समाज

लोकतन्त्र दिवसको अवसर पारेर प्रधानमन्त्रीले आज धरहराको उद्घाटन गर्दै

काठमाडौं । धरहराको आधुनिक प्रविधिमार्फत नवनिर्माण सम्पन्न भएसँगै आज औपचारिक उद्घाटन गरिँदै छ । विसं २०७२ सालको भूकम्पले भत्किएको धरहराको आधुनिक शैली पुनर्निर्माण गरिएको हो । शनिबार लोकतन्त्र दिवसको अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ बजे धरहरा उदघाटन गर्न लाग्नुभएको हो । यद्यपि धरहराको सबै निर्माण कार्य सम्पन्न भने भइसकेको छैन । हतारहतार बाहिरबाट देखिनेगरी धरहरा ठड्याइएको भए पनि भित्री कामहरु, बेसमेन्ट तथा पर्खाल र अन्य संरचना निर्माण्,

भेरी अस्पताललाई अक्सिजन खरिद गर्न वडाध्यक्ष बेहनाद्धारा दुई लाख सहयोग

नेपालगंज । भेरी अस्पतालमा बेड भरिएका छन् । बिरामीका लागि चाहिने अक्सिजन सिलिन्डर अभाव भएको छ । बाँकेमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढिरहेको छ । कोरोना संक्रमणको दर बढेसँगै चिकित्सक र अस्पतालले बिरामी थाम्न सक्ने अवस्था छैन । भेरी अस्पतालमा कोरोना संक्रमितको संख्या बढेसँगै बिरामीका लागि चाहिने अक्सिजनको समेत अभाव भएको छ । यहीबेला नेपालगन्ज उप महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्षले भेरी अस्पताललाई २०० सिलिण्डर अक्सिजन खरिद गर्न दुई

ताप्लेजुङमा भरुवा बन्दुकको गोली लागि एक जनाको मृत्यु

काठमाडौं । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–२ सान्थाक्रामा छिमेकीले चलाएको भरुवा बन्दुकको गोली लागि एक जनाको मृत्यु भएको छ । बिहीबार साँझ सान्थाक्राको दिदीमागाउँका आकाश लिम्बूले चलाएको भरुवा बन्दुकको गोली लागेर छिमेकी खड्क लिम्बूको मृत्यु भएको हो । स्थानीय जालपादेवी निम्न माध्यमिक विद्यालयमा कार्यरत ५० वर्षीय लिम्बूलाई घरको आँगनमा निस्किएको समयमा आकाशले लुकीछिपी गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताएको छ । प्रताप भनेरसमेत चिनिने ३० वर्षीय आकाश प्रहरीको नियन्त्रणमा छन्

नेकपा एमालेको बैठक बस्दै, स्पष्टीकरणको बिषयमा छलफल हुने

काठमाडौं । सत्तारुढ नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा विहान ११ बजे बस्ने बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल सहित ३२ जनालाई सोधिएको स्पष्टीकरणबारे छलफल हुने भएको छ ।   पार्टी विभाजनसम्मको संकटमा पुगेको एमालेमा केहीदिन देखि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले एक्लाएक्लै छलफललाई तीव्रता दिएका छन् । उनले लगातार दुईदिन वरिष्ठ नेता नेपालसँग छलफल गरेका थिए । हिजो (बिहीबार) भएको छलफल

मिनिट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाडौं । मिनिट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका–२६ स्थित गोङ्गबु चोकमा प्रदेश नम्बर ३–०१–००१ क ५३५२ नम्बरको मिनिट्रकले बा ६५ प ६७१६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सर्लाही विष्णु गाउँपालिका–२ की १८ वर्षीया शिल्पा ठाकुरको मृत्यु भएको हो प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते ठाकुरको उपचारका क्रममा ग्राण्डी अन्तरराष्ट्रिय अस्पताल धापासीमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा उदयपुर कटारिकी १८ वर्षीया क्रिस्मा विष्ट

चिनियाँ राजदूत बसेको होटलमा ठूलो विष्फोट कम्तिमा चार जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको क्वेटा शहरस्थित चर्चित सेरेना होटलमा भएको विष्फोटमा कम्तिमा चार जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । पाकिस्तानस्थित चिनियाँ राजदूतलाई निशाना बनाएर यो विष्फोट गराइएको आशंका गरिएको छ । विष्फोटका समय चिनियाँ राजदूत क्वेटा शहरमै थिए क्वेटा, बलूचिस्तान प्रान्तको राजधानी हो, जुन अफगान सीमा नजिक पर्दछ ।यद्यपि विष्फोटका बेला चिनियाँ राजदूत होटलमा नरहेको बताइएको छ । विष्फोट होटलको कार पार्किङमा भएको हो ।सेरेना होटल

नयाँ दल गठन गर्ने गृहकार्यमा नेपाल- खनाल समुह

काठमाडौं । विवाद चर्किंदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) फुटनजिक पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘समानान्तर कमिटी गठन गरेको र पार्टी हितविपरीत कार्य गरेको’ भन्दै कारबाही प्रक्रिया अघि बढाएपछि नेपाल समूह छुट्टै दल गठन गृहकार्यमा जुटेको छ । पार्टीलाई विधान, पद्धतिअनुसार सञ्चालन गर्नुपर्ने माग नेपाल समूहको छ भने संस्थापन पक्षले विधि पद्धतिको ‘नक्कली कुरा’ गरेर समानान्तर गतिविधि र पार्टी हितविपरीत कार्य गरिरहेको आरोप ओली समूहले

आन्तरिक बिवाद चर्किएसंगै जसपा दुई धारमा विभाजित

काठमाडौं । अहिलेको त्रिशंकु संसदमा निर्णायक खेलाडीका रुपमा रहेको जनता समाजवादी पार्टीभित्रको कहल चर्किएको छ। ओली सरकारसँग साझेदारी गर्ने कि विपक्षीसँग मिलेर नयाँ सरकार बनाउने विषयमा पार्टीभित्र विवाद चर्किएको छ। आन्तरिक विवादबीच नै  जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोसँग बालुवाटारको सम्वाद भने बाक्लिँदै गएको छ। मंगलबार पनि जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर कुरा गरेका छन्। भेटमा ओलीले जसपाले राखेका मागहरू सम्बोधन गर्न आफू सकारात्मक रहेको

बाँकेमा बैशाख ९ देखी एक साता लकडाउन

बाँके । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी)ले बाँकेमा एक साता लकडाउन गर्ने निर्णय गरेकाे छ । मंगलबार बसेको डीसीसीएमसीकाे बैठकले बिहीबारदेखि एक साताका लागि लकडाउन गर्न सिफारिस गरेको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले एक हप्ता लकडाउन गर्नका लागि केन्द्रमा सिफारिस गरेको बताए । ‘लकडाउनका लागि सिफारिस गरेका छौं,’ प्रजिअ गेलालले भने, ‘के कस्तो अवस्थामा र कहिलेसम्म भन्ने विषयमा छलफल गरिरहेका छौँ तर ९ गतेबाट लकडाउन हुन्छ

आगलागीमा परि बालिकाको मृत्यु, आमा घाइते

दाङ । आगलागीमा परि १ वर्षीया बालिकाको मृत्यु भएको छ, भने आमा घाइते भएकी छन् । दाङको राप्ती गाउँपालिका–५ कालापानीमा सोमबार आगो ताप्ने क्रममा शरीरमा लगाएको कपडामा आगो सल्किँदा आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीमा जलेर गम्भीर घाइते भएकी बालिकाको लमही अस्पताल दाङमा उपचारका क्रममा मृत्यु भएको हो । घाइते ४४ वर्षकी आमा पुनम सुनारको लमही अस्पतालमा नै उपचार भइरहेको प्रहरीले जनाएको छ ।