विशेष समाचार

स्ववियु निर्वाचन प्रक्रिया अघि नबढाइएको भन्दै त्रिचन्द्र क्याम्पसमा विद्यार्थीले गरे तोडफोड

काठमाडौं । विद्यार्थीको एक समूहले घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा तोडफोड गरेको छ । स्ववियु निर्वाचन प्रक्रिया अघि नबढाइएको भन्दै मंगलबार विद्यार्थीको एक समूहले क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको कार्यकक्षमा तोडफोड गरेका हुन् । तोडफोडबाट टेबल तथा कुर्सीहरुमा क्षति पुगेको छ । त्रिचन्द्र क्याम्पसमा विवादका कारण पुस २६ गते मनोनयन दर्ता हुन सकेको थिएन । त्यसपछि पनि मतदाता नामावली प्रकाशनदेखि अन्य आवश्यक समन्वय नगरेको भन्दै नेविसंघसहितका विद्यार्थी संगठनहरु आक्रोशित

नायिका वर्षा शिवाकोटीको वैवाहिक जीवन टुट्यो

बैशाख महिनाको ९ गते नायिका वर्षा सिवाकोटीले अमेरिका रहँदै आएका इन्जिनियर आशिष गेलालसँग बिहे गरिन् । आशिष र वर्षाबिच मागी बिहे थियो । परिवारबाट कुरा चलेपछि वर्षाले आशिषसँग बिहे गरेकी हुन् । बिहे गरेको केही दिन पोखरामा हनिमुन मनाएर आशिष अमेरिका हानिए । त्यसको केही दिनपछि वर्षा पनि अमेरिका पुगिन् ।  तर, अमेरिका गएको २ महिनामै वर्षा नेपाल फर्किइन् । उनी, नेपाल फर्किएसँगै आशिष र उनको सम्बन्धमा दरार आएको खबर

गोली लागेर सल्यानमा एक जनाको मृत्यु

सल्यान : बन्दुकको गोली लागेर सल्यानमा एक जनाको मृत्यु भएकाे छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नं. ९ स्वारा नजिकैकाे जंगलमा साेमबार बेलुका साढे ५ बजेतिर शिकार खेल्न गएका एकजनाले बाेकेकाे बन्दुक पट्किएर अर्का एक जनाकाे मृत्यु भएकाे हाे । शिकार खेल्न गएका अन्दाजी ४० वर्षीय आइते रावतले बोकेको भरुवा बन्दुक एक्कासी पड्किएर अन्दाजी १६ वर्षीय चित्र बहादुर रावतको मृत्यु भएकाे हाे । दुवै जना सँगै स्वारा नजिकैकाे बाहुननाका

स्ववियु निर्वाचनका लागि  उम्मेदवारीको अन्तिम नामावली प्रकाशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज (सोमवार) उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गरिएको छ । यही फागुन २७ गते उम्मेदवार मनोनयन गराएका उम्मेदवारको छानविन र उम्मेदवारी फिर्ता गरेपछि अन्तिम नामावली प्रकाशन गरिएको हो । आज(सोमवार) फागुन २९ गते दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता र दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको थियो । आज अन्तिम नामावली प्रकाशन भएसँगै अब उम्मेदवार

'नाईं नभन्नू ल ६' को पहिलो गीत रिलिज

काठमाडौं : नयां वर्षका अवसर पारेर आगामी वैशाख १ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘नाईं नभन्नू ल ६’को पहिलो गीत रिलिज गरिएको छ। सोमबार निर्माण टिमले शरद शंकर र बेनिशा पौडेलको आवाज रहेको ‘दिउँला माया’ बोलको गीत रिलिज गरेको हो ।गीतमा विकाशराज आचार्यले शब्द, शरद शंकरको संगीत रहेको छ । गीतको भिडियोमा नायिका आँचल शर्मा र नव नायक आशिर्वाद क्षेत्रीको अभिनय हेर्न सकिन्छ । बाल्यप्रेमसंगै युवापुस्ताको प्रेम कथालाई समावेश गरिएको

