मुगुमा हिमपात सुरु:सीमा प्रहरी चौकीका सुरक्षाकर्मी सदरमुकाम झरे
मुगु । केहीदिनयता मुगुमा हिमपात सुरु भएसंगै चिसो बढ्दै गएको छ । चिसो बढेपछि मुगु कार्मारोङ्ग गाउँपालिका–२ मुगु गाउँमा रहेको सीमा प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मी सदरमुकाम जिल्ला प्रहरी कार्यालयमा झरेका छन् । अत्यधिक जाडो बढेपछि प्रहरी सहायक निरीक्षक नेतृत्वको ११ जनाको टोलीलाई जिल्ला प्रहरी कार्यालयमा बोलाइएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । यही मङ्सिर १५ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले चौकीमा तैनाथ सुरक्षाकर्मीलाई सदरमुकाम झार्ने निर्णय गरेको