नेकपा प्रचण्ड–माधव समूह केन्द्रीय सदस्यहरुको नागरिकता र हस्ताक्षर सहित निर्वाचन आयोग जाँदै
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूह केन्द्रीय कमिटीका सदस्यहरुको नागरिकता र हस्ताक्षर सहित निर्वाचन आयोग जाने तयारीमा जुटेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको स्थायी कमिटी बैठकपछि प्रचण्ड–माधव समूह आधिकारिकता दाबी गर्न निर्वाचन आयोग जाने भएका हुन् । मध्यान्ह १२ बजे केन्द्रीय कमिटीका सदस्यहरुलाई नागरिकता सहित उपस्थित हुन भनिएको नेकपा नेता लिलामणि पोखरेलले जानकारी दिएका छन् । नेकपा विभाजन भएपनि निर्वाचन आयोगले भने दुवै पक्षलाई मान्यता दिएको