विशेष समाचार

भट्टराई दम्पत्तिको दोस्रो कोरोना रिपोर्ट पोजेटिभ

काठमाडौं। जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीको दोस्रो कोरोना रिपोर्ट पोजेटिभ आएको छ । यसअघि कात्तिक ७ गते गरिएको कोरोना परिक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो । १४ दिनपछि दोस्रोपटक कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ नै आएको जनाइएको छ । डा. भट्टराईले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत कोरोनाको लडाइँ केही लामै हुने बताएका छन् । उनले लेखेका – ‘बुढाबुढी सँगसँगै कोराना विरुद्ध मोर्चा

चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं – चितवनमा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङस्थित मध्यनेपाल नगरपालिका-२ का ४७ वर्षीय पुरुष रहेका छन् । उनको चितवन मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि ती पुरुषलाई कार्तिक २० गते अस्पताल भर्ना गरिएको थियो । उनलाई कार्तिक २१ गते कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो ।

चर्चित बलिउड अभिनेत्री टमन्ना बस्छिन् महंगो महलमा

काठमाडौं – बलिउड तथा साउथ फिल्मकी चर्चित अभिनेत्री हुन् तमन्ना भाटिया ।  १५ वर्षको उमेरमा बलिउड फिल्म ‘चाँद सा रोशन चेहेरा’बाट फिल्मी करियर शुरु गरेकी तमन्नाले हालसम्म धेरै फिल्ममा अभिनय गरिसकेकी छिन् । तेलुगु फिल्म क्षेत्रमा फिल्म ुश्रीुबाट अभिनय शुरु गरेकी उनले फिल्म बाहुबलीबाट चर्चामा आइन् । उनी आफ्नो नयाँ अपार्टमेन्टका कारण पनि चर्चामा आउने गर्छिन् । उनले किनेको महँगो अपार्टमेन्ट निकै सानदार छ । हाल बस्दै आएको मुम्बईको बर्सोवामा

देशभर चिसो बढ्यो, काठमाडौंमा आज वर्षकै कम तापक्रम

काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको हो । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौंको न्यूनतम तापक्रम आज १० डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार काठमाडौंको न्युनतम तापक्रम १० दशमलव २ डिग्री सेल्सियस थियो । आज काठमाडौं उपत्यकामा यस वर्ष जाडो सुरु भएदेखिकै सबैभन्दा कम तापक्रम मापन भएको हो । मौसमविद् प्रतिभा मानन्धरका अनुसार अबको केहीदिन देशभर तापक्रम निरन्तर घट्दै जाने

नेपालमा एकैदिन २२ सय ६ जना जनाले जिते कोरोना

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा २२ सय ६ जना कोरोना संक्रमणमुक्त भएका छन्। शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २२ सय ६ जनाले कोरोनालाई जितेको जानकारी दिएको हो । यससँगै नेपालमा कोरोना जित्नेको संख्या १ लाख ५५ हजार ११४ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा मुलुकभर २७ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै कोरोना संक्रमितको १ लाख ९१ हजार ६ सय

चितवन राष्ट्रिय निकुञ्जमा साउनयता शिकारीले मारे चार गैँडा

चितवन राष्ट्रिय निकुञ्जमा साउनयता शिकारीले मारेका चार गैँडा फेला परेका छन् । यस अवधिमा मरेका १२ मध्ये चार शिकारीका कारण हो । आठ गैँडा प्राकृतिक कारणबाट मरेका हुन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अधिकांश गैँडा निकुञ्जको पश्चिम क्षेत्रमा मरेका छन् । दुई महिनाअघि निकुञ्जको पश्चिममा पर्ने लौखानीनजिक बाँदरझुला टापुमा एउटा गैँडा मृतावस्थामा फेला परेको थियो । टाउकामा गोली लागेको गैँडाको खाग, खुर भने सुरक्षित रहेको थियो । हालै मात्र

अमेरिकी राष्ट्रपति निर्वाचनमा बाइडेन निर्वाचित हुने संभावना बलियो

एजेन्सी : अमेरिकामा राष्ट्रपति चयनका लागि भएको निर्वाचनबाट पूर्व उपराष्ट्रपति जो बाइडेन निर्वाचित हुने संभावना बलियो हुदै गएको छ । देशका कुल ५० राज्य मध्ये मत गणना सम्पन्न भएका ४४ राज्यमा बाइडेन विजयी हुनु भएको छ भने अहिले मतगणना भइरहेका चार राज्यमा पनि उहाँको फराकिलो अग्रता रहेको छ । सवैभन्दा धेरै इलोक्टोरल मत रहेको र लामो समयसम्म ट्रम्पले अग्रता लिइरहेको पेन्सिल्भानियामा पनि बाइडनले ट्रम्पलाई पछाडि पार्नु भएको छ । अहिले

फ्रान्समा एकैदिनमा ६० हजार कोरोना संक्रमित फेला

पेरिस – फ्रान्समा एकै दिनमा ६० हजार जनाभन्दा बढी व्यक्ति कोरोना सङ्क्रमित भएका बताइएको छ । फ्रान्सको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टा यता मात्र कम्तीमा पनि ६० हजार ४८४ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो । फ्रान्सको स्वास्थ्य मन्त्रालयले यो संख्या यहाँ कोभिड १९ को महामारी शुरु भएपछिको २४ घन्टामा देखिएको सबैभन्दा ठूलो सङ्क्रमित संख्या भएको बताएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले फ्रान्समा र अझ बढी पेरिसमा

लामो समयपछि एकसाथ अभिनय गर्दै सलमान र शाहरुख

काठमाडौं – बलिउडका चर्चित अभिनेता शाहरुख खान र सलमान खान एउटै फिल्ममा देखिने भएका छन् ।  ् ‘कुछ कुछ होता हे’, ‘ओम शान्ति ओम’ लगायतका केही फिल्ममा सगै देखिएका यी दुई अभिनेतालाई फेरि एकसाथ फिल्ममा देख्न पाइने भएको छ । दुई खानलाई एक साथ देख्ने इच्छा कैयौँ दर्शकहरुको छ । पछिल्लो समय शाहरुखका फिल्महरु फ्लप भइरहेको समयमा सलमानसँग एउटै फिल्मा काम गर्ने निश्चित भएको भारतिय मिडियामा बताइएको छ । फिल्म

प्रधानमन्त्री ओलीद्वारा न्युजिल्याण्डकी प्रधानमन्त्री आर्डेनलाई बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले न्युजिल्याण्डका प्रधानमन्त्रीमा ज्याकिण्डा आर्डेन पुनः निर्वाचित हुनुभएकामा हार्दिक बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री आर्डेनलाई आज बधाई सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले उनको कार्यकालको सफलताको कामना गरेका छन् । सन्देशमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री आर्डेनको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैबीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले न्युजिल्याण्डका विदेशमन्त्रीमा नानया महुता नियुक्त हुनुभएकामा बधाई ज्ञापन गरेका छन् । मन्त्री