सौर्य पत्र

नेकपा प्रचण्ड–माधव पक्षलको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपाको प्रचण्ड–माधव पक्षले सचिवालय बैठक बोलाएको छ। बैठक नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरमा बस्नेछ। बैठकमा अहिलेसम्मको आन्दोलनको समीक्षा र भोलि काठमाडौंमा गरिने सभाका विषयमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई भागमा विभाजित भएको छ। एउटा पक्षको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन् भने अर्को पक्षको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका

प्रधानमन्त्री ओली निर्वाचन आयोगमा

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेका छन्। उनी बिहान ११ः५० बजे आयोग पुगेका हुन्। उनीभन्दा पहिले ओली पक्षको नेकपाका महासचिव विष्णु पौडेल र नेता सुवास नेम्वाङ आयोग पुगेका थिए। उनीहरू पुगेको एक घण्टापछि ओली आयोग पुगेका हुन्। प्रधानमन्त्री ओलीले निर्वाचन तयारीका सम्बन्धमा आयोगसँग छलफल गर्ने बताइएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई चरणमा निर्वाचन हुने जिल्ला टुंग्याएको भोलिपल्ट प्रधानमन्त्री ओली आयोग पुगेका हुन्।

कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २३ लाख नाघ्यो

काठमाडौं । कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २३ लाख १२ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या २३ लाख १२ हजार २७८ पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ९ हजार ६६४ जनाको मृत्यु भएको छ । सोही अवधीमा ३ लाख ७६ हजार ५६९ कोरोना संक्रमित थपिएका छन् । तथ्यांक अनुसार हालसम्म विश्वमा १० करोड ५८ लाख ५

प्रहरीमा जुनियर अधिकृतहरूको वृत्ति विकासका लागि नयाँ मापदण्ड बनाउने तयारी

काठमाडौं । लामो समयदेखि बढुवा हुन नसकेका जुनियर अधिकृतहरूको वृत्ति विकासका लागि नेपाल प्रहरीले नयाँ मापदण्ड बनाउने तयारी गरेको छ । यसबारे छलफल सुरु गरिएको प्रहरीले जनाएको छ । नयाँ मापदण्ड बने इन्स्पेक्टर र असइका रिक्त पदमा ६० प्रतिशत बढुवामार्फत र ४० प्रतिशत पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरिनेछ । अहिले ६० प्रतिशत खुला प्रतिस्पर्धाबाट र ४० प्रतिशत बढुवा प्रक्रियाबाट पदपूर्ति गर्ने व्यवस्था छ । समयमै वृत्ति विकास नहुँदा प्रहरीका जुनियर अधिकृत १७ वर्षदेखि एउटै

भागरथीको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पोष्टमार्टम रिपोर्टवाट पुष्टि

काठमाडौं । गत बुधबार विद्यालयबाट घर फर्कने क्रममा हराएकी उनको बिहीबार लवदेव सामुदायिक वनमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । प्रहरीले उनको शवको पोष्टमार्टम रिपोर्टबाट बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पुष्टी भएको बताएको हो । सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी उत्तमराज सुवेदीले शवको पोष्टमार्टमबाट बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको रिपोर्ट प्राप्त भएको बताए । ‘भागरथीको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पोस्टमार्टम रिपोर्ट आएको छ, टेक्निकल र

हवाई आक्रमणमा परी अफगानिस्तानमा ६ तालिबान लडाकुको मृत्यु

काठमाडौं । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा तालिबान लडाकू समूहका आखाडालक्षित अफगान हवाई बलले गरेको आक्रमणमा परी कम्तीमा ६ तालिबान लडाकू समूहका सदस्यहरु मारिएका सैनिक स्रोतले सोमबार पुष्टि गरेको छ। फर्याब प्रान्तको क्युएसार र सिरिन तागाब जिल्लामा भएको हवाई कारबाहीमा परी ६ व्यक्तिको मृत्यु हुनुको १४ जना घाइते भएका जारी विज्ञप्तिमा जनाइएको छ। आफ्नो स्थिति सुदृढ पार्ने प्रयास गरिरहेका तालिबानी आतङ्ककारीहरूको विरुद्ध अफगान सुरक्षा बलले आक्रमणलाई अझ तीव्र पारेको छ। तालिबान

भारत उत्तराखण्डमा हिमनदी फुटेर आएको बाढीका कारण एक नेपाली सहित ८ जनाको मृत्यु

काठमाडौं । भारत उत्तराखण्डमा हिमनदी फुटेर आएको बाढीका कारण एक नेपाली सहित ८ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यामहरुका अनुसार अरु डेढ सय भन्दा बढी वेपत्ता छन् । चमोली जिल्लाका अधिकारीहरुले दिएको जानकारी अनुसार आइतबार साँझसम्म आठ जनाको शव फेला परेको छ । डेढ सयभन्दा बढी वेपत्ता रहेका छन् । उनीहरुको खोजी भइरहेको आइटीबीपीका प्रवक्ता विवेककुमार पाण्डेलाई उदृत गर्दै एनआईले उल्लेख गरेको छ । सोमबार विहानसम्ममा फँसेका १६ जनाको

स्टार क्रिकेट २०२१ को उपाधि सुन्तली 'ए' ले चुम्यो

काठमाडौं । गृष्मा ब्रोडकास्टिङ आयोजनामा रंगशाला सहयोगार्थको लागि भएको स्टार क्रिकेट २०२१ प्रतियोगिता उपाधि सुन्तली ए ले जितेको छ । धुर्मुस सुन्तली फाउन्डेसनले चितवन भरतपुरको शान्तिपुरमा जनस्तरबाट निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको नमुना क्रिकेट मैदानमा भएको फाइनलमा सुन्तली ए ले धुर्मुस ए लाई १ रनले हराउँदै उपाधि जितेका हुन् । सुन्तली ए ले पहिला ब्याटिङ गर्दै १० ओभरमा ९७ रन बनाएको थियो । जितका लागि ९८ रनको विजयी लक्ष्य

विद्यालयको शौचालयमा बालिकालाई बलात्कार गरेको आरोपमा १३ वर्षका बालक पक्राउ

काठमाडौं । गोरखामा एक विद्यालयमा कक्षा १ मा पढ्ने ४ वर्षकी छात्रा बलात्कृत भएकी छन् । विद्यालयको शौचालयमा बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोही विद्यालयका १३ वर्षका बालकलाई पक्राउ गरेको छ । विद्यालय छुट्टी भएर घर जाने बेला ती बालकले बालिकालाई शौचालयमा जबरजस्ती करणी गरेको घटनाको गोरखा प्रहरीले अनुसन्धान गरिरहेको छ । यही माघ २१ गते यो घटना भएको हो । २२ गते बालिकाकी आमाले प्रहरीमा किटानी जाहेरी दिएकी छन्

सरकारले आजबाट दोस्रो चरणको कोभिड-१९ विरुद्धको खोप अभियान सुरु गर्दै

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत सरकारले आजबाट दोस्रो चरणको खोप अभियान सुरु गर्दै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कोभिड फोकल पर्सन महेन्द्र श्रेष्ठका अनुसार आब काठमाडौं उपत्यकाबाट सञ्चारकर्मी र कूटनीतिक नियोगका कर्मचारीलाई खोप दिइनेछ भने मंगलबारदेखि देशका ७७ वटै जिल्लाबाट खोप वितरण गरिनेछ । भारतबाट अनुदानमा आएको १० लाख डोज खोप पहिलो चरणको अभियानअन्तर्गत एक लाख ८४ हजार ८५७ जनालाई दिइसकिएको छ । यो जनसंख्यालाई पूर्ण खोप अर्थात