अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’ युट्युबमा सार्वजनिक, हेर्नुहोस् पुरा फिल्म
काठमाडौं – अभिनेत्री तथा निर्देशक झरना थापाको निर्देशनमा बनेको चलचित्र ‘ए मेरो हजुर ३’ युट्युबमा सार्वजनिक गरिएको छ । अभिनेता अनमोल केसी र झरना थापाकी छोरी सुहाना थापाको मूख्य अभिनय रहेको यस फिल्म बिहिबार युट्युबमा सार्वजनिक गरिएको हो । डेढ बर्ष अघि हलमा रिलिज भएको यस फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । फिल्ममा अनमोल एक गायकको भूमिकामा देखिएका छन् । हलमा पनि यस फिल्मलाई निकै रुचाइएको थियो ।