विशेष समाचार

२०८० सालमा देशभर ३५ दिन सार्वजनिक विदा

काठमाडौं । सरकारले २०८० विदा राजपत्रमा प्रकाशित गरेको छ । राजपत्रमा प्रकाशित सूचीअनुसार २०८० सालमा ३५ दिन देशभर लागू हुनेगरी सार्वजनिक विदा दिइएको छ । सरकारले बिहीबार राजपत्रमा विभिन्न चाडपर्व, दिवश र जन्मजयन्तीलगायतका सार्वजनिक विदाबारे सूचना प्रकाशित गरेको हो । जसमा सबैभन्दा लामो दशैंमा ६ दिन र तिहारमा ५ दिन बिदा दिइएको छ । सरकारले २७ पुसमा ‘पृथ्वी जयन्ती’ र १ फागुनमा ‘जनयुद्ध दिवश’मा पनि सार्वजनिक विदा दिएको छ ।

चैत ६ गते विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले चैत ६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। विश्वासको मत लिनका लिने आवश्यक व्यवस्था मिलाइदिन संघीय संसदको सचिवालयलाई पत्र पठाएका छन्। प्रधानमन्त्री दाहालले यसअघि एमालेसँग गठबन्धन सरकारको नेतृत्व गर्दै पुस २६ गते विश्वासको मत लिएका थिए। राष्ट्रपति निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेका दाहालले ६ गते विश्वास लिन लागेका हुन्। वर्तमान सत्ता गठबन्धमा कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी, एकिकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी

नेपालले गर्‍यो युएईलाई पराजित, विश्वकपमा भयो छनोट

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले युएईलाई पराजित गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले युएईलाई डीएल पद्दतिको आधारमा २ रनले हराएको हो ।यस जितसँगै नेपाल जिम्बावेमा आयोजना हुने विश्वकप छनोटका लागि छनोट भएको छ । युएईले दिएको ३ सय ११ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहदा खराब प्रकाशको कारण खेल रोकिदा डीएलको आधारमा नतिजा तय गरिएको हो ।

दूधको मूल्य प्रतिलिटर १६ रुपैयाँसम्म बढ्यो

काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले आज (बिहीबार) देखि नै लागू हुनेगरी प्रति लिटर १६ रुपैयाँसम्म दुधको मूल्य बढाएको छ । डीडीसीले आज (बिहीबार) देखि नयाँ मूल्य प्रिन्ट भएको प्याकेट दूध बजारमा पठाउने भएको छ । डीडीसीका महाप्रवन्धक सन्जिव झाका अनुसार सरकारी निर्णयअनुसार बढेको दूधको मूल्य किसानलाई दिइसकेकाले त्यो मूल्य उपभोक्तालाई पर्ने गरी मूल्य बृद्धि गरिएको हो । उनले भने, ‘बुधबारदेखि नै किसानले बढेको मूल्य पाएका छन्, त्यहीं

उपराष्ट्रपति निर्वाचनमा तथस्ट बस्ने राप्रपाको निर्णय

काठमाडौँ । राष्ट्रपति निर्वाचनमा तथस्ट बसेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपराष्ट्रपतिको निर्वाचनमा पनि तटस्थ बस्ने भएको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बसेको बैठकले उपराष्ट्रपति निर्वाचनको मतदानमा मत नदिने र तटस्थ बस्ने निर्णय गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

गायक डिजीलाई उत्कृष्ट समाबेशी म्यूजिक अवार्ड

काठमाण्डौं : मोफसलमा कुशल संचारकर्मीका रुपमा स्थापित गायक प्रमोद डिजी थारु गायनतर्फ उत्कृष्ठ राष्ट्रिय समाबेशी म्यूजिक अवार्डबाट सम्मानित भएका छन । काठमाण्डौमा एक समारोहकाविच गायक डिजीलाई थारु गायनतर्फ उत्कृष्ट राष्ट्रिय समाबेशी म्यूजिक अवार्ड (निम) २०७९ प्रदान गरिएको हो । अवार्डमा समाबेश पाँच वटा गितमध्ये गायक डिजीले ‘तोहर नथिया’ बोलको गितमार्फत उत्कृष्ट गायन अवार्ड पाउन सफल भएका हुन । ‘तोहर नथियामा’ गायक प्रमोद डिजी र अन्जु चौधरीको स्वर रहेको छ । बाँके

कांग्रेसले उपराष्ट्रपतिमा रामसहायलाई मत दिने

काठमाडौं । नेपाली कांग्रेसले उपराष्ट्रपति पदका उमेदवार रामसहायप्रसाद यादवका पक्षमा मत गर्ने निर्णय गरेको छ । प्रवक्ता प्रकाशरण महतका अनुसार आज (बुधबार) बिहान केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले रामसहायका पक्षमा मतदान गर्न सांसदलाई निर्देशन दिने निर्णय गरेको हो ।  यादव जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट उमेदवार बनेका हुन् । त्यस्तै, नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, र प्रमीला कुमारी र जनमत पार्टीका ममता झा उपराष्ट्रपतिका उम्मेदवार छन् ।

कर्मचारी हटाएको चार महिना नपुग्दै फेसबुकले १० हजार कर्मचारी कटौती गर्दै

काठमाडौं । फेसबुकको अभिभावक कम्पनी मेटाले १० हजार कर्मचारी कटौती गर्ने तयारी गरेको छ । बीबीसीका अनुसार ११ हजार कर्मचारी हटाएको चार महिना नपुग्दै मेटाले पुनः १० हजार कर्मचारी कटौती गर्न लागेको हो । मेटाका संस्थापक मार्क जुकरबर्गले सन् २०२२ मा कम्पनीको राजस्वमा भारी गिरावट आएकाले भारी संख्यामा कर्मचारी कटौती गर्नुपरेको बताएका छन । अमेरिकामा बढेको ब्याजदर, अस्थिरता र नियामक कानुनमा भएको वृद्धिले आम्दानीमा गिरावट आएको उनको भनाइ छ ।

सातै प्रदेशका प्रमुखहरुले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सात प्रदेशका प्रमुखहरूले भेटेका छन्।काठमाडौं आएका प्रदेश प्रमुखहरूले आज (बुधबार) बिहान बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् । भेटका अवसरमा प्रदेश प्रमुखहरू र प्रधानमन्त्रीबीच समसामयिक राजनीतिक विषय र प्रदेशलाई बलियो बनाउन संघले गर्नुपर्ने सहयोगलगायत विषयमा पनि कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

मन्त्री फेरिएपनी सरकार तलमाथि हुँदैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक समीकरणमा फेरबदल भए पनि सरकारको नेतृत्व तलमाथि नहुने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतका कार्यालयहरूको दोस्रो चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले तत्कालै आफू नेतृत्वको सरकार तलमाथि नहुने बताए । उनले भने, ‘राजनीतिक समीकरणमा फेरबदल आएको छ । तर यसको अर्थ सरकारको नीति फेरिँदैन, हिजो हामीले जुन प्राथमिकता निर्धारण गरेका थियौँ सामाजिक न्याय, सुशासन र