मंगलवार थप ६३८ सँगै कोरोना संक्रमितको संख्या २३ हजार नाघ्यो


  • मंगलवार थप ६३८ सँगै कोरोना संक्रमितको संख्या २३ हजार नाघ्यो
  • काठमाण्डौँ । नेपालमा मंगलबार थप ६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ३१० थियो । पछिल्लो २४ घण्टामा थप १७१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *