कर्मचारी हटाएको चार महिना नपुग्दै फेसबुकले १० हजार कर्मचारी कटौती गर्दै
काठमाडौं । फेसबुकको अभिभावक कम्पनी मेटाले १० हजार कर्मचारी कटौती गर्ने तयारी गरेको छ । बीबीसीका अनुसार ११ हजार कर्मचारी हटाएको चार महिना नपुग्दै मेटाले पुनः १० हजार कर्मचारी कटौती गर्न लागेको हो । मेटाका संस्थापक मार्क जुकरबर्गले सन् २०२२ मा कम्पनीको राजस्वमा भारी गिरावट आएकाले भारी संख्यामा कर्मचारी कटौती गर्नुपरेको बताएका छन । अमेरिकामा बढेको ब्याजदर, अस्थिरता र नियामक कानुनमा भएको वृद्धिले आम्दानीमा गिरावट आएको उनको भनाइ छ ।