समाचार

नायिका स्वेता खड्काको 'एकतर्फी माया' रिलिज (भिडियो)

अभिनेत्री श्वेता खड्काको ‘काया फिल्मस’ले निर्माण गरेको भिडियो गीत ‘एक तर्फी माया’सार्वजनिक भएको छ । उक्त गीतमा गायिका सारना श्रेष्ठको कन्सेप्ट तथा निर्देशन रहेको छ । वरिष्ठ हाँस्य सम्राट कलाकार मदनकृष्ण श्रेष्ठले कोरेका शब्दलाई, सुरेन्द्र श्रेष्ठले संगीत भरेका छन् भने मदनकृष्ण श्रेष्ठकी छोरी सराना श्रेष्ठले आफ्नो मिठो आवाजले साथ् दिएकि छिन । ‘एक तर्फी माया’ गीतको भिडियोमा अभिनेत्री श्वेता खड्का, अभिनेता अनुपविक्रम शाही र निराजन प्रधान फिचर्ड भएका छन् । हरेक व्यक्तिको

प्युठानमा बस दुर्घटना हुँदा चालकको ज्यान गयो, तीन जना घाइते

प्युठान । प्युठानमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । जिल्लाको माण्डवी गाउँपालिका वडा नम्बर दुई गोलबाङ्गमा ना ४ ख ५५६१ नम्बरको बस दुर्घटना भएको प्युठान प्रहरीले जनाएको छ । दुर्घटनामा परि चालक तथा सवारी धनी घोराही उपमहानगरपालिकाका वर्ष ४० का तारा रानाको ज्यान गएको छ । त्यस्तै, तीन जना घाइते भएका छन् । घाइते हुनेहरूमा दाङका वर्ष ३० का वसन्त विक,

दसैंमा ५ दिन बैंकका सबै शाखा बन्द रहने

काठमाडौँ – कोरोनाभाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै बैंकहरुले दशैंँबिदामा आफ्ना शाखाहरु न्खोल्ने भएका छन् । गत वर्ष बडादशैंका बिदामा समेत सीमित बैंकका काउन्टर खोलेर सेवा प्रवाह गरेका बैंकले यस वर्ष कुनै पनि बैंक नखोल्ने निर्णय गरेका हुन् । बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले सीमित शाखा खोलेर बैकिङ सेवा दिँदा कोरोना सर्ने जोखिम बढ्ने सम्भावना भएकाले नखोल्ने निर्णय गरिएको जनाएको छ । सङ्घका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा सरकारले तोकिएअनुसार यही

बालिकालाई अपहरण गरी बन्धक बनाएर राख्ने तीन जना पक्राउ

काठमाडौं । ललितपुरबाट बालिकालाई अहपरण गरि बन्धक बनाइराखेको अवस्थामा तीन जना पक्राउ परेका छन् । बालिकाको सकुशल उद्धार गर्दै तीन जना अपहरणकारीलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जानकारी दिएको छ । ललितपुरको महालक्ष्मी ४ मनकामना चोकमा बस्ने बाराका गुड्डी साहकी ८ वर्षीया छोरी अनुखा साह कोठाभन्दा बाहिर खेलिरहेको अवस्थामा सोमबार साँझ साढे सात बजेतिर अहपरणमा परेकी थिइन् । जानकारी पाएलगत्तै प्रहरी नायव उपरीक्षक मित्रबन्धु शर्मा नेतृत्वको टोलीले खोजतलास सुरु

कोरोनासँग लड्न ‘नर्सको दुर्गा अवतार’ !

काठमाडौं । विश्व कोरोनाभाइरस संक्रमणको चपेटाबाट गुज्रिरहेको छ । नेपाल पनि १० महिनादेखि कोरोनासँग जुधिरहेको छ । कोरोना संक्रमण दर बढिरहेका बेला नेपालीको महान चाड बडादशैँ सुरु भइसकेको छ । आश्विन शुल्क प्रतिपदादेखि नौ दिन नवदुर्गाको पूजापछि दशमीमा विजया दशमी मनाइन्छ । यो पर्व असत्य माथि सत्यको विजयका रुपमा शक्ति स्वरुपा देवी भगवती महिषसुर दैत्यको वध गरी विजय प्राप्त गरेको सम्झनामा मनाउने गरिन्छ । सत्ययुगमा महिषाशुर (दानव)को कुकृत्यबाट मानव जगतलाई

