विशेष समाचार

१३ मन्त्रालय हामीलाई चलाउन दिनुस्,देश कस्तो बनाउनुपर्छ हामी देखाइदिन्छौँ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले १३ वटा मन्त्रालय मात्रै सय दिनलाई चलाउन दिए आफूहरुले देश कस्तो बनाउनुपर्छ भन्ने देखाइदिने बताएका छन् । चितवनमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।“दश सिटमात्रै भएको दलको नेतालाई प्रधानमन्त्री बनाउने भन्ने गाइँगुइँ चलेको छ,” उनले भने, “मैले दश दलीय गठबन्धनका नेताहरुलाई प्रस्ताव गर्न चाहन्छु– हामीलाई १३ वटा मन्त्रालय सय दिन चलाउन दिनूस् । एक सय दिन मात्र हामीलाई

रवि लामिछानेको उम्मेदवारीविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी

काठमाडौं । समाजवादी केन्द्र नेपालका अध्यक्ष युवराज पौडेल (सफल) ले चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन् । पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेको उम्मेदवारी अयोग्य रहेको भन्दै आज चितवन–२ स्थित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन् । नेपालको संविधान २०७२ को धारा २९१ ले विदेशको आवासीय अनुमतिपत्र त्याग गरेको व्यक्तिले कम्तीमा तीन महिना अवधि व्यतित नभइ निर्वाचनमा उम्मेदवार हुन रोक लगाएको उजुरीमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले निर्माण गर्ने

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले स्वामित्व लिएर निर्माण सम्पन्न गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गर्ने भनेको उक्त रंगशाला रकम अभावका कारण केही वर्षदेखि अलपत्र परेको छ । सीताराम कट्टेल र कुन्जना घिमिरेले रंगशाला निर्माणको क्रममा लागेको १८ करोड ऋण तिर्न नसकेको भन्दै भरतपुर महानगरपालिकालाई जिम्मा लगाउँदै निर्माण रोकेका थिए । केही साताअघि कट्टेलले रंगशालाको स्वामित्व

प्रतिलिटर पेट्रोलमा ३,डिजेलमा १० रुपैयाँले घट्यो ईन्धनको मुल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबार निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टीतेलमा प्रतिलिटर १०/१० रुपैयाँ घटाउने निर्णय गरेको हो । खाना पकाउन प्रयोग हुने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ । नयाँ मूल्य सोमबार राति १२ बजेपछि लागु हुनेछ ।

लोकप्रिय सञ्चारकर्मी नरेश भट्टराईलाई विन्ध्यवासिनी कला पत्रकारिता सम्मान

काठमाडौं । लोकप्रिय सञ्चारकर्मी नरेश भट्टराईलाई विन्ध्यवासिनी म्युजिक प्रालिले यस वर्षको ‘बिन्ध्यबासीनी कला पत्रकारिता सम्मान २०७९’ द्धारा सम्मान गर्ने भएको छ । विभिन्न सञ्चार गृहसँग झण्डै तीन दशक लामो समयदेखी आबद्ध रहेर नेपाली गीत संगीत र स्रष्टा प्रवर्द्धन एवं विकासमा अतुलनिय योगदान पुर्याएको भन्दै सञ्चारकर्मी भट्टराईलाई सम्मान प्रदान गर्ने निर्णय गरेको फाउन्डेसनकी अध्यक्ष लिना शर्मा रेग्मीले जानकारी दिइन् । नेपाली गीत संगीत क्षेत्रको विकासका लागि विगत २५ वर्षदेखि क्रियाशील विन्ध्यवासिनी म्युजिक

चितवन–२ मा रविले गराए उम्मेदवारी दर्ता

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन निर्वाचन क्षेत्रनम्बर २ को प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । वैशाख १० गते चितवन–२ मा हुने उपनिर्वाचनका लागि लामिछानेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । गत मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नं। २ मा उपनिर्वाचन हुन लागेको हो । लामिछानेसँगै सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका

ग्यास बोकेको ट्यांकर दुर्घटना: एकको मृत्यु,एक जना गम्भीर घाइते

काठमाडौं । एलपी ग्यास लोड गरेको ट्यांकर पृथ्वी राजमार्गमा पल्टिँदा एक जनाको मृत्यु भएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ लेवाटारमा आज बिहान ६ बजेतिर ट्यांकर पल्टिएको थियो । चितवनको मुग्लिनबाट काठमाडौंतर्फ गइरहेको युपी ७० डिटी ६०५५ नम्बरको भारतीय ट्यांकर अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो । दुर्घटनामा परेर एक पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए । दुर्घटनामा परेर अर्का एक

धनुषाको एक परीक्षा केन्द्रमा  नेपालीको ठाउँमा विज्ञान विषयको प्रश्नपत्र पुग्यो

जनकपुरधाम । धनुषाको एक परीक्षा केन्द्रमा नेपाली विषयको प्रश्नपत्र पुग्नुपर्ने ठाउँमा विज्ञान विषयको पुगेको छ ।  रामप्रसाद माविमा विज्ञान विषयको प्रश्नपत्र पुगेको हो । त्यहाँ नेपालीको प्रश्नपत्र पठाउने तयारी भइरहेको छ । खामको माथि नेपाली लेखिए पनि भित्र विज्ञान विषयको प्रश्नपत्र भेटिएको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।  पहिलो दिन अंग्रेजी विषयको परीक्षामा पनि प्राविधिक त्रुटिको कारण यस्तै समस्या भएको थियो । त्यहाँ ५० मिनेट ढिलो परीक्षा

उपनिर्वाचनका लागि तीन जिल्लामा आज उम्मेदवारी दर्ता हुँदै

काठमाडौं । आगामी वैशाख १० गते तनहुँ, बारा र चितवनमा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । प्रतिनिधिसभाको रिक्त तीन वटै क्षेत्रमा हुने उपनिर्वाचनका लागि विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारले आज मनोनय दर्ता गराउने भएका हुन् । प्रतिनिधिसभा अन्तर्गत तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचन हुँदैछ । गत मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित रवि लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको

चैत २६ गते आरआर क्याम्पसमा स्ववियु निर्वाचन हुने

काठमाडौं । राज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव चैत २६ गते हुने भएको छ । आइतबार बसेको सर्वपक्षीय बैठकमा चैत २६ गते स्ववियु निर्वाचन गर्ने सहमति भएको हो । विद्यार्थी संगठनभित्रको विवादले चैत ५ गते हुने भनिएको निर्वाचन स्थगित भएको थियो । स्ववियु निर्वाचनको विषयलाई लिएर सत्ता गठबन्धन निकट विद्यार्थी संगठनहरूले गत फागुन २६ गतेदेखि आरआर क्याम्पसमा ताला लगाएका थिए । निर्वाचन अधिकृतको राजीनामासहित फर्जि विद्यार्थी भर्ना सम्बन्धि छानबिनको