खेलकुद

इंग्ल्यान्डसँगको दोस्रो टेष्ट खेलमा श्रीलंकाको बलियो अग्रता

एजेन्सी । इंग्ल्यान्डसँगको दोस्रो टेष्ट खेलमा घरेलु टोली श्रीलंकाले बलियो अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा इंग्ल्यान्ड २ सय ८३ रनले पछि परेको छ । पहिलो इनिङ थालेको इंग्ल्यान्ड ३० ओभरमा ९८–२ को अवस्थामा छ । इंग्ल्यान्डका कप्तान जो रुट ७७ बलमा १० चौका सहित ६७ रनमा अविजित छन् । जोनी बेयरस्टो ६५ बलमा ४ चौका सहित २४ रनमा अविजित छन् । तेस्रो विकेटका लागि रुट र बेयरस्टोले ९३

मेस्सीविना बार्सिलोना विजयी

एजेन्सी । प्रतिबन्धका कारण टोली बाहिर रहेका कप्तान लियोनेल मेस्सीविनै क्याटलान क्लब बार्सिलोनाले स्पेनिस कोपा डेल रेको अन्तिम ३२ को खेलमा तेस्रो श्रेणीको टोली युई कोर्नेलामाथि २–० को जित निकालेको छ । बार्सिलोनाले १० खेलाडीमा समेटिएको कोर्नेलाविरुद्ध अतिरिक्त समयमा जित निकालेको हो । बार्सिलोनाको जितमा औसमाने डेम्वेले र मार्टिन ब्रेथवेटले गोल गरे । दुवै गोलमा पेड्रीको असिस्ट दिएका दिएका थिए । कोर्नेलाविरुद्ध बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले पहिलो रोजाईका अधिकांश खेलाडीलाई

राष्ट्रिय फुटबल टोलीका विमल घर्तीमगर र विक्रम लामा कतार प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यद्वय विमल घर्तीमगर र विक्रम लामा उपचारका लागि कतार प्रस्थान गरेका छन् ।   एक साताअघि नै उपचारको लागि कतार जाने भनिएपनि प्राविधिक समस्याका कारण उनीहरु एक साता ढिला गरी शुक्रबार कतार प्रस्थान गरेका हुन् । एकसाता क्वारेन्टिनमा बसेपछि मात्रै उनीहरुको उपचार सुरु हुनेछ । दुवै खेलाडीको उपचार कतारमा रहेको अस्पेटारमा हुने छ । उपचार सम्बन्धीको सबै खर्च अखिल नेपाल फुटबल संघ (एन्फा) ले

रियल म्याड्रिडलाई हराउदै एथलेटिको बिल्वाओ फाइनलमा प्रवेश

एजेन्सी – साविकको विजेता रियल म्याड्रिडलाई हराउदै एथलेटिको बिल्वाओ स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ ।     बिहीबार राति भएको खेलमा एथलेटिको बिल्वाओले रियललाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । बिल्वाओको जितमा दुवै गोल राहुल गार्सियाले गरे । रियलका करिम बेन्जेमाले एक गोल फर्काएपनि फाइनल पुग्न पर्याप्त बनेन ।   यससँगै बिल्वाओले गत डिसेम्वरमा बेहोरेको ३–१ को हारको बदलासमेत लिन सफल हुदा रियलमाथि ११

आजदेखि प्रधानमन्त्री कप  प्रतियोगिता सुरु, आर्मी र गण्डकी भिड्दै

काठमाडौं । नेपाल क्रिकेट संघको आयोजनामा आजदेखि काठमाडौंमा प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिता हुँदै छ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण केही समय धकेलिएको प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदान र मूलपानी क्रिकेट मैदानमा आयोजना हुने नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । आजबाट हुने प्रतियोगिताको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुँदै छ । माघ १७ गतेसम्म चल्ने प्रतियोगितामा ७

सोमपाल , करण र कुशल राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता नखेल्ने

काठमाडौं । तीव्र गतिका बलर सोमपाल कामी, करण केसी र युवा अलराउन्डर कुशल मल्लले चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन् । प्रधानमन्त्री कप माघ २ देखि १७ सम्म टीयू र मुलपानी क्रिकेट मैदानमा हुँदै छ । सोमपाल, करण र कुशलले जनवरी अन्तिमदेखि संयुक्त अरव इमिरेट्स (यूएई) मा हुने टि टेन लिगको कारण नखेल्ने भएको आर्मीले जनाएको छ । गत पुस दोस्रो साता सम्पन्न टि १०

टेबल टेनिसका शाह र क्षेत्रीलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड

काठमाडौं । टेबल टेनिसका पुराना खेलाडी सिजरन शाह र गीता क्षेत्रीलाई पल्सर लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ ।   नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको पल्सर स्पोर्टस अवाडैको १७ औं सस्करणमा दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता शाह र क्षेत्रीलाई उक्त अवार्ड प्रदान गरेको हो ।   तीन दशक (सन् १९९१) मा आयोजना भएको पाँचौं सागमा यो जोडीले टिम इभेन्ट्समा स्वर्ण पदक जितेको थियो ।

पौडिबाज गौरिका वनिन वर्षको उत्कृष्ट महिला खेलाडी

काठमाडौं । कीर्तिमानी पौडीबाज गौरिका सिंह नेपाली खेलकुदको सर्वाधिक प्रतिष्ठित अवार्ड समारोह एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डअन्तर्गतको वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भएकी छन् ।   गौरिकाले तेक्वान्दोकी आयशा शाक्य, कराँतेकी अनु अधिकारी, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङलाई पछि पार्दै उपाधि जितेका हुन् । गत वर्ष स्वदेशमा आयोजना भएको १३औं सागमा गौरिकाले चार स्वर्ण, दुई रजत र तीन कास्य जित्दै कीर्तिमान रचेकी थिइन् ।   यस्तै उनले सागमा सर्वाधिक

कराँतेका मन्देकाजी वर्ष उत्कृष्ट पुरुष खेलाडी घोषित

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णपदक विजेता मन्देकाजी श्रेष्ठ पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत वर्ष उत्कृष्ट पुरुष खेलाडी बनेका छन् ।   मन्डेले सागकै दोहोरो स्वर्णधारी गल्फका सुवास तामाङ, एथ्लेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ र फुटबलका विकेश कुथुलाई पछिपर्दै वर्षको उत्कृष्ट पुरुष खेलाडी बन्न सफल भएका हुन् । मनोनयनमा परेका मन्देकाजी र सुवास दोहोरो स्वर्ण तथा बाँकी तीन जना सागमा एक–एक स्वर्ण जित्ने खेलाडी हुन् ।  

‘पल्सर स्पोर्टस अवार्ड’ को १७ औँ संस्करण पुष २८ मा  हुदै

काठमाडौं । १७औँ ‘पल्सर स्पोर्टस अवार्ड’ यही आउने मंगलबार वितरण गरिने भएको छ । आयोजक नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)ले ‘पिपल्स च्वाइस’, वर्ष पुरुष, महिला, युवा र वर्ष प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरिसकेको छ । ‘पिपल्स च्वाइस’ विधातर्फ पौडीकी गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केट बलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी मनोनयनमा परेका छन् । यस्तै वर्ष पुरुषको मनोनयनमा फुटबलका विकेश कुथु, एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका