राजनीति

कांग्रेस नेता जोशीको भेन्टिलेटरमा राखेर नर्भिक अस्पतालमा उपचार हुदै

काठमाडाैं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। मस्तिष्कघात भई थापाथलीस्थित् नर्भिक अस्पतालमा भर्ना भएका जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ। जोशीको स्वास्थ्य अवस्थामा सुधार हुन नसकेको बताइएको छ। पूर्वउद्योगमन्त्री समेत रहेका जोशीलाई बिहीबार राति मस्तिष्कघात भएपछि सुरुमा वीर अस्पताल लगिएको थियो। शरीरको देब्रेपट्टी समस्या देखिएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो। वीरबाट थप उपचारका लागि उनलाई शुक्रबार विहान नर्भिक सारिएको थियो। जोशीको स्वास्थ्य

पशुपतिमा राष्ट्रपति भण्डारीले राखीन ८० किलो सुनको जलहरी

काठमाडौं । सरकारले पशुपतिनाथको मुल मन्दिरको शिवलिंगमा सुनको जलहरी राखेको छ। ८० करोड रूपैयाँ खर्च गरेर राखिएको १ सय ८ किलो सुनको जलहरीमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले पूजा आरधाना समेत गरेकी छिन्। ‘पूजा आरधाना गरी पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको छ,’ पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले भने, ‘पशुपतिनाथमा रहेको चाँदीको जलहरी जीर्ण भएकोले त्यही चाँदीको जलहरीलाई सुनको आवरणले ढाकिएको हो।’ सुनको जलहरी राख्ने काममा ८०

प्रतिनिधिसभा पुनस्थापनासंगै (नेकपा) प्रचण्ड–माधव समूहद्धारा संसदीय दलको बैठक आव्हान

काठमाडौं । प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले संसदीय दलको बैठक बोलाएको छ । आज अपरान्ह ४ बजे बस्ने बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट फिर्ता बोलाउने यसअघिको निर्णयलाई कायम राख्दै नयाँ नेताका रुपमा प्रचण्डलाई प्रधानमन्त्रीका लागि उम्मेदबार बनाउने तयारी गरेको छ । यस्तै बैठकमा संसदीय दलले आगामी संसद बैठकमा खेल्नुपर्ने भूमिका र रणनीति तय गर्ने छ ।

प्रधानमन्त्री ओलीले छलफलकालागि मन्त्रीहरु र चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई वालुवाटार वोलाए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरु र चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएका छन् । आज बिहान बसेको राष्ट्रिय सुरक्षा परिषदको बैठकलगत्तै प्रधानमन्त्री ओलीले मन्त्री र सुरक्षा निकायका प्रमुखहरुलाई बालुवाटारमा छलफलका लागि बोलाएका हुन् । सुरक्षापरिषद बैठकमा निर्वाचन र शान्ति सुरक्षाका विषयमा छलफल भएको थियो । एकैदिन सुरक्षापरिषद बैठक र मन्त्रिपरिषद बैठक गरी प्रधानमन्त्रीले मन्त्री र सुरक्षा निकायका प्रमुखहरुलाई छलफलमा बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सुरक्षा परिषदको बैठकमा विप्लव

सर्वोच्चद्वारा संसद पुनर्स्थापना, १३ दिनभित्र संसद बैठक बोलाउन परमादेश जारी

११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी

प्रतिनिधिसभा पुनर्स्थापनासंगै सुरक्षा निकाय हाई अलर्टमा

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने आदेश दिएसँगै सुरक्षा निकाय हाई अलर्टमा बसेका छन् । नेकपा ओली समूहका नेता कार्यकर्ता र प्रचण्ड–माधव समूहबीच झडप हुनसक्ने विश्लेषणका आधारमा सुरक्षा तैनाथी बढाइएको हो । सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालले उपत्यकाका संवेदनशील क्षेत्रहरुमा सुरक्षा तैनाथी बढाइएको बताए । उता, नेपाल प्रहरीको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख हरिबहादुर पालका अनुसार उपत्यकाका निषेधित क्षेत्रहरुसहित ठाउँ ठाउँमा प्रहरी तैनाथी बढाइएको छ । यस्तै,

सकियो संसद् विघटनको वहस, सुरक्षा निकाय ‘हाई अलर्ट’ मा

काठमाडौं । सर्वोच्च अदालतमा संसद् विघटनबारे पक्ष–विपक्षको बहस सकिएसँगै सुरक्षा निकाय ‘हाई अलर्ट’मा बसेका छन् । सरकारको सिफारिसमा गएको ५ पुसमा संसद् विघटन भएको थियो । बहस सकिएपछि ढिलोमा आउँदो शुक्रबारसम्म सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको आदेश वा विघटनलाई नै सदर सम्बन्धमा फैसला सुनाउने बताइएको छ । यस्तोमा उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखिएको उच्च सुरक्षा अधिकारी बताउँछन् । चारवटै सुरक्षा निकायले राजधानी काठमाडौंको सुरक्षामा विशेष ध्यान दिएका

मन्त्रिपरिषद बैठक सुरु विप्लव समूहबारे छलफल

काठमाडौं । मन्त्रिपरिषद्को बैठकमा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) बारे छलफल भएको छ । २०७५ फागुन २८ गते प्रतिबन्ध घोषणा गरिएको विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा फर्काउनेबारे छलफल भएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले जानकारी दिए । “विप्लव समूहबारे छलफल भयो । एक–दुई दिनभित्रै वार्ता आह्वान होला । त्यसका लागि सरकारले वातावरण पनि बनाउँला,” उनल भने, “अरू नियमित एजेन्डामा छलफल भयो ।” आजै मात्र सुरक्षा परिषद्को बैठक बसेको

सरकार र ‘विप्लव’ को भित्र भित्रै वार्ताको तयारी

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग अनौपचारिक रुपमा भित्रभित्रै वार्ता गर्दै आएको छ । सरकारी पक्षले वार्तालाई परीणाममुखी बनाउन भन्दै पहिले अनौपचारिक वार्ता गर्ने र त्यसपछि ठोस परीणामनजिक पुगेपछि औपचारिकरुपमा एकैपटक ‘सरप्राइज’ दिने गरी रणनीति बनाउँदै आन्तरिक रुपमा नै वार्ता गरिरहेको स्रोतले जनाएको छ । यसबीच बालुवाटार र विप्लव समूहबीच अनौपचारिक पत्र आदानप्रदानसमेत भइसकेको छ । आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र विप्लव समूहका तर्फबाट सोही समूहका

नेकपा प्रचण्ड–माधव समूह केन्द्रीय सदस्यहरुको नागरिकता र हस्ताक्षर सहित निर्वाचन आयोग जाँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूह केन्द्रीय कमिटीका सदस्यहरुको नागरिकता र हस्ताक्षर सहित निर्वाचन आयोग जाने तयारीमा जुटेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको स्थायी कमिटी बैठकपछि प्रचण्ड–माधव समूह आधिकारिकता दाबी गर्न निर्वाचन आयोग जाने भएका हुन् । मध्यान्ह १२ बजे केन्द्रीय कमिटीका सदस्यहरुलाई नागरिकता सहित उपस्थित हुन भनिएको नेकपा नेता लिलामणि पोखरेलले जानकारी दिएका छन् । नेकपा विभाजन भएपनि निर्वाचन आयोगले भने दुवै पक्षलाई मान्यता दिएको