समाचार

ओली पक्षका सांसदहरु वालुवाटारमा

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षका सांसदहरुसँग छलफल गरेका छन् ।   सोमबार बिहान बालुवाटारमा प्रधानमन्त्री अ‍ोलीले विघटित प्रतिनिधिसभाका सदस्यहरूसँग छलफल जारी रहेकाे उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।   छलफलका क्रममा प्रधानमन्त्री अ‍ोलीले पार्टी फूटको संघारमा रहेकाले तयारी अवस्थामा रहन सांसदहरुलाई निर्देशन दिन सक्ने एक सांसदले जानकारी दिए । संसद विघटन गरी आगामी बैशाखमा मध्यावधि निर्वाचन गर्ने

संसद विघटनसंगै प्रचण्ड र नेपाल निकट ७ मन्त्रीहरुले दिए सामुहिक राजिनामा

काठमाण्डौं । संसद विघटनको विरोध गर्दै सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुले राजीनामा दिएका हुन् ।   राजीनामा दिनेहरुमा कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव छन् ।    

संसद विघटन संगै गृहमन्त्री थापा र लेखराज वाहेक सवै मन्त्रीहरुले राजीनामा दिने

काठमाडौं । सरकारले संसद बिघटन गरेपछि प्रचण्ड र माधव नेपाल पक्षका सबै मन्त्रीले सामूहिक राजिनामा दिने भएका छन् । गृहमन्त्री रामबहादुर थापा बादल र लेखराज भट्ट बाहेक अन्य मन्त्रीले राजिनामा दिन लागेका छन् ।   पर्यटनमन्त्री योगेश भट्टराई, कृषिमन्त्री घनश्याम भुषाल पनि राजिनामा दिन तयार भएका छन् ।   उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव राजीनामा दिने तयारीमा

तरकारी र चिया बेच्ने युवायुवती बीचको प्रेमकथा "गुड्डु लभ यू" बजारमा (भिडियो)

काठमाडौं : लोकप्रिय मेलोडियस गायक प्रताप दासको प्रस्तुतिमा नयाँ गीत रिलिज भएको छ। केही दिन अघि रिलिज भएको “गुड्डु लभ यू” बोलको गीतमा प्रताप दास र रचना रिमालको सुमधुर आवाज रहेको छ। गीतमा देबेन्द्र बब्लुको संगीत रहेको छ ।भने, लामो समयदेखि म्युजिक भिडियो सम्पादन समेत गर्दै आएका सम्पादक प्रबिन भट्टको प्रेमिल शब्दहरु गीतमा रहेका छन् । गीतको अडियो एकदमै मेलोडियस छ। गीतको अडियोसंगै भिडियो पनि आकर्षक बनेको छ। भिडियोमा प्रतीक

संसद् विघटनबारे कुन कलाकारले के भने ? माग्नेबुढा भन्छन् - संसद विघटन घुर्की मात्र हो कि ?

काठमाडौं । सरकारले संसद विघटन गरेपछि विभिन्न कलाकारहरुले सामाजिक सञ्जालमार्फत आआफ्नो धारणा राखेका छन् । आइतबार बिहान आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकले संसद विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसआनुसार संसद विघटन गरेकी हुन् । संसद् विघटनलाई लिएर चर्चित हास्यकलाकार मनोज गजुरेलले व्यङग्यत्मक रुपमा २० बर्षअघि चट्याङ मास्टरले लेखेको गीतको भिडियो फेरि सार्वजनिक गर्दै विकसित राजनीतिक घटनाक्रमकाे विराेध जनाएका छन् ।   उक्त

अख्तियार प्रमुखमा राई , आयुक्तमा चन्द र सिलवाल सिफारिस

काठमाडौं । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा प्रेमकुमार राईलाई नियुक्त गर्न सिफारिस गरेको छ । संवैधानिक परिषद्का अध्यक्ष र बहाल रहेका बहुमत सदस्यको उपस्थितिमा बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएपछि ३० मंसिरमा बसेको संवैधानिक परिषद्ले प्रमुख आयुक्तमा राई र आयुक्तमा जयबहादुर चन्द र किशोर सिलवालको नाम सिफारिस गरेको हो । राई पूर्व गृहसचिव हुन् भने चन्द नेपाल प्रहरीका पूर्व एआईजी हुन् । त्यस्तै किशोर सिलवाल मुख्य न्यायधीश हुन् ।

राष्ट्रपतिद्वारा संसद विघटन,  वैशाख १७ र २७ गते मध्यावधि चुनाव हुने

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आज आइतबार दिउँसो संसद विघटन गरेकी हुन । राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी गर्दै संसद विघटन गर्दै २०७८ वैशाख १७ र २७ गते  प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने जानकारी दिएको छ।

प्रधानमन्त्रीद्वारा २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् ।   संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका छन् । २९ वैशाखको विकल्पमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ ।   यद्यपि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र चुनाव घोषणाको सिफारिस अनुमोदन गर्न बाँकी छ।    

प्रहरी चौकी स्थापना गर्न स्थानीय मानबहादुरले दिए एक रोपनी जग्गा

काठमाण्नुडौं । नुवाकोटकाे तारकेश्वर गाउँपालिका–१ छापाडाडाँस्थित प्रहरी चौकी दाङसिङका लागि नयाँ भवन बनाउन स्थानीयवासी मानबहादुर तामाङले एक रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन।   राज्य पुनःसंरचनापश्चात गाउँपालिका केन्द्रको सुरक्षा जिम्मेवारी बहन गर्न तथा धादिङसँग जोडिएको सीमा क्षेत्र हुँदै हुनसक्ने आपराधिक गतिविधि रोक्न स्थापना गरिएको चौकीको नयाँ भवन बनाउन उनले जग्गा दिएका हुन ।   उनले प्रहरी चौकीका जग्गा जिल्ला मालपोत कार्यालय नुवाकोटमा शुक्रबार स्वामित्व हस्तान्तरण गरे । जग्गाधनी प्रमाणपत्र लालपुर्जा

प्रधानमन्त्री ओलीद्वारा संसद‌ विघठनको सिफारिस

काठमाडौं । प्रधानमन्‍त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष संसद्‌ विघटनको सिफारिस गरेका छन् । प्रधानमन्‍त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्‍त्रिपरिषद्‌को आकस्मिक बैठकमा ओलीले संसद् विघटनको सिफारिस गरेका हुन् । आफूलाई पार्टी भित्रबाटै हटाउने तयारी भइरहेका बेला प्रधानमन्त्री ओलीले संसद् विघटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका हुन् । दृष्टिन्युज