नेकपा एमालेको बैठक बस्दै, स्पष्टीकरणको बिषयमा छलफल हुने
काठमाडौं । सत्तारुढ नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा विहान ११ बजे बस्ने बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल सहित ३२ जनालाई सोधिएको स्पष्टीकरणबारे छलफल हुने भएको छ । पार्टी विभाजनसम्मको संकटमा पुगेको एमालेमा केहीदिन देखि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले एक्लाएक्लै छलफललाई तीव्रता दिएका छन् । उनले लगातार दुईदिन वरिष्ठ नेता नेपालसँग छलफल गरेका थिए । हिजो (बिहीबार) भएको छलफल