विशेष समाचार

रेाशमलाल चौधरीको जन्मकैद फैसलाप्रती पुर्व प्रधानमन्त्री भट्टराईद्वारा असन्तुष्टि

काठमाडौँ । टीकापुर घटनामा मूख्य दोषी ठहर भएका सांसद रेशमलाल चौधरी र लक्ष्मण थारूलाई उच्च अदालत दिपायलले पनि जन्मकैदको सजाय सुनाएपछि जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले असन्तुष्टि जनाएका छन्।   बिहीबार अबेर सुनाइएको फैसलामाथि ट्वीटरमा प्रतिक्रिया दिदैं पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले असन्तुष्टि जनाएका हुन् ।   उनले ट्वीटमा भनेका छन्,’यथास्थितिको रक्षार्थ कानून/अदालत बन्छन्। अत:उत्पीडित थारूजातिको मुक्ति अभियानमा लागेका सांसद रेशम चौधरी,लक्ष्मण थारूलगायतका थारू नेतालाई अदालतले दोषी ठान्नु

टिकापुर घटनाका दोषी रेशमलाल चौधरी र लक्ष्मण थारु सहित आठ जनालाई  जन्मकैद

दिपायल । उच्च अदालत दिपायल राजपुरले सांसद रेशमलाल चौधरी सहित आठजनालाई जन्मकैदको फैसला सुनाएको छ । बिहीबार रातिसम्म उच्च अदालत दिपायलमा भएको बहसमा सांसद चौधरीसहित अन्य सात जनाको हकमा जन्मकैदको सजाय हुने जिल्ला अदालत कैलालीले यसअघि गरेको आदेश सदर गरेको हो । अदालतले लक्ष्मण थारूलाई पनि जन्मकैदको सजाय सुनाएको छ । यसअघि घटनाका अर्का दोषी थारूलाई भने जिल्ला अदालत कैलालीले धरौटीमा छाडेको थियो ।     एक प्रहरी वरिष्ठ उपरीक्षक

यात्रुले खवर गरेको १ घण्टामै प्रहरीले फेला पार्यो ल्यापटप

काठमाडौं : बग्गिखाना प्रहरीले यात्रुले खबर गरेको १ घण्टामै ल्यापटप सहितको झोला खोजी गरि सम्बन्धीत व्यक्तिलाई हस्तान्तरण गरेको छ । बुधबार राति केएमसी हस्पिटल सिनामंगलदेखि काँडाघारी जानेक्रममा काठमाडौं निवासी राोशन दाहालले आफू चढेको बा.२ ज ५७५९ नम्बरको ट्याक्सिमै उक्त झोला छोडेका थिए । हिजो राती छुटेको ल्यापटप तथा महत्त्वपूर्ण कागजात सहितको ब्याग आज प्रहरीलाई खबर गरेपछी एक घन्टा भित्र फेला पारेर वग्गीखानाका एसपी श्यामकृष्ण अधिकारीले सामान धनी काठमाडौ निबासी दाहाललाई हस्तान्तरण

देशभर चिसो बढ्यो, काठमाडौंको न्युनतम तापक्रम २ दशमलव ३ डिग्री

काठमाण्डाै । पुष लागेसँगै देशभर चिसो बढेको छ । उच्च हिमाली जिल्लाहरुमा पनि तापक्रम माइनसमा झरेको छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम २ दशमलव ८ डिग्री रहेको थियो ।   जिरी, जोमसोम, जुम्ला लगायतका ठाउँमा पनि तापक्रम माइनसमा झरेको छ । आज काठमाण्डौको न्यूनतम तापक्रम २ दशमलव ३ डिग्री सेल्सियसमा झरेको छ ।   आज दिउँसो प्रदेश नम्बर १ तथा गण्डकी प्रदेशको पहाडी भू–भागहरुमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले

विश्वमा कोरोना संक्रमण वाट मृत्यु हुनेको संख्या १६ लाख नाघ्यो

काठमाडौं । नोवेल कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या १६ लाख ३० हजार नाघेको छ । विश्व स्वास्थ्य संठगनको तथ्यांक अनुसार हालसम्म १६ लाख ३० हजार ५२१ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्र ११ हजार ४६४ कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ५ लाख ८५ हजार ४५५ कोरोना संक्रमित थपिएका छन् । हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ७ कारोड २१ लाख ९६

