एमालेमा सबै नेताको जिम्मेवारी हेरफेर
काठमाडौं । नेकपा एमालेले केन्द्रीय नेताहरूको जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ । अध्यक्षबाहेक उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यहरूको जिम्मेवारी हेरफेर गरेको हो । शुक्रबार बसेको केन्द्रिय समिति बैठकले नेताहरुको हेरफेर गर्ने निर्णय गर्दै जिम्मेवारी तोकेको हो । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले दिएको जानकारीअनुसार वरिष्ठ उपाध्यक्षसहित ७ जना उपाध्यक्षलाई पार्टीका ३२ वटा विभागको संयोजकको जिम्मा दिइएको छ । बैठकले उपाध्यक्षहरुलाई विभागहरुको संयोजन गर्ने जिम्मेवारी दिएको उपमहासचिव ज्ञवालीले जानकारी दिए । उनका