समाचार

सवारी चालक अनुमतिपत्र अनलाइन फारम पुष १४ बाट खुल्ने

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि बन्द रहेको ड्राइभिङ लाइसेन्स लिनेहरुका लागि सवारी चालक अनुमतिपत्रको अनलाइन फारम पुष १४ गते मगंलवारबाट खुला हुने भएको छ । शुक्रबार यातायात व्यवस्था विभागले एक विज्ञप्ती जारी गर्दै गत चैतदेखि बन्द भएको सवारी चालक अनुमतिपत्रको अनलाइन फारम खुला हुन लागेको जनाएको हो ।  

बर्दियाली युवा नेतृ विमला राज्यमन्त्रीमा नियुक्त

काठमाडौं ।   प्रधानमन्त्री केपी शर्मा ओलीले ८ मन्त्री र एक राज्यमन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका छन् । साथै, केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार आफ्नो समूहका नेताहरुलाई मन्त्री बनाएर मन्त्रिपरिषद विस्तार गरेका छन् ।   मन्त्री हुनेहरुमा टोपवहