काँकरभिट्टामा सेनाले १ हजार बेड क्षमताको होल्डिङ सेन्टर निर्माण गर्दै
झापा । पुर्वी नाका काँकरभिट्टामा नेपाली सेनाले १ हजार बेड क्षमताको होल्डिङ सेन्टर बनाउने भएको छ । शनिबार बसेको झापा जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीएमसी)को बैठकले भारतबाट नेपाल प्रवेश गर्ने नागरिकलाई लक्षित गरी काँकरभिट्टा नाका नजिक सेनाले १ हजार क्षमताको होल्डिङ सेन्टर बनाउने निर्णय गरेको हो । होल्डिङ सेन्टर अर्ध–स्थायी प्रकृतिको हुनेछ। होल्डिङ सेन्टर बनाउनका लागि मेचीनगर नगरपालिका वडानम्बर ६ स्थित नयाँ बसपार्क क्षेत्रमा जग्गा उपलब्ध गराउने निर्णय