समाचार

कात्तिक १ गते देखि शक्तिपीठहरु खोल्ने तयारी

काठमाडौं – कोरोनाभाइरसका कारण बन्द भएका काठमाडौं उपत्यकाका शक्तिपीठहरु कात्तिक १ गते देखि खुल्ने भएका छन् । काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, बंगलामुखी, मैतिदेवि, भाटभटेनी आकाशे देवी लगायतका शक्तिपीठहरु कात्तिक १ गतेदेखि खोल्ने तयारी भएको जनाइएको छ । कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले गएको चैत ११ गतेदेखि देशभरका देशरभरीकै मन्दिर बन्द गरिएको थियो । दशैं तिहार नजिकिएसँगै मन्दिरमा पूजाआजा हुने भएकाले पनि शक्तिपीठहरु खोल्नुपर्ने बाध्यता भएकाले खोल्न लागिएको

डा. बाबुराम भट्टराईविरुद्ध प्रचण्डले अदालतमा मुद्दा हाल्दै

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई तीन दुई दशक  राजनीतिक यात्राका सहयात्री हुन् । उनीहरुलाई एकअर्काको कमजोरी र गल्तीबारे जानकार छन् । दश वर्षे सशस्त्र संघर्षदेखि शान्तिपूर्ण राजनीतिमा अवतरण पश्चात आफ्ना लडाकु व्यवस्थापनको सात वर्ष नेतृत्वदायीमा सँगै बसेका प्रचण्ड र भट्टराईबीच संविधान जारी भएपछि सम्बन्ध बिग्रियो । र अहिले उनीहरु फरक फरक पार्टीबाट राजनीतिमा सक्रिय छन् । प्रचण्ड भट्टराईबारे खासै बोलेका सुनिँदैन । भट्टराई आफ्नो पार्टीमा आउने

अक्षयको फिल्मलाई प्रतिबन्ध लगाउन माग

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘लक्ष्मी बम’ लाई प्रतिबन्ध लगाउन माग गरिएको छ । राघब लरेन्सको निर्देशनमा बनेको यस फिल्मलाई पूर्ण रुपमा प्रतिबन्ध लगाउन माग गर्दै ट्वीटरमा बेनलक्ष्मीबम्ब ह्यासट्याग शुरु गरेका छन् । अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि अहिले बलिउडमा लागुऔषधको विषयलाई लिएर लामो बहस भइरहेको छ । यस बिषयमा बलिउडका दीपिका पादुकोण, सारा अली खान, श्रद्धा कपुर लगायतका कलाकारहरु जोडिएका छन् । यी अभिनेत्रीहरुसँग लागुऔषधको विषयलाई लिएर

बालबालिकासहित ३३ जनामा कोरोना पोजेटिभ

नेपालगन्ज २५, असोज । भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप ३३ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ९० नमुना परीक्षण गर्दा ३३ जनामा भाइरस संक्रमण देखिएको हो । बाँकेका १७ र बर्दियाका १६ जनामा भाइरस पोजेटिभ देखिएको अस्पतालले जानकारी दिएको छ । बर्दिया ठाकुरबाबा नगरपालिकाका दुई बालक बालबालिकामा पनि भाइरस देखिएको छ । तीन बर्षका बालक र ६ बर्षकी बालिकामा कोरोना पोजेटिभ

कर्णाली प्रदेश समाज कान्तो (टोकियो) जापान गठन

कान्तो टोकियो २५, असोज । जापानको टोकियोस्थित कान्तो क्षेत्रमा बसोबास गर्ने कर्णाली प्रदेशबासीले कर्णाली प्रदेश समाज कान्तो (टोकियो) जापान गठन गरेका छन् । अध्ययन तथा रोजगारीका शिलशिलामा कर्णाली प्रदेशका विभिन्न ठाउँबाट जापान पुगेकाहरु संगठित भएर समाज गठन गरेका हुन् । वीरेन्द्र शाहीको अध्यक्षतामा १६ सदस्यीय समाज गठन गरिएको हो । ‘कर्णाली प्रदेशको शान, प्रवासी भूमिका हाम्रो पहिचान’ भन्ने स्लोगनका साथ समाज गठन गरिएको महासचिव जीवन शाहीले बताउनुभयो । समाजको बरिष्ठ

डा. केसीले तोडे अनशन, सफाइ कर्मचारीले पिलाए जुस

काठमाडौं २५, असोज । डा गोविन्द केसीले १९ औं आमरण अनशन तोडेका छन् । शनिबार राति सरकारसँग ८ बुँदे सहमति भएपछि डा। केसीले २८ औं दिनमा अनशन अन्त्य गरेका हुन् । डा। केसीले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् । ४६ वर्षीय नेपाली कोरोना संक्रमण भएर निको भएका हुन् । चिकित्सा शिक्षा सुधारका बिभिन्न ६ बुँदे मागहरु राख्दै डा। केसीले गत २९ भदौदेखि

भेरीमा कोरोना भाइरस संक्रमित थप दुई जनाको मृत्यु

नेपालगन्ज २४,असोज । नेपालगन्जमा कोरोना भाइरस संक्रमित थप दुईजना विरामीको मृत्यु भएको छ । नेपालगन्ज  १० का ८४ बर्षीय पुरुष र कोहलपुर ८ गोल्छाका ७१ बर्षीया महिलाको भेरी अस्पताल नेपालगन्जमा शनिवार राती मृत्यु भएको हो । मृतक ८४ बर्षीय पुरुषको स्वास्थ्यमा समस्या देखिएपछि कोभिडको आंशकामा असोज ६ गते बागेश्वरी ल्याबबाट स्वाव संकलन गरिएको थियो । असोज ७ गते कोभिड पोजिटिभ रिर्पोट आएपछि अस्पतालमा भर्ना भएका उनलाई स्वास्थ्यमा सुधार नआएपछि भेन्टिलेटरमा

कोरोनाभाइरसको संक्रमणबाट सुनसरीका २ जनाको मृत्यु

विराटनगर – कोरोनाभाइरसको संक्रमणबाट सुनसरीका २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीका एक पुरुष र एक महिला रहेका छन् । उनीहरु दुवैको विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररको क्रममा मृत्यु भएको हो । सुनसरी हरिनगरा-४ का ७१ वर्षीय वृद्धको शनिवार राति मृत्यु भएको हो। श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरी पिसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई फोक्सो सम्बन्धी समस्या पनि रहेको बताइएको छ । त्यस्तै शनिवार

तस्विरः फाइल

नेपालगन्ज २४, असोज । कोरोना भाइर संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका-९ पिपरीका ३८ बर्षीय युवकको भाइरस संक्रमणबाट मृत्यु भएको बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । स्वास्थ्यमा समस्या आएपछि उनले असोज १२ गते नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा कोरोना परीक्षणका लागि नमुना दिएका थिए । त्यसको दुई दिन पछि उनको रिपोर्ट कोरोना पोजेटिभ आएको थियो । उनलाई तत्काल मेडिकल कलेज कोहलपुरमा भर्ना गरियो

'मुन्द्रेको कमेडी क्लब' मा जोडिएपछि यसो भनिन् करिश्मा मानन्धरले

काठमाडौँ – नेपाल टेलिभिजनबाट प्रसारण हुने कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ अब फेरि सञ्चालनमा आउदैछ । कोरोनाभाइरसको संक्रमणका कारण स्थगित भएको ‘मुन्द्रेको कमेडी क्लब’ अब केहि फेरबदलका साथमा सुरु हुन लागेको हो । हाँस्यकलाकार जितु नेपालले सञ्चालन गर्ने यस शोमा यसअघि अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलाले अध्यक्षता ग्रहण गर्दै आएकी थिइन् । अबको सिजनमा भने उनको स्थानमा अभिनेत्री करिश्मा मानन्धरलाई ल्याइएको छ । अबको सिजनको पहिलो अतिथिको रुपमा रेखा थापा