समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा प्रहरीले शुक्रबार थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रहरीको फरार सूचीमा रहेकी लक्ष्मी महर्जन रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार महर्जनको खातामा ठगी गरेको रकम जम्मा गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सन्देश शर्माले लक्ष्मीको खाता नम्बर पठाएअनुसार गजेन्द्र बुढाथोकीले लाखौँ रुपैयाँ जम्मा गरेको अनुसन्धानबाट खुलेको छ

लुम्बिनीको प्रदेश सभा बैठक बस्दै

बुटवल। आज लुम्बिनीको प्रदेश सभा बैठक बस्दैछ । प्रदेश प्रमुख अमिक शेरचनका अनुसार बैठक आब्हानका लागि गत ९ जेठमा सिफारिस भएर आएको भन्दै जेठ १२ गते १३:०० बजेका लागि बैठक आब्हान गरिएको हो । प्रदेश प्रमुखका कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्वासेका अनुसार सो बैठक दाङ, देउखुरीमा बस्नेछ । यसअघिको प्रदेशसभा बैठक गत बैशाख २९ गते अन्त्य भएको थियो ।

‘पत्रकार’ भण्डारीको मोबाइलले आइजिपीलाई अर्को तनाव

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले नागरिकबाट प्रशंसा कमाइरहेका बेला संगठनको नेतृत्वकर्ता प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर भने यतीबेला तनावमा छन् । विगतमा पक्राउ परेका अभियुक्तलाई छाडेको र अहिले पनि बालकृष्ण खाणलाई जोगाउने प्रयास गरेको आरोप उनीमाथि छ । यो विषयमा उनीमाथि पनि छानबिनको माग उठिरहेको छ । यद्यपी उनले यसको खण्डन गरेका छन् । कुँवर यहीबेला अर्को तनावमा पनि छन् । कुँवर निकट मानिने आफुलाई पत्रकार भनेर चिनाउने मदनबाबु भण्डारी

विराटनगरमा ३५ किलो चाँदीसहित तीन जना पक्राउ

विराटनगर । सुन चाँदीका गहना चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । विराटनगर क्षेत्रमा श्रुँखलाबद्ध चोरी कार्यमा संलग्न उनीहरुको साथबाट प्रहरीले ३५ किलो चाँदी बरामद गरेको छ । पक्राउ पर्नेहरुमा मोरङको विराटनगर महानगरपालिका–१२ वस्ने वर्ष २१ को राजकुमार कामत, वर्ष १९ वर्षका विवेक कामत र वर्ष २२ को श्रीकान्त दास रहेका छन् । उनीहरुको साथबाट ३५ केजी चाँदी, ८ ग्राम सुन, भारतीय रुपैयाँ २ हजार पाँच

सरकार रेशम चौधरीलाई ‘आम माफी’ दिने तयारीमा

काठमाडौं । सरकारले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आम माफी दिने तयारी गरेको छ । त्यसका लागि गृह मन्त्रालयबाट निवेदन राष्ट्रपति कार्यालयमा पुगेको छ । २०७२ भदौं ७ टिकापुरमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा दोषी ठहर भइ जन्मकैदको सजाय पाएका पूर्वसांसदसमेत रहेका चौधरीको बाँकी सजाय माफी दिन लागिएको हो । उनलाई यही जेष्ठ १५ गते ‘गणतन्त्र दिवस’को अवसरमा राष्ट्रपतिमार्फत सजाय माफी गराउने

सातै प्रदेशमा मेघगर्जन र चट्याङसहित हावाहुरीको सम्भावना

काठमाडौं । सुदूरपश्चिम, कर्णाली र लुम्बिनीलगायत पहाडी भू–भागमा आज बिहान सामान्यदेखि पूर्णतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली  रहनेछ । कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशको थोरै स्थानमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको विभागको भनाइ

बिनु यादवले दुइ साता पछि तोडिन अनसन

काठमाडौं । माइतीघर मण्डलामा १५ दिन देखी अनसनरत बिनु यादवले आफनो अनसन तोडेकी छिन् । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भएको ५ बुदेँ सहमति पछि बिनु यादवले अनसन तोडेकी हुन् । गत बैशाख २७ गते देखी श्रीमान र काका ससुराले बलात्कारको प्रयास गरेको, अदालतले जर्बजस्ती सबन्ध बिच्छेद गराएकोजस्ता बिषयको न्याययिक निरुपण हुनु पर्ने भन्दै उनी अनसनरत थिइन् । तर, बुधबार साँझ भएको सहमति अनुसार उनका मागको सम्बन्धमा छानबिनको माग गर्दै

उपत्यकाका तीन जिल्लामा बिहीबार सार्वजनिक बिदा

काठमाडौं । बिहीबार उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा हुने भएको छ । रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

राष्ट्र र जनताको हितहुने गरि काम गर्ने वनमन्त्री महतोको प्रतिवद्धता

काठमाडौं । नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतोले राष्ट्र र जनताको हितहुने गरि काम गर्ने प्रतिवद्धता जनाएका छन् ।राष्ट्र र जनताको हितहुने गरि काम गर्ने वनमन्त्रीको प्रतिवद्धता बुधबार शितल निवासमा पद तथा गोपनियताको सपथ लिएपछि सिंहदरबार पुगेर पदभार ग्रहण गर्दै मन्त्री महतोले भ्रष्टचारमा शुन्य सहनशिलताका साथ देश र जनताको हितमा काम गर्ने प्रतिवद्धता जनाएका हुन् । उनले अहिलेको आर्थिक संकटमा नेपालको जडिबुटी लगाएतलाई प्रोत्साहन गरेर निर्यात गर्ने गर्दै विदेशी

मन्त्रीपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दैछ । नवनियुक्त मन्त्रीहरुको पद तथा गोपनियताका सपथ ग्रहण अघि मन्त्रीपरिषद् बैठक बोलाईएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहान ८ः३० बजेका लागि मन्त्रीपरिषद बैठक बोलाएका हुन् । प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार बैठकमा नियमित कार्यसूचीमाथि छलफल हुनेछ ।  नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्र प्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमीला कुमारी यादवको पद तथा गोपनियताको सपथ ग्रहण १० बजे हुनेछ ।