समाचार

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार चोकमा गए राति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको बेलबारी–८ का २३ वर्षीय विपिन दाहाल र मोटरसाइकलमा सवार आठ वर्षीय अभि दाहाल रहेका सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । मृतक काका भतिजा हुन् । विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको प्र १–०२–०४१ प ६६१९ नं को मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको प्र १–०२–००१ क ४५७८

देशभर एकैसाथ ‘रङ्गेली, उपहार र काँडेतार’ प्रदर्शनमा

काठमाण्डौं : देशभर एकसाथ आज शुक्रबारबाट तीन नेपाली चलचित्रहरु प्रदर्शनमा आएका छन। अर्जुन सुवेदीद्वारा निर्देशित चलचित्र ‘रङ्गेली’, ज्ञानेन्द्र देउजाद्वार निर्देशित चलचित्र ‘उपहार’ र नवल खड्काको निर्माण, निर्देशन रहेको चलचित्र ‘काडेतार’ एकसाथ प्रदर्शनमा आएका हुन । ‘रङ्गेली’ – अर्जुन सुवेदीको डेब्यू निर्देशनमा तयार भएको चलचित्र ‘रङ्गेली’मा ग्याङस्टारबिच हुने लडाइको कथालाई उठान गरिएको छ । सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत, सुशन प्रजापतिको छायांकन छ, जितेन्द्र खतिवडा र अनुज जंग थापा कार्यकारी

आज महाशिवरात्रि ,पशुपतिमा दर्शनार्थीको घुइँचो

काठमाडौं । आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदैछ । यसैक्रममा आज आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि भक्तजनको गएरातिदेखि नै पशुपतिमा भीड लागेको छ ।  बिहान २ बजेदेखि अहिलेसम्म पशुपतिनाथमा करिब एक लाखभन्दा बढी भक्तजनले दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवणीरमण अधिकारीले जानकारी दिए । उनका अनुसार अहिले भक्तजनलाई मन्दिर प्रवेशदेखि भगवानको दर्शनका लागि भीड कम भएका कारण सहज भएको छ । भक्तजनको सहजताका लागि

त्रिशूली नदीमा हराइरहेका दुई जनाको शव भेटियो

धादिङ । धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको यात्रु बस दुर्घटनामा हराइरहेका तीनमध्ये दुई जनाको शव फेला परेको छ । कपिलवस्तुको भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नं को बस बुधबार बिहान त्रिशूली नदीमा खस्दा हराइरहेका स्याङ्जाको वालिङ नगरपालिका–९ का विराज गैरे र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ का नर्मदा सुवेदीको शव आज फेला परेको हो । योसहित दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । गैरेको शव दुर्घटनास्थलभन्दा करिब दुई सय

नवनियुक्त १६ मन्त्रीले लिए शपथ,यस्तो बन्यो प्रधानमन्त्री प्रचण्डको टीम

काठमाडौं : नवनियुक्त १६ जना मन्त्रीहरुको पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहका बिच राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । नयाँ समीकरण बनेसँगै प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक बुधबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । यसअघि सोमबार ३ जनाले विना विभागीय मन्त्रीको रूपमा शपथ लिएका थिए । त्यतिबेला एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्यालले

नवनियुक्त मन्त्रीको शपथ साँझ ५ बजे

काठमाडौँ । नवनियुक्त मन्त्रीको शपथ साँझ ५ बजे हुने भएको छ । मन्त्रीहरुको ५ बजे शपथका लागि तयारी गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति कार्यालयलाई मौखिक रुपमा जानकारी गराएका छन् ।  लिखित पत्र भने पठाउने क्रममा रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।  दलहरुले मन्त्रालय भागबण्डा टुंग्याएपछि प्रधानमन्त्रीले नयाँ मन्त्रीमण्डल पुनर्गठन गरेर शपथ ग्रहण हुन लागेको हो ।

रास्वपाले पायो चार मन्त्रालय गृहमा रवि,श्रममा अर्याल

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने चार मन्त्रालय र मन्त्रीको टुंगो लागेको छ । रास्वपा अध्यक्ष रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्ने भएका छन् ।आज बसेको कार्यदलको बैठकले रास्वपालाई गृहसहित श्रम, युवा तथा खेलकुद र शिक्षा मन्त्रालय दिने टुंग्याएको स्रोतले बतायो । जसअनुसार डीपी अर्याल श्रम मन्त्री बन्ने भएका छन् भने शिक्षामन्त्रीमा रास्वपाले सुमनालाई पठाउने भएको छ । अर्यालले मन्त्रीको सपथ ग्रहण गरिसकेका छन् ।

काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो,६ जनाको मृत्यु

काठमाडौँ । कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस धादिङ गजुरीको गलौदीस्थित सडकबाट त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा पाँच जना पुरुष र एक महिला रहेका छन् ।  बुधवार बिहान ५ बजे गति अनियन्त्रित भई त्रिसुली नदीमा खसेको गजुरी प्रहरीले वताएको छ । नदीमा खसेकामध्ये ३७ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट टोलीले जीवितै उद्धार गरी गजुरी अस्पतालतर्फ पठाएको छ । घटनाको विस्तृत

पोखराबाट ‘महाजात्रा’को ‘महाकमेडी यात्रा’ सुरु

काठमाण्डौं :आगामी चैत्र ९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘महाजात्रा’ले पोखराबाट प्रचारप्रसारको यात्रा सुरु गरेको छ। ‘महाजात्रा’ टिमले कमेडी च्याम्पियनको टिमसँग सहकार्य गर्दै ‘महाकमेडी यात्रा’ सोमदेखी पोखराबाट सुरु गरेको हो।  प्रदीप भट्टराईको निर्देशन रहेको चलचित्रले नेपालका विभिन्न शहरमा पुगी प्रचारप्रसार साथै दर्शकसँग साक्षात्कार गर्ने कार्यक्रम रहेको निर्माण पक्षले जनाएको छ । चलचित्रको प्रचारप्रसारको लागि निर्देशक प्रदीप भट्टराई, निर्माता म्याक्स दिपेश खत्री, निर्माता रवीन्द्र सिंह बानियाँ, कलाकार हरिवंश आचार्य, वर्षा राउत, रुपक प्रताप

नेपालगंजमा भयानक दुर्घटना,एकको मृत्यु

नेपालगन्ज:बांकेको नेपालगन्जमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । सोमबार राती ९ बजे कारकादो डोके बजार अगाडि बसको ठक्करबाट भारतिय नागरीक अनिल कुमारको मृत्यु भएको हो । सोमबार राती नेपालगंज कारकादो डोके बजार नजिक भारतको दिल्लिबाट अर्घाखाँची जान लागेको लु१ख २१४२ नम्बरको नेपाल भारत मैत्री बस सेवा लेखेको बसले भारतिय UP 40 AJ 7233 नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट मोटरसाइकल चालक बसको भित्र च्यापिएको अवस्थामा चालकलाई