राजनीति

विप्लव समुहका दुई सर्त, दुई एजेण्डा सहित सरकारसँग आजै वार्ता हुने सम्भावना

काठमाडौं । सर्त  १. २८ फागुन ०७५ को मन्त्रिपरिषद् बैठकबाट विप्लव नेतृत्वको नेकपालाई ‘आपराधिक समूह’ भन्दै अर्को दिनबाट लागू हुने गरी लगाइएको पार्टीमाथिको प्रतिबन्ध फुकुवा हुनुपर्ने २. पक्राउ परेका नेता–कार्यकर्ता रिहाइ र उनीहरूमाथि मुद्दा लगाइएको मुद्दा फिर्ता हुनुपर्ने (विप्लव समूहका एक सय २६ जना नेता–कार्यकर्ता जेलमा, पछिल्लो दुई वर्षमा दुई हजारभन्दा धेरै नेता–कार्यकर्ता पक्राउ) एजेन्डा  १. संसदीय व्यवस्थाको विकल्प र संकट समाधानको दिशामा अघि बढ्न सबै राजनीतिक शक्तिको राजनीतिक समीक्षा

सरकारसँग वार्ता गर्न विप्लव समुहले बनायो प्रकाण्डको नेतृत्वमा वार्ता समिति

काठमाडौं । प्रतिबन्धित नेकपा ‘विप्लव’ समूहले सरकारसँग वार्ता गर्न नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली गठन गरेको छ । टोलीमा उदय चलाउने ‘दीपक’ सदस्य छन् । पछिल्लो समय सरकारी तवरबाट समेत वार्ताका लागि पहल भएपछि विप्लव समूहले सहज वातावरणमा राजनीतिक गर्ने परिस्थिति बनाइए वार्ता गर्न तयार रहेको बताएको थियो । यसै सिलसिलामा सरकारले गृहमन्त्री राम बहादुर थापा बादलको नेतृत्वमा प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य रहेको वार्ता समिति गठन

ज्येष्ठ नागरिकको बजेटमा  जनप्रतिनिधि र कर्मचारीहरु भ्रमणमा

काठमाडौं । मोरङको कटहरी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी ज्येष्ठ नागरिकका लागि छुट्याइएको बजेट दुरुपयोग गर्दै आइतबार भ्रमणमा निस्किएका छन्। गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले भ्रमण टोलीको नेतृत्व गरेका छन्। गाउँपालिकाले प्रकाशन गरेको योजना पुस्तिकाको पृष्ठ नम्बर १५४ मा सामाजिक विकास कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिक अवलोकन भ्रमण शीर्षकमा ६ लाख रुपैयाँ विनियोजन गरिएको छ। सोही शीर्षकको बजेटबाट कर्मचारी र जनप्रतिनिधि प्रदेश २ र बागमती प्रदेशका स्थानीय तहको पाँचदिने घुमफिरमा निस्किएका हुन्।

नेकपा विवादवारे दुई दिनभित्रै निर्णयमा पुग्ने निर्वाचन आयोगको तयारी

काठमाडौं । निर्वाचन आयोगका आयुक्तहरु नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता विवाद टुंग्याउनेबारे छलफलमा जुटेका छन् । आयोग स्रोतका अनुसार आइतबार र सोमबार आयुक्तहरु नेकपा विवादबारे छलफल चलिरहेको छ । प्रचण्ड-नेपाल समूहका आधिकारिकता दाबी गरेको एक महिना पुग्न लाग्दा आयोगले निर्णय गर्ने तयारी गरेको हो । प्रचण्ड-नेपाल समूहले गत माघ २० गते राजनीतिक दलको दफा ४४ अनुसार आधिकारिकता दाबी गरेको थियो । आयोग उक्त समूहले दिएको पत्र अध्ययनमै रहेको जवाफ