आईसीसी विश्वकप लिग २ : पीएनजीविरुद्ध नेपालको कीर्तिमानी जित

आईसीसी क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक एक दिवसीय सिरिजअन्तर्गत सोमबार भएको खेलमा पपुवा न्युगिनी(पीएनजी)माथि नेपालले कीर्तिमानी जित निकालेको छ । टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले पीएनजीलाई ९ विकेटले पराजित गरेको हो । जितका लागि पीएनजीले दिएको ९६ रनको लक्ष्य नेपालले ७ ओभर ४ बलमा १ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ३३ रन र अर्का ओपनर आसिफ शेखले ५३ रन बनाए । कुशल मल्लले अविजित

सिनेमा 'ए साथी सुन'को टिजर सार्वजनिक

अभिनेत्री बर्षा सिवाकोटी र डेव्यु अभिनेता रमेश बानियाँ अभिनय रहेको सिनेमा ए साथी सुनको थ्रिलर टिजर सार्वजनिक गरिएको छ । टिजर रिलिजसँगै निर्माण पक्षले सिनेमाको रिलिज पोस्टपोन्ड भएकको जानकारी समेत दिएको छ । यसअघि चैत्र १० गतेबाट प्रदर्शनमा आउने बताइएको थियो । प्राविधिक काम नसकिएकाले सिनेमाको प्रचार प्रसार पनि गर्न नभ्याएको भन्दै निर्माण टिमले रिलिज सार्नु परेकको जानकारी दिएको छ । अब सिनेमा नयाँ २०८० जेठ ५ गतेबाट प्रदर्शनमा आउनेछ

इराकको अन्बारमा नेताहरूसहित २२ जना आईएस लडाकूको मृत्य

बग्दाद । इराकको पश्चिमी प्रान्त अन्बारमा भएको कारबाहीमा केही नेताहरूसहित २२ इस्लामिक स्टेटका लडाकू मारिएको इराकी सेनाले आइतबार जनाएको छ । इराकी काउन्टर–टेररिज्म सर्भिसका प्रमुख लेफ्टिनेन्ट जनरल अब्दुल वहाब अल–सादीले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार दुई चरणमा हवाई सेनाले रुत्बा सहरबाट करिब चार सय किलोमिटर पश्चिम उत्तरमा रहेको दुर्गम क्षेत्रमा कारबाही गरेको थियो । मारिएका सबै लडाकूहरूले विस्फोटक बेल्ट लगाएका थिए भने मारिएकाहरूमा केही वरिष्ठ नेताहरू पनि रहेका छन् । पछिल्लो

राष्ट्रपति पौडेलले आज शपथ ग्रहण गर्दै

काठमाडौं । नवनिर्वाचित मुलुकको तेस्रो राष्ट्रपति रामचन्द्र पौडेलले आज(सोमवार) पद तथा गोपनीयताको शपथ लिने भएका छन् । पौडेलले दिउँसो १ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथग्रहण गर्ने कार्यक्रम तय भएको हो । उनलाई सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनेछन् । शपथपछि पौडेल पाँच वर्षका लागि शीतलनिवासमा बस्नेछन् । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यही फागुन २५ गते मुलुकको तेस्रो राष्ट्रपतिका रूपमा निर्वाचित हुँदा भएका थिए । संघतर्फको

जनताको प्रगति नै मुलुकको उन्नति हो : पर्यटनमन्त्री किराती

सर्लाही । ससंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जनताको प्रगति नै मुलुकको उन्नति भएको बताएका छन् । ‘फोनिजको अभियान, सञ्चारमा पहिचान’भन्ने मूल नाराका साथ आइतकार आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घले सर्लाहीको हरिवनमा आयोजना गरेको नीति तथा विधान कार्यक्रममा उनले भने, ‘अब परिवर्तन र परिणाम आउने काम हामीले गर्नुपर्छ, जुन काम सर्वसाधारण जनताले सजिलोसँग बुझ्नै पर्छ ।’ उनले मन्त्रालय जनताको हो भन्दै जनतासँग सहकार्य गर्न आफू तयार रहेको बताए