शिक्षा

भारतमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीले परीक्षा दिन पाएनन्

काठमाडौं । भारतको उत्तराखण्ड राज्यका शहरहरु चम्पावत र पिथौरागढमा डिग्री कलेजमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुले परीक्षा दिन समेनन् । कुमाउँ विश्वविद्यालयको परीक्षा सोमबारदेखि सुरु भएको छ तर ठूलो संख्यामा नेपाली विद्यार्थीहरु परीक्षामा सहभागी हुन सकेका छैनन् । टाइम्स अफ इण्डियाका अनुसार अधिकांश विद्यार्थीहरु कोभिड–१९ का कारण लगाइएको प्रतिबन्धका कारण नेपालमै अड्किएर परीक्षामा सहभागी हुन पाएका छैनन् । परीक्षामा सहभागी हुन समेका सीमित विद्यार्थीहरुलाई पनि सीमा पार गर्न निकै कठिनाइको सामना

सरकारले विद्यार्थीलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउने

काठमाडौं ।  सरकारले विद्याललय र विद्यार्थीलाई निःशुल्क इन्टरनेटको सेवा उपलब्ध गराउने भएको छ । अनलाइन कक्षालाई निःशुल्क लिन पाउने गरी मान्यता दिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय र विद्यार्थीलाई निःशुल्क इन्टरनेटको सेवा उपलब्ध गराउन तयारी गरेको हो । वैकल्पिक विधिबाट पठनपाठनमा सहयोग गर्ने हेतुले नेपाल टेलिकमलगायत इन्टरनेट सेवा प्रदायक संस्थाबाट शैक्षिक प्रयोजनका लागि मात्र हुने गरी विद्यालय वा विद्यार्थीलाई निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउन लागेको मन्त्रालयले जनाएको छ ।

असार १७ पछि पनि विद्यालय खुल्ने नखुल्ने अनिश्चित

काठमाडौं नयाँ शैक्षिक सत्र सुरु नहुँदैदेखि लकडाउनका कारण विद्यालयहरु बन्द छन् । विद्यालय कहिले खुल्छन् भन्ने निश्चित छैन । यही अनिश्चितताका वीच कोभिड–१९सम्बन्धी उच्चस्तरीय समन्वय समितिले आगामी असार १७ देखि शैक्षिक संस्थाहरु खोल्ने प्रस्ताव तयार पारेको छ । तर, समितिको यो प्रस्तावबारे शिक्षा मन्त्रालयका अधिकारीहरुले भने केही बताएका छैनन्। उच्चस्तरीय समन्वय समितिले कोरोना संक्रमणका एक सयभन्दा कम सक्रिय केस भएका जिल्लामा लकडाउन खुकुलो बनाउने कार्ययोजना तयार पारेको छ । तर,

फेरि चिटिक्क बन्यो नेपालको पहिलो विद्यालय

विनाशकारी भूकम्पले भत्काएको काठमाडौँको दरबार हाइस्कुलको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । २०७५ साल साउनदेखि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा यो भवनको निर्माण शुरु भएको थियो । झन्डै ९० करोड हाराहारी लागत रहेको भवन निर्माणको काम अन्तिम चरणमा पुगेको हो । ठेकेदार कम्पनीले २० महिनामा सम्पन्न गर्ने सम्झौता गरेपनि १९ महिनामै यो भवन निर्माणको काम सम्पन्न गरेको हो । यही माघ महिनाभित्र सम्पूर्ण काम सकेर सरकारलाई हस्तान्तरण गर्ने

वाणको शय्यामा हुँदा भीष्म पितामहले बताएका धर्म, अर्थ र मोक्ष प्राप्त गर्ने तरिका

महाभारतको अनुशासन पर्व अनुसार भीष्म पितामह जब बाणको शय्यामा सुतेका थिए तब उनलाई भेट्न पाँच पाण्डव पुगेका थिए । त्यतिबेला धर्मराज युधिष्ठिरले भीष्म पितामहसँग ब्रह्मर्षि र देवर्षिका सामू धर्मको विषयमा थुप्रै प्रश्न सोधे । तत्वज्ञानी र धर्मका जानकारी भीष्मले वर्णाश्रम र राग–वैराग्यसहित थुप्रै ज्ञानको कुरा र अनेक रहस्यमयी भेद सम्झाए । यसकास ाथै भीष्मले पाण्डवलाई दानधर्म, राजधर्म, मोक्षधर्म, स्त्रीधर्म र अन्य जीवनका रहस्यबारे विस्तारपूर्वक चर्चा गरे । धर्म, अर्थ, काम

शर्मालाई नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सभाबिच पृथ्वी प्रज्ञा

कार्तिक १४, २०७४-नेपाल प्रज्ञा प्रतिष्ठानले ‘पृथ्वी प्रज्ञा पुरस्कार’ प्रा. तारानाथ शर्मालाई प्रदान गर्ने भएको छ । प्रतिष्ठानको सोमबार बसेको ३२ औं प्राज्ञ सभाको बैठकले शर्मालाई चार लाख रुपैयाँसहितको पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । उक्त पुरस्कार प्रत्येक चार वर्षमा दिने गरिन्छ । त्यस्तै, प्रतिष्ठानले प्रत्येक दुई वर्षमा प्रदान गर्ने एक लाख रुपैयाँसहितको नेपाल प्रज्ञा संस्कृति पुरस्कार प्रा. वीणा पौडयाल घिमिरेलाई र ‘नेपाल प्रज्ञा भाषा पुरस्कार’ धनुषाका प्रा. रामावतार यादवलाई

बागलुङको जनजागृति माविलाई प्रवासबाट २२ लाख सहयोग

१२ कात्तिक,बागलुङ । जिल्लाको गलकोट नगरपालिका-८ काँडेबासमा रहेको जनजागृति माध्यमिक विद्यालयलार्इ प्रवासीहरूले २२ लाख सहयोग गरेका छन् । विद्यालयले माघ महिनामा मनाउन लागेको हिरक महोत्सव र विद्यालयको उन्नतिका लागि भन्दै प्रवासमा बस्ने बागलुङ्गेले २२ लाख सहयोग गरेको विद्यालयका प्राध्यानाध्यापक तेजेन्द्र बुढाथोकिले जानकारी दिए । महोत्सव सफल पार्न र आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सहयोग संकलन गर्न विद्यालयका शिक्षक सोमलाल सापकोटा अहिले जापानमा रहेका छन् । जापानका विभिन्न शहरमा