आधा किलो सुनसहित विमानस्थलवाट दुई जना पक्राउ
काठमाडौं । जुत्तामा सुन लुकाएर दुवईबाट काठमाडौं आएका एक जना र अर्को एक जना गरी दुई जनालाई प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका ३८ बर्षीय विष्णु भण्डारी र सुन रिसिभ गर्न गएका काभ्रेका कमल कृष्ण केसी छन् । फ्लाई दुबईबाट काठमाडौं आएका भण्डारीको साथबाट ५ सय १६ ग्राम सुन बरामद गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।