बढ्ने भयो सुरक्षाकर्मीको राशनभत्ता

काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीको राशनभत्ता बढाउने तयारी गरेको छ । सुरक्षाकर्मीको राशनभत्ता समायानुकुल बनाउन गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमको अध्यक्षतामा समिति गठन गरेको छ । जसमा अर्थ मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधि छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा राशनभत्ताबारे अध्ययन गर्न र सुझाव दिन मन्त्रालयले समिति गठन गरेको हो । समितिले अध्ययनको काम गरिरहेको सहसचिव गौतमले बताए । नेपाल प्रहरी र

भुमिहिनहरुले पाउने भए जग्गा

प्रतिनिधिसभा सदस्य माननीय बिमला वि.क. ले वास्तविक भुमिहिनहरुको पहिचान गरी एक वर्ष भित्र सम्पुर्ण भुमिहिनहरुलाई जग्गा उपलव्ध गराउने प्रतिवद्धता गर्नुभयो । आज ठाकुरवावा नगरपालिका-१ स्थित भुमि समस्या समाधान आयोग, पालिका स्तरिय लगत संकलन ईकाइ कार्यालयको उद्घाटन गर्दै माननीय वि.क. ले त्यस्तो वताउनुभएको हो । उहाले लामो समयदेखि भुमिहिन नागरिकहरुमाझ रहदै आएको समस्यालाई अन्त्य गरिने समेत वताउनुभयो । कार्यक्रममा ठाकुरवाव नगरपालिकाका मेयर घननारायण श्रेष्ठले वास्तविक सुकुम्बासीको लगत तयार गरी जिल्ला सुकुम्बासी

दुई किलो ७०० ग्राम अफिम सहित सुर्खेतमा एकजना पक्राउ

सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दुई किलो ७०० ग्राम लागुऔषध अफिमसहित सानीभेरी नगरपालिका–३ गरेला रुकुम पश्चिमका ५३ वर्षीय गोरख कुसारीलाई पक्राउ गरेको छ । प्रहरी नायब निरीक्षक नारायण शर्माको नेतृत्वको टोली, लागुऔषध ब्यूरो सुर्खेत, जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम र प्रहरी चौकी सिम्लीको संयुक्त टोलीले कुसारीलाई हिजो पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय सुर्खेतका सहप्रवक्ता प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए । “विशेष सूचनाका आधारमा त्यहाँ पुगेको टोलीले उनलाई

वडा कार्यालयमा कर्मचारीको ढिलासुस्तीले सेवाग्राही मर्कामा

काठमाडौं : स्थानीय सरकार आएदेखि गाउँ गाउँमा सिंहदरबारको नाराले खुप व्यापकता पायो। जनताहरु पनि राम्रो सेवा सुविधा स्थानीय स्तरमै पाइने भयो भनेर हर्षित पनि भए। तर जनताको आशा अनुरुप स्थानीय सरकारले सेवा सुविधा दिन नसकेको सेवा ग्राहीको गुनासो बढ्दो क्रममा छ। यसैबीच, काठमाडौंको एक वडा कार्यालयमा कर्मचारीको ढिलासुस्तीले सेवाग्राही मर्काको परेको गुनासो आएको छ। बुधबार आज काठमाडौं महानगरपालिका अन्तर्गत वडा नम्बर ३१ भिमसेन गोलामा साढे १० बजेसम्म पनि कर्मचारी कार्यालयमा

अध्यादेश बदरको माग गर्दै सर्वोच्च रिट

काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी सरकारले मंगलबार जारी गरेको अध्यादेश अमान्य र बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीबाट मंगलबार जारी भएको संवैधानिक परिषदसम्वन्धी अध्यादेश तत्काल रोक्न अन्तरिम आदेशकाे माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले रिट निवेदन पेश गरेका हुन्। निवेदन पेश भएको र सर्वोच्चले अध्ययन गरिरहेकाले हाल रिट दर्ताको प्रक्रियामा रहेको अधिवक्ता अर्यालले बताए । राष्ट्रपति भण्डारीले जारी गरेको अध्यादेश संविधानसँग बाझिएको भन्दै खारेज