पश्चिम तराईका थारु समुदायले अटवारी मनाउँदै
नेपालगन्ज ६ भदौ । पश्चिम नेपालको तराई क्षेत्रमा बसोवास गर्ने चौधरी-डगौरा समुदायमा आज देखि ‘अटवारी’ पर्व शुरु भएको छ। आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वको रुपमा लिइने ‘अटवारी’ पर्व खास गरी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बसोवास गर्ने चौधरी- डगौरा समुदायमा परम्परागत रूपमा मनाइने गरिन्छ। यो समुदायमा आइतबारको दिनलाई ‘अटवार’ नामले चिन्ने हुँदा आज आइतबार यो पर्व प्रारम्भ हुन्छ। हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीपछिको पहिलो आइतबारका दिनबाट प्रारम्भ