विशेष समाचार

जनयुद्धमा सहादत प्राप्त गर्नेहरु सहिद घोषणा

काठमाडौं । मन्त्रिपरिषद् बैठकले निर्णय गरेअनुरूप सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ । गत फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म सहिद भएकाको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय सहिदको मान्यता दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाई सहिदहरूको अभिलेख माग गरेको थियो ।

कलियुगका सन्तनु

लघुकथा कलियुगका सन्तनुस्वर्गमा भएको गोला प्रथा अनुसार राजा सन्तनु र गंगाको भागमा नेपाल लेखेको चिट परेपछि काठमाडौँ छिरेकी गंगाले शारदे घाम छिर्ने बैठक कोठाको सोफामा बसेका  सन्तनुसँग भनिन् , स्वामी बिहेकै बखतमा हजुरले मैले जे जे भन्छु अवश्य मान्नेछु भन्ने बाचा सहित मलाई भित्र्याउनु भएकै हो।अब त्यो बाचा पूरा गर्ने दिन आएको छ । निकै गम्भीर मुद्रामा देखिएकी गङ्गाको आंखामा आंखा जुधाउंदै सन्तनुले भने , माग प्रिय तिमीलाई जे माग्नुछ

व्यस्त सहरको कथा

व्यस्त सहरमाआफूलाई नितान्तएक्लो पाउँछुव्यस्त भीडभाडमाएक्लो पार्ने सहरको विशेषता भइसकेको रहेछ ! मलाई लाग्थ्यो, सहर मेरो पनि होयहाँका मानिस मेरै आफन्त हुन्यहाँको समृद्धिमा मेरो पनि हिस्सा छप्रत्यक्ष सरोकार छ सहरसँगमेरो पनितर, होइन रहेछसहर बिरानो रहेछसहरको रहनसहन, जनजीवन,सोचेभन्दा बिल्कुल फरक रहेछमालिक प्रवृत्तिको विकास भएको रहेछघैला, मैला, गरिब, पाखे, भेडादेख्दा रहेछन् गाउँमा बस्नेलाईटोपी खस्ने आलिसान महलगहिरिएर हेर्यो भनेहाम्रै पसिनाले बनेको हुनसक्छयहाँको माटो परीक्षण गरियो भनेहाम्रै पुर्खाको रगतको गन्ध मिल्छ होला ! दुःख लाग्छ–जहाँ हाम्रो

महाकालीपारिको भूमिबाट

राजेन्द्र खनाल ‘क्षितिज’लिम्पियाधुरामा बसेर म तल बगेको महाकाली नदी हेर्छुर, आफैँलाई प्रश्न गर्छु–म यता छु कि उता ?म आफ्नै भूमिमा छु कि पराई भूमिमा ?जब भावुकताका आँसु आउँछन् आँखाबाटरतपतप झर्न खोज्छन् प्रिय भूमिमा,जब सललल बग्न खोज्छन् प्रिय नदीमाथाहा छैन–मेरा आँसु आफ्नै भूमिमा झर्छन् कि पराई भूमिमा ?मेरा आँसु आफ्नै नदीमा बग्छन् कि पराई नदीमा ?०००पुर्खौँदेखि बस्दै आएको यो थातथलोसदियौँदेखि सिञ्चँदै आएको यो रस्तीबस्ती कहाँ बिर्सन सकिन्छ बर्सेनि तीन बाली उब्जाएको, कहाँ भुल्न सकिन्छ

शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन प्रयास गर्नेछु : उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन प्रयास गर्ने बताएका छन् । शुक्रबार उपराष्ट्रपतिमा निर्वाचित भएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै शान्ति प्रक्रिया निष्कर्षमा पुग्न बाँकी रहेको र त्यसलाई निष्कर्षमा पुर्याउन आफ्नो तर्फबाट इमान्दारीपूर्वक प्रायस गर्ने बताए । उनले भने, ‘शान्ति प्रक्रिया अहिले निष्कर्षमा पुग्न बाँकी छ । त्यो निष्कर्षमा पुर्याउनका लागि पनि मेरो तर्फबाट हुने प्रयास इमान्दारीपूर्वक गर्ने छु । उनले अफूलाई मत दिने संघीय र प्रदेश सांसद्लाई धन्यवाद

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ७ हजार

काठमाण्डौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रततोलामा चार सय रुपैयाँले बढेर १ लाख ७ हजार एक सय रुपैयाँ पुगेको हो । यसअघि गत फागुन १२ नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको थियो । सोही रेकर्डलाई ब्रेक गर्दै शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज तेजाबी

क्रिकेट खेलाडीलाई जनही ४ लाख दिइने

विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गर्न सफल राष्ट्रिय टीमका प्रतिखेलाडीलाई ४ लाख रुपैयाँ दिने घोषणा गरिएको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली क्रिकेट टीमका प्रति खेलाडीलाई ३ लाख र वागमती प्रदेश सरकारले १ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् । शुक्रबार बिहान बालुवाटार बोलाएर प्रधानमन्त्रीले खेलाडी, प्रशिक्षकसहित क्यानका पदाधिकारीलाई बधाई दिएका छन् । उनले ‘विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा नेपाली

‘पशुपति प्रसाद २ : भष्मे डन’को शुभमुहूर्त

निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा निर्माण हुने सिनेमा ‘पशुपति प्रसाद २ : भष्मे डन’को शुभमुहूर्त गरिएको छ । शुक्रबार धार्मिक स्थल पशुपतिनाथ मन्दिरको आँगनमा स्क्रिप्ट र क्यामेरा पूजाआजा गर्दै सिनेमाको शुभमुहूर्त गरिएको हो । सिनेमाको शुभमुहूर्त समारोहमा सिनेमाका निर्देशकदेखि कलाकारसम्म उपस्थित रहेको थियो । सिनेमामा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगर थिए । अब सिनेमामा ‘पशुपति प्रसाद’मा अभिनेत्री वर्षा सिवाकोटीको

स्ववियु निर्वाचनमा मौन अवधी सुरु

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा रातिदेखि १२ बजेदेखि मौन अवधि सुरु भएको छ । स्ववियु निर्वाचन आचारसंहिताअनुसार गएराति १२ बजेदेखि मौन अवधि सुरु भएको हो । निर्वाचन हुनुभन्दा ४८ घण्टा अगाडि प्रचार–प्रसार बन्द गरिने प्रावधानअनुरुप उक्त निर्देशन जारी गरिएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए । स्ववियु निर्वाचन आचारसंहितामा प्रचार–प्रसार गर्न रङरोगन र कुनै पनि प्रकारको पोष्टर टाँस्न नपाइने तथा निर्वाचनसम्बन्धी कुनै पनि

कोसी,मधेस,वाग्मती र लुम्बिनी प्रदेशका केही स्थानमा चट्याङसहित पानी पर्ने

काठमाडौं । आज कोसी प्रदेश, मधेस प्रदेश, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू–भागका केही स्थानहरू तथा तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित क्षणिक हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित