याङस्थित ‘द टेरेसेस रिसोर्ट’ पुगेका छन् । मस्यौदालाई अन्तिम रुप दिन ओलीले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटाको सहयोग लिइरहेका छन् । एमालेले तीन दिनभित्र घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्रियता, सुशासन, समृद्धि, रोजगारी अभिवृद्धि, भ्रष्टाचार नियन्त्रणजस्ता विषयलाई

नवौं राष्ट्रिय खेलकुद : महिला १०० मिटर दौडमा निशा चौधरीको नयाँ कीर्तिमान

पोखरा । लुम्बिनी प्रदेशकी निशा चौधरीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला १ सय मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । पोखरा रंगशालास्थित ट्रयाकमा शनिबार विहान भएको १ सय मिटर दौडको पहिलो हिटमै निशाले कीर्तिमान कायम गरेकी हुन् । उनले १२ दशमलव १५ सेकेन्डमा दुरी पार गर्दै नयाँ कीर्तिमान बनाएकी हुन् । यसअघि देवी माया पनेरुले सन् १९९९ को दक्षिण एसियाली खेलकुदमा कीर्तिमान राखेकी थिइन् । देवी मायाले यसअघि

मतदान केन्द्र अपाङ्गता मैत्री बनाउन आग्रह

काठमाण्डौं । मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा मतदान केन्द्र अपाङ्ता मैत्री बनाउन आग्रह गरिएको छ । सहृदयी मञ्च तनहुँ नेपालको आयोजना तथा तनहुँमा अपाङ्गताको क्षेत्रमा काम गर्दै आएका क्रियाशील संस्थाका पदाधिकारीले शुक्रबार जिल्ला निर्वाचन अधिकृतलाई भेट गरी आफ्ना चासो व्यक्त गरेका हुन् । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन, २०७९ लाई कसरी अपाङ्गता मैत्री बनाउन सकिन्छ भन्ने विषयमा व्यापकरूपमा छलफल भएको सहृदयी मञ्च तनहुँ नेपालका अध्यक्ष सावित्री सुवेदीले

आज विश्व हात धुने दिवस

काठमाडौं । आज अक्टोबर १५ अर्थात् विश्व हात धुने दिवस। ‘हातको स्वच्छताका लागि विश्वव्यापी ऐक्यबद्धता’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ विश्वसभर मनाइँदैछ। नेपालमा भने सरकारको अग्रसरतामा ‘हात धुने बानी व्यवहार : स्वस्थ र सभ्य जीवनको आधार’ नाराका साथ मनाइँदैछ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००८ अक्टोबर १५ तारिखदेखि विश्व हात धुने दिवस मनाउन सुरु गरिएको हो। हात धुने दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिएकी छिन्। ‘हातको स्वच्छता स्वास्थ्यको दृष्टिलेअत्यन्तै महत्त्वपूर्ण छ।