दशैं तिहार गीत ‘वर्षमा दिनपछि’ रिलिज (भिडियो)

काठमाडौं । यस वर्षको बडा दशैँ सुरु भएको सकेको छ । बडा दशैं लगत्तै तिहार आउने गर्छ । यी दुवै पर्वलाई लक्षित गर्दै म्युजिक भिडिओ सार्वजनिक गरिएको छ । ‘वर्षमा दिनपछि’ बोल रहेको सो गीतमा विनोद, वर्षना वर्षाना ट्रायम्फ व्याण्डको स्वर रहेको छ । साथै सो गीतमा राजु खयाजुको शब्द तथा सञ्जिव, विनोद र सुरेनको संयुक्त संगीत रहेको छ । दीपक प्रसाद आचार्य ’काकु’को निर्देशनमा बनेको सो म्युजिक भिडियोमा गौरव

पल र साम्राज्ञी रेड वाईनमा एक टिनएज विवाहित जोडी

अभिनेता पल शाह र अभिनेत्री साम्राज्ञी आरएल शाहलाई एउटै चलचित्रमा हेर्ने दर्शकको इच्छा अब पूरा हुँदैछ । उनीहरुले निर्माता रमेश एमके पौडेलले निर्देशन गर्न लागेको चलचत्र ‘रेड वाइन’ मा एकसाथ काम गर्दैछन् । गएको महिना उनीहरुले यो चलचित्र साइन गरेका थिए । पल र साम्राज्ञीले पहिलो पटक अनस्क्रिन रोमान्स गर्न लागेका कारण चलचित्रप्रति धेरैको चासो बढेको छ । पल र साम्राज्ञी एकसाथ काम गर्ने अवसर जुटेकोमा खुसी छन् । चलचित्रमा

नदीमा मृत अवस्थामा फेला परे असईसँगै गस्ती गएका प्रहरी जवान

काठमाडौं । गस्तीमा गएका बेला बेपत्ता भएका प्रहरी जवानको शव फेला परेको छ । कैलालीस्थित जुगेडाको अस्थायी प्रहरी बिटका प्रहरी जवान रामबहादुर साउँद मृत अवस्थामा फेला परेका हुन् । शनिवार साझँ गस्तीमा गएका जुगेडाका इन्चार्ज (असई) गोविन्द विक आइतबार बिहान मृत अवस्थामा फेला परेका थिए । भने प्रहरी जवान साउँद बेपत्ता भएका थिए । प्रहरी जवान साउँदको शव पनि आज मोहना नदीमै फेला परेको प्रहरीले जनाएको छ । यस घटनामा

सितारामको 'मनको मैलो'मा रिमा (भिडियो)

राम सापकोटा /काठमाडौं : दुई सय बढी गीतमा स्वर दिईसकेका वरिष्ट गायक तथा गीतकार सिताराम पोख्रेलको नयाँ गीत मनको मैलो मेटिदेउ….. बोलको गीतको भिडियो सार्वजनिक भएको छ । विशुद्ध पारिवारिक साथै मर्म स्पर्शी कथालाई समेटिएको यो गीतमा नेपाली चलचित्र उध्योगकी चर्चित नायिका रिमा विश्वकर्मा र गायक पोख्रेल लिड भुमिकामा देखिएका छन । आयुसी ढकाल वाल कलाकारको भुमिकामा देखिएको यो गीतमा वेली डान्सर हेमा श्रेष्ठको गज्जवको अभिनय हेर्न सकिन्छ । व्यापार

लोक सेवा आयोगको सबै लिखित परीक्षा अनिश्चितकालका लागि स्थगित

काठमाडौं । कात्तिक १६ गतेदेखि सञ्चालन हुने भनिएको लोकसेवा आयोगको सबै परिक्षा स्थगित भएको छ । आयोगले सोमबार एक सुचना निकालेर सबै लिखित परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको हो । सुचनामा परीक्षामा सहभागी हुने उम्मेदवारमा उत्पन्न भएको डर तथा आयोगका कर्मचारीहरुमा समेत कोरोनाभाइरसबाट संक्रमित भई परिक्षासँग सम्बन्धित मूख्य शाखाहरु समेत बन्द गर्नुपर्ने भएकाले र कर्मचारी आइसोलेसमा रहेकाले तत्काल परिक्षा सञ्चालन गर्न कठिनाई भएकाले निजामती सेवा, सुरक्षा निकाय र सङ्गठित संस्थातर्फका