न्यूजिल्याण्डमा १०२ दिनपछि स्थानीय संक्रमित भेटिएपछि ठूलो शहर ओक्ल्याण्डमा पुनः लकडाउन


  • न्यूजिल्याण्डमा १०२ दिनपछि स्थानीय संक्रमित भेटिएपछि ठूलो शहर ओक्ल्याण्डमा पुनः लकडाउन

    काठमाडौं २८ साउन । न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर ओक्ल्याण्डमा पुनः लकडाउन लागु भएको छ। १०२ दिनसम्म स्थानीय संक्रमित बिहीन रहेको न्यूजिल्याण्डमा चारजनामा कोरोना भाइरसको संक्रमण देखिएपछि पुनः ओक्ल्याण्डमा लकडाउन लागु गरिएको हो। ओक्ल्याण्डमा तीन दिनका लागि लकडाउन लागु गरिएको न्यूजिल्याण्डका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। हालै यात्रा नगरेका एकै परिवारका चारजनामा मंगलबार कोरोना भाइरसको संक्रमण देखिएपछि स्थानीय संक्रमण मुक्त १०२ दिनको क्रम भंग भएको हो न्यूजिल्याण्डमा। संक्रमित व्यक्तिसँग सम्पर्कमा आएका व्यक्तिहरुको खोजीमा स्थानीय अधिकारीहरु सक्रिय भएका छन्। ओक्ल्याण्डमा लकडाउन बुधबारदेखि लागु भएको हुँदैछ। ओक्ल्याण्डका बासिन्दालाई घरमै बस्न भनिएको छ। ठूलो संख्यामा मानिस भेला हुन पाउने छैनन्, अत्यावश्यक बाहेकका व्यवसायहरु बन्द गरिने छ र देशभर नै सामाजिक तथा भौतिक दूरी कायम गर्नु पर्ने नियम पुनः लागु हुने जनाइएको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *