राजनीति

कोरोना संक्रमित शशांक कोइरालाको स्वास्थ्य अवस्था स्थिर : अस्पताल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाको स्वास्थ्य अवस्था स्थिर रहेको ओम अस्पतालले जनाएको छ । अस्पतालले दिउँसो स्वास्थ्य बुलेटिन सार्वजनिक गर्दै तीनजना चिकित्सक उपचारमा खटिएको उल्लेख गरेको छ । डा.विश्वनाथ कोइराला, डा.सुबोध ढकाल र प्रेमसुन्दर श्रेष्ठ उनको उपचारमा खटिएका छन् । केही दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्दै आएका कोइरालाको अवस्था बिग्रिँदै गएपछि बुधबार बिहान चाबहिलस्थित ओम अस्पताल भर्ना गरिएको हो । उनलाई भदौ २३ गते कोरोना

आज मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् महत्वपूर्ण एजेन्डा

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक सोमबार साँझ ५ बजेका लागि बोलाइएको प्रधानमन्त्रीको निजी सचिवालय स्रोतले जनाएको छ । केही महत्वपूर्ण निर्णय गर्न प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन् । बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको नियुक्ति, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त तोक्नेलगायतका निर्णय गर्ने स्रोतले जानकारी दियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल आइतबारबाटै सकिएको छ । त्यसैले आज बस्ने

राष्ट्रिय बाल दिवसको अवसरमा प्रधानमन्त्री ओलीको शुभकामना सन्देश

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बालबालिकाको हक र हितको संरक्षणलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । राष्ट्रिय बाल दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली बालबालिका तथा अभिभावकमा शुभकामना व्यक्त गर्दै नेपालको संविधानमा मौलिक हकका रुपमा रहेको बालबालिकाकासम्बन्धी नीति तथा कानून तर्जुमा गरी कार्यान्वयन गर्दै आएको बताउनुभएको छ । ‘बालबालिकामाथि हुने सबै किसिमका हिंसा, बेचबिखन तथा जघन्य घटनाका अपराधीहरुलाई कानूनी दायरामा ल्याई कडा सजाय दिने र बालबालिकाहरुलाई

जेल जीवन बिताइ रहेका रेशम चौधरीलाई तत्काल रिहा गर्न जसपाको माग

जनता समाजवादी पार्टी नेपालले रेशम चौधरीलाई रिहा गर्न माग गरेको छ। आइतबार जसपा पार्टी अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले एक विज्ञप्ती जारी गर्दै रेशम चौधरीलाई  तत्काल रिहा गर्न सरकारको ध्यानाकर्षण गराएको हो। टिकापुर घटनाका मुख्य योजनाकारका रुपमा दोषी ठहर भइ जेल जीवन बिताइ रहेका चौधरीलाई तत्काल रिहाई गर्न जसपाले माग गरेको हो । जसपाले विज्ञप्तीमा मधेशरथरुहट आन्दोलनहरुमा सहभागि भएका केही नेता तथा कार्यकर्ताहरु माथि सरकारद्वारा मुद्दा चलाउने, धन सम्पति

कोरोना जित्न प्राकृतिक जडिबुटी महत्वपुर्ण - प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार आयुर्वेदिक क्षेत्रका विज्ञहरूसँग बालुवाटारमा विशेष छलफल गरेका छन् । उनले उक्त छलफलमा आयुर्वेदिक नेपालको मौलिक चिकित्सा प्रणाली रहेको र निरोगी नेपाल निर्माण अभियानमा यसको असाधारण  भूमिका हुने बताएको प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओलीले भने – ‘आयुर्वेद खासमा औषधि र आरोग्य विज्ञान दुबै हो ।’ उनले मेशीनहरू  एलोपेथिक नभएको बताउदै आयुर्वेदमा आधुनिक प्रविधि, अनुसन्धान र औद्योगिकरणको प्रक्रिया मिसाउनुपर्ने बताए । छलफलको क्रममा उनले

