शिक्षा

बाढीले स्कुल भवन भत्काएपछि पठनपाठन बन्द

म्याग्दी । बाढीले भवन लगायतका भौतिक संरचनामा क्षति पुर्याएपछि मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविको पठनपाठन बन्द भएको छ । गत साउन २८ गते साँझ कागखोलामा आएको बाढीले जनशान्ति मावि, वडा कार्यालय, प्रहरी चौकी, गुम्बा, मन्दिर, सडक तथा पुल बगाएको थियो । कागबेनीमा बाढीले २९ घर पूर्ण तथा १३ घरमा आंशिक क्षति पु¥याएको थियो । जनशान्ति माविका शिक्षक मनवीर किसानका अनुसार बाढीले विद्यालयको खेलमैदान, कक्षाकोठा र छात्राबास

स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवैमा सोध्ने तयारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोध्ने गरी तयारी गरेको छ । परीक्षामा प्रश्नपत्र अङ्ग्रेजी माध्यममा सोधिने र अधिकांश क्याम्पसमा नेपाली माध्यमबाट पढाइ हुने हुँदा विद्यार्थीलाई सहज नभएको आवाज उठेपछि विश्वविद्यालयले सोको तयारी गरेको उपकुलपति डा धर्मकान्त बाँसकोटाले बताए । ‘‘उक्त तहमा आगामी शैक्षिकसत्रदेखि दुवै भाषामा प्रश्नपत्र बनाउने गर्ने सोच बनाएका छौँ, यसबारे अध्ययन गरिरहेका छौँ तर नेपालीका साथै मातृभाषामा पनि प्रश्न सोध्नुपर्छ भन्ने

कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्यो

काठमाडौँ । इपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ । आज सूचना जारी गर्दै पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनौट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गरिने शाखाले जनाइएको छ। नेपाल सरकार, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारी पत्र अनुरूप रोजगार अनुमति प्रणाली अन्तर्गत कोरियामा नेपाली नागरिकलाई लैजान लागिएको सूचनामा उल्लेख छ। यही साउन २० गतेदेखि

क्याम्पस प्रशासनको लुटतन्त्र विरुद्ध कडा आन्दोलनमा उत्रने अध्यक्ष शाहीको चेतावनी

नेपालगन्ज : स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन सम्पन्न पश्चात महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजमा बेथिति,भ्रष्टाचार,अनियमिता बढेको अनेरास्ववियू महेन्द बहुमुखी क्याम्पस इकाई कमिटीका अध्यक्ष केशर जंग शाहीले बताए । स्वबियुले हरेक बिद्यार्थीका समस्यालाई सम्बोधन,समाधान गर्नुको साटो बिधार्थीको बिपक्षमा निर्णय गर्दै क्याम्पस प्रशासनसंग मिलेर बिद्यार्थी संग विभिन्न शिर्षकमा शुल्क लिने गरेको अध्यक्ष शाहिले बताए । recommendation letter र migration document return बापत उठाएको पैसा तुरुन्त सम्बन्धित विद्यार्थीलाई फिर्ता गर्न अनुरोध गर्दै तत्काल बिद्यार्थीको विपक्षमा

एसईईको नतिजा अन्तिम चरणमा

काठमाडौँ । शैक्षिक सत्र २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले नतिजा प्रकाशन तयारी अन्तिम चरणमा पुर्‍याएको हो । बोर्डले असार तेस्रो साताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी थालेको हो । सोही आधारमा नतिजा प्रकाशनको लागि आवश्यक गृहकार्य भइरहेको बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए । असारको तेस्रो साताभित्रमा नतिजा प्रकाशन गर्ने गरी हाम्रो

विद्यालयको दिवा खाजामा जंक फुड दिन नपाइने

काठमाडौं । अब विद्यालयको दिवा खाजामा जंक फुड दिन नपाइने भएको छ । संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले विद्यालयको दिवा खाजामा जंक फुड दिन नपाइने बताए । यस्तै अर्थमन्त्री महतले छात्राहरुलाई निःशुल्क सेनीटरी प्याड दिने व्यवस्थालाई निरन्तरता दिने पनि बताए ।

कक्षा १२ को परीक्षामा ४ लाख ६७ हजार विद्यार्थी सहभागी हुँदै

काठमाडौं । आजदेखि कक्षा १२ को परीक्षा सुरु हुँदैछ । बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्म परीक्षा हुने छ । यसपालिको परीक्षामा देशभरबाट कुल ४ लाख ६७ हजार ३८९ विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षाका लागि देशभर १ हजार ४५७ परीक्षा केन्द्र निर्धारण गरिएको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए ।अघिल्लो वर्ष तीन वा सोभन्दा बढी विषयमा ‘नन ग्रेडेड’ ल्याएका विद्यार्थीले यो वर्ष पूरै विषयको

विद्यालयले पोसाक र किताब बेचेको पाइए कारबाही हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले विद्यालयले किताब र पोसाक बेचेको पाइए कारबाही गर्ने चेतावनी दिएका छन् । विद्यालय आफैँले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटक–पटक आएको भन्दै मेयर साहले सबै विद्यालयहरूलाई निर्देशिकाअनुसार काम गर्न भनेका हुन् । ‘विद्यालय आफैंले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटक–पटक आइरहेको छ,’ मेयर शाहले भनेका

धनुषाको एक परीक्षा केन्द्रमा  नेपालीको ठाउँमा विज्ञान विषयको प्रश्नपत्र पुग्यो

जनकपुरधाम । धनुषाको एक परीक्षा केन्द्रमा नेपाली विषयको प्रश्नपत्र पुग्नुपर्ने ठाउँमा विज्ञान विषयको पुगेको छ ।  रामप्रसाद माविमा विज्ञान विषयको प्रश्नपत्र पुगेको हो । त्यहाँ नेपालीको प्रश्नपत्र पठाउने तयारी भइरहेको छ । खामको माथि नेपाली लेखिए पनि भित्र विज्ञान विषयको प्रश्नपत्र भेटिएको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।  पहिलो दिन अंग्रेजी विषयको परीक्षामा पनि प्राविधिक त्रुटिको कारण यस्तै समस्या भएको थियो । त्यहाँ ५० मिनेट ढिलो परीक्षा

एसईई परीक्षा आजदेखि, चार लाख ८५ हजार विद्यार्थी सहभागी

काठमाण्डौं । यसवर्षको एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) परीक्षा आजदेखि सुरु हुँदै छ ।शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा चल्नेछ। एसईईका लागि करिब पाँच लाख विद्यार्थी सहभागी हुँदैछन्। परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार करिब २ लाख ६० हजार छात्र र करिब २ लाख ५५ हजार छात्राले एसईई परीक्षा दिँदैछन् । वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) जापानमा पनि परीक्षा केन्द्र कायम गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार नेपालबाट रोजगारीका