प्रदेश पाँचमा विहीबार अहिलेसम्मकै धेरै संक्रमित फेला
बुटवल २९, असोज । प्रदेश पाँचमा विहीबार अहिलेसम्मकै धेरै संक्रमित फेला परेका छन् । सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशको कोभिड १९ सम्वन्धी मिडिया व्रिफिङमा मन्त्रालयका सूचना अधिकारी डा पुष्पराज पौडेलले ३ सय ८८ जनामा भाइरस संक्रमण देखिएको जानकारी दिनुभयोे । विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ठूलो संख्यामा संक्रमित फेला परेको भन्दै थप सजगता अपनाउन उहाँले सबैलाई आग्रह समेत गर्नुभएको छ । विहीबार रुपन्देहिमा १ सय २९, प्यूठानमा ५२, दाङमा ४५,