राजनीति

राष्ट्रिय सभा आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । सरकारले राष्ट्रिय सभाको बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । पुष १० गते शुक्रबार बेलुका बसेको म१न्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको बैठक बोलाउन सिफारिस निर्णय गरेको कृषि मन्त्री पद्मा अर्यालले जानकारी दिइन् । संविधान अनुसार एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भका बीचको अवधि ६ महिनाभन्दा बढी हुने छैन । सरकारले पुस १७ गते अधिवेशन आह्वानका लागि सिफारिस गरेको मन्त्री अर्यालले जानकारी दिइन् ।

बर्दियाली युवा नेतृ विमला राज्यमन्त्रीमा नियुक्त

काठमाडौं ।   प्रधानमन्त्री केपी शर्मा ओलीले ८ मन्त्री र एक राज्यमन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका छन् । साथै, केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार आफ्नो समूहका नेताहरुलाई मन्त्री बनाएर मन्त्रिपरिषद विस्तार गरेका छन् ।   मन्त्री हुनेहरुमा टोपवहादुर रायमाझी उर्जा, मणि थापा खानेपानी, प्रभु साह सहरी विकास, गौरिशंकर चौधरी श्रम, दावा लामा खेलकुद, प्रेमवहादुर आले वन, गणेश ठगुन्ना संघीय मामिला तथा सामान्य प्रशासन र जुलीकुमारी

ओलीले गरे मन्त्रीपरिषद विस्तार, ८ मन्त्री र १ राज्यमन्त्री थपिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ८ मन्त्री र एक राज्यउमन्त्री नियुक्त गरेका छन् । एक मन्त्री र एक राज्यमन्त्रीलाई उनले बर्खास्त गरेका छन् । शुक्रबार टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, प्रेमबहादुर आले, गणेश ठगुन्ना, गौरीशंकर चौधरी दावा लामा र जुलीकुमारी महतोले मन्त्री पदको सपथ लिएका छन् भने विमला विश्वकर्माले राज्यमन्त्रीको सपथ लिएकी छन् ।

प्रचण्ड- माधव नेपाल पक्षले निर्वाचन आयोगमा बुझाए दुई सय ९७ केन्द्रीय सदस्यको हस्ताक्षर

काठमाडौं । प्रचण्ड र माधव नेपाल पक्षले निर्वाचन आयोग पुगेर नेपाल कम्युनिष्ट पार्टीको आधिकरीकता दाबी गरेका छन् । दुई सय ९७ केन्द्रीय सदस्यको हस्ताक्षर बुझाउँदै उनीहरुले आधिकरीता दाबी गरेका हुन् । यससम्बन्धि हस्ताक्षर बुझाउन प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनालसहितका नेता निर्वाचन आयोग पुगेका थिए । नेकपाका ४ सय ४१ मध्ये बहुमत अर्थात् २ सय ९७ केन्द्रीय सदस्य आफुहरुसँग भएकाले नेकपा पार्टी र चुनाव चिन्ह आफ्नो हुनुपर्ने दाबी गरेका हुन्

प्रतिनिधिसभा बिघटनविरुद्धको रिटमा आजबाट सुनुवाई सुरु

काठमाडौं । प्रतिनिधिसभा बिघटनविरुद्धको रिटमा आजदेखि सुनुवाई सुरु भएको छ । संवैधानिक इलजाशामा १३ वटा रिटको सुनुवाई सुरु भएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमेशर राणाको अध्यक्षतामा हुने इजलाशमा बरिष्ठ न्यायाधीशलाई नै राखिएको छैन । इजलासमा हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजहादुर केसीलाई राखिएको छ । बरिष्ठ न्यायाधीशहरु दीपक कार्की र मिरा खड्कालाई इजलाशमा समाबेश गरिएको छैन । आजदेखि सुनुवाई भएपनि आदेश आउन भने केही हप्ता लाग्ने कानूनविद्हरु बताउँछन् ।

ओलीको कदम विरुद्ध प्रचण्ड- माधप पक्षका नेताहरु सडकमा ओर्लिए

काठमाडौं । संसद बिघटनविरुद्ध प्रचण्ड–माधव नेपाल पक्ष नेकपा सडकमा उत्रिएको छ । प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल लगायतका नेता शुक्रबार बिहानै माइतीघरमा विरोध प्रदर्शनमा उत्रिएका छन् । ओलीको असंवैधानिक कदम फिर्ता लिन माग गर्दै प्रदर्शन भएको हो । सो समुहले देशव्यापी रुपमा सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस र समाजवादी दलले पनि आन्दोलन गर्ने निर्णय गरेको छ । दृष्टिन्युज

काङ्ग्रेसले पुष १३ मा देशभर प्रदर्शन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले मंसिर १३ गते संसद विघटनविरुद्ध देशैभर आन्दोलन गर्ने निर्णय गरेको छ ।   बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले आन्दोलन गर्ने निर्णय गरेको नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिएका छन् ।   प्रधानमन्त्रीको संसद विघटन गर्ने कदम असंवैधानिक एवंम अलोकतान्त्रिक भएको निष्कर्षसहित कांग्रेसले यहीँ पुस १३ गते देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको हो ।

प्रचण्डलाई अध्यक्ष पदबाट हटाउने ओली समुहको निर्णय

काठमाडौं । केपी ओली पक्षको नेकपाले प्रचण्डलाई कारबाही गरी अध्यक्षबाट हटाउने निर्णय गरेको छ। बालुवाटारमा बसेको सो समूहले बैठकले यस्तो निर्णय गरेको हो । साथै बैठकले पार्टीका सातै प्रदेशमा संयोजक तोकेका छन् । सुदूरपश्चिममा लेखराज भट्ट, कर्णालीमा मणि थापा, लुम्बिनीमा शंकर पोखरेल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, वागमतीमा ईश्वर पोखरेल, प्रदेश नम्बर दुईमा सत्यनारायण मण्डल र प्रदेश एकमा सुवास नेम्वाङलाई संयोजक तोकिएको छ । जनवर्गीय संगठनको समन्वयमा टोपबहादुर रायमाझीलाई चयन गरिएको छ

गृहमन्त्री बादलका सल्लाहकारले दिए राजिनामा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’का राजनीतिक सल्लाहकार सूर्य सुवेदी पथिकले राजिनामा दिएका छन् । बादल केपी ओलीको पक्षमा लाग्ने निर्णयपछि सुवेदीले राजिनामा दिएका हुन् । ‌ उनले राजनीति र नैतिक दृष्टिकोणले राजिनामा दिने निर्णय गरेको बताएका छन् । बादल निकट नेताहरु समेत प्रचण्ड माधव नेपाल समूहमा लागिसकेका छन् । बादल भने ओली समूहको बैठकमा सहभागी भएका छन् । गृहमन्त्री पदकै लोभमा परेर उनी त्यता लागेको बताइएको छ । दृष्टिन्युज

प्रधानमन्त्री ओलीद्वारा केन्द्रीय सदस्यहरुलाई बालुवाटारमा भोज

काठमाडौं । केन्द्रीय सदस्यको बैठकपछि केपी शर्मा ओलीले बालुवाटारमा केन्द्रीय सदस्यहरुलाई भोज दिएका छन् । मंगलबार थपिएका ५५६ केन्द्रीय सदस्यको समेत बैठक बसेपछि भोज दिइएको हो । क्याटरीङ बोलाएर बालुवाटारमा भोज गरिएको छ । सो बैठकमा पार्टीका करिब सात सय नेताहरु उपस्थित छन् । दृष्टिन्युज