नेकपामा अब सामाजिक सञ्जालमा नेता कार्यकर्तालाई गालीगलौज गर्न रोक लगाइने

काठमाडौं । सत्तारुढ नेकपामा यतिबेला विभिन्न गुट उपगुट छन् । घरघरमै गुटउपगुटको बैठक बस्ने गरेको छ । एउटा पक्षले अर्को पक्षलाई तथाना गालीगलौज गरिरहेको छ । कतिसम्म अलिअलि बचेको राजनीतिक साख पनि सामाजिक सञ्जालमा लेखेर हुर्मत लिन थालिएको छ । यस्तो प्रवृत्ति बढ्दै गएपछि  नेकपाले त्यसलाई नियन्त्रण गर्न नयाँ नियम लागू गर्ने भएको छ । पार्टीले सामाजिक सञ्जालका साथै मिडियामा पनि कुनै नेतालाई गालीगलौज गर्न नपाइने नीति अघि सारेको छ

राष्ट्रियसभा सदस्य बन्न वामदेव तयार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य बन्न तयार भएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार भेटवार्ता गरेर आफू राष्ट्रियसभा सदस्य बन्न तयार रहेको जानकारी पनि दिएका थिए । “चार–पाँचदिनअघि प्रधानमन्त्री ओलीजीले डोल्पाबाट चुनाव लड्नुपर्‍यो भन्नुभएको थियो । त्यतिबेला मैले विचार गरौँला भनेर जवाफ दिएको थिएँ । यसबीचमा मैले धेरै विचार गरेँ,” गौतमले भने, “आज मैले उहाँलाई प्रतिनिधिसभाको निर्वाचनमा जाँदिन भनेर भनेको छु

महाधिवेशनमा रामचन्द्र पौडेलका १० एजेन्डा 

काठमाडौं १३, भदौ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आशन्न १४ औं महाधिवेशनका लागि १० एजेन्डाहरु अघि सारेका छन् । उनले आशन्न महाधिवेशनमा सभापति पदमा आकांक्षा राख्दै शनिबार १० बुँदे एजेन्डाहरु अघि सारेका हुन् । “मैले नारा मात्र नलगाएको हो । भन्ने कुरा धेरै भनेको छु, गर्ने काम पनि धेरै गरेको छु । प्रचारको कमी हुन सक्छ,” उनले सामाजिक सञ्जाल फेसबुकमार्फत अघि सारेका एजेन्डा सार्वजनिक गर्दै भनेका छन् ।यस्ता छन्

कांग्रेसको प्रधानमन्त्रीलाई प्रश्न खाडीका श्रमिक ‘बर्ग शत्रु’ हुन् ?

काठमाडौं ६, भदौ । प्रमुख विपक्षी नेपाली कांग्रेसले विदेशमा भएकाहरुको उद्धारमा भएको ढिलाईप्रति असन्तुष्टि जनाएको छ । सरकारले बिहीबार मात्र पीसीआर टेष्ट सहज भएका देशहरुमा भदौ १६ बाट सशर्त नियमित उडान गरेर नेपालीहरुलाई आउन दिने निर्णय गरेको छ । यसरी आएकाहरु आफ्नै खर्चमा सात दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्छ । यस्तै पीसीआर टेस्ट सहज नभएका मुलुकहरुबाट चार्टर उडानबाट ल्याइनेछ । वैदेशिक रोजगोर कोषको रकमबाट उद्दार गर्नेहरुलाई भने स्थानीय तहहरुले बनाएको

कर्णाली प्रदेशको स्थापना दिवस : भूगोल पाइयो, तर सपना अधुरै

सुर्खेत ४ भदौ । २०७२ साउन २३ गतेदेखि अखण्ड मध्यपश्चिम प्रदेशको माग गर्दै वीरेन्द्रनगरमा सुरु भएको आन्दोलनपछि भदौ ४ गते तत्कालिन राजनीतिक दलले मध्यपश्चिमका जिल्ला समेटेर छुट्टै प्रदेश बनाउने सहमति गरे । पछि सोही सहमतिअनुसार संविधानमा ७ प्रदेश रहने र साविक कर्णाली अञ्चलका पाँच, भेरीका तीन र राप्तीका दुइ जिल्ला समेटेर ६ नम्बर प्रदेशको व्यवस्था भयो । जसलाई प्रदेशसभाको पहिलो अधिवेशनले ‘कर्णाली प्रदेश’ नामकरण गरिसकेको छ । प्रदेश स्थापनाका लागि