नेकपा विवादका कारण संसद सचिवालय अफ्ठ्यारोमा

काठमाडौं । नेकपा विवादले संसद्का कामकारवाही सरल तरिकाले अघि बढ्न नसक्ने भएपछि संसद् सचिवालयलाई दल व्यवस्थापनमा कठिनाइ हुने भएको छ । संसद् विघटनअघि र पुनः स्थापनापछि संसद् बैठकमा उही राजनीतिक दल भए पनि नेकपाभित्रको विचलनले अप्ठेरो अवस्था आउने संकेत देखेपछि यतिबेला संसद् सचिवालय निकै सकसमा परेको छ । अबका विभिन्न बैठकमा आमन्त्रण गर्ने, सुविधा दिने र अन्य छलफलहरूमा हुने व्यवस्थापनमा संसद् सचिवालयलाई आफ्नो तर्फबाट निर्णय लिन कठिनाइ हुने संसद् सचिवालयका

फागुन २३ गतेका लागि राष्ट्रपति भण्डारीवाट संसद अधिवेशन आह्वान

काठमाडौं  । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गतेका लागि संसद अधिवेशन आह्वान गरेकी छन् । सोमबार विहान बसेको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिस अनुसार राष्ट्रपतिले फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन् । सोमबार अपरान्ह राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नयाँ बानेश्‍वरस्थित संसद भवनमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरिएको उल्लेख छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा

पार्टी विभाजन हुने विधेयक ल्याए प्रधानमन्त्री ओलीलाई सहयोग गर्ने कांग्रेसको तयारी

काठमाडौं । काँग्रेसले नेकपाको आन्तरिक झगडाका कारण राष्ट्र र संसद्लाई लामो समय बन्धक राख्न नमिल्ने भन्दै विवाद चाँडो टुंगो लगाउन प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल समुहलाई आग्रह गरेको छ । वैधानिक रुपमा नेकपा विभाजन हुने–नहुने टुंगो लाग्न नसक्दा भावी सत्ता समीकरण अन्योलमा बढ्दै गएको छ । काँग्रेसले प्रधानमन्त्री ओलीलाई पार्टी विभाजनका लागि अप्ठ्यारो परेमा दल विभाजनलाई सहज हुने गरी यसअघि ल्याएकै अध्यादेशलाई विधेयकका रुपमा ल्याए सहयोग गर्ने

प्रचण्डलाई गोप्य सुचना दिएको भन्दै गृहमन्त्री थापाले हटाए स्वकीय सचिव तामाङलाई

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले स्वकीय अधिकृत बीरु तामाङलाई हटाएका छन् । आफ्नो सचिवालयमा बसेर पुष्पकमल दाहाल प्रचण्डसँग सूचना चुहाएको आरोप तामाङमाथि लगाइएको छ । गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईका अनुसार तामाङलाई ३० माघ गतेबाटै लागू हुने गरी हटाइएको छ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयसँगै नेकपा ओली र प्रचण्ड–माधव समूहमा विभाजित भएको थियो । त्यसक्रममा बादल ओली समूहतिर लागेका थिए ।

प्रधानमन्त्री ओलीद्वारा संसदीय दलको प्रमुख सचेतकमा भट्टराईलाई नियुक्त

काठमाडौं, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नकेपाको संसदीय दलको प्रमुख सचेतकमा बिशाल भट्टराईलाई नियुक्त गरेका छन् । यसअघि प्रमुख सचेतक रहेका देव गुरुङलाई हटाएर उनले शुक्रबार भट्टराईलाई नियुक्त गरेका हुन् । यो कदमले ओली अझै प्रचण्ड–माधव नेपाल पक्षलाई पेलेर जाने रणनीतिमा रहेको देखिएको छ । संसदीय दलमा आफु अनुकुल माहोल बनाउन उनले गुरुङलाई हटाएका छन् । संसदीय दलमा ओली अल्पमतमा भएपनि केही सांसदहरुलाई किन्ने उनको तयारी छ ।

वामदेव प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे

काठमाडौं, १४ फागुन । नेता वामदेव गौतम प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार बोलाएका छन् । उनले केही दिनअघि ओलीको राजीनामा मागेका थिए । स्रोतका अनुसार ओलीकै निमन्त्रणमा उनी बालुवाटार पुगेका हुन् । अबको आफ्नो रणनीतिमा उनले वामदेवको साथ खोजेका छन् । वामदेवसँग केही सांसद भएकाले ओलीले उनलाई हात लिन खोजेका छन् । नेकपा विभागमा वामदेव कतै लागेका छैनन् ।