शरणार्थी प्रकरणमा ओलीका स्वकीय सचिवदेखि आईजीपीसम्म मुछिए
काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतमा अभियोजन दर्ता गर्ने तयारी गरेको छ । त्यसका लागि गठित आठ सदस्यीय समितिले सोमबार प्रहरीले बुझाएको रायसहितको प्रतिवेदन अध्ययन गरी अभियोजनपत्र तयार गरिरहेको कार्यालयका प्रमुख सहन्यायाधीवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए । सरकारी वकिलको कार्यालयले अभियोजन दर्ता गर्ने अन्तिम तयारी गरिरहँदा यस प्रकरणमा जोडिएर नयाँ नामहरु बाहिर आएका छन् । पक्राउ परेका १६ मध्ये केहि आरोपाीले बयानका क्रममा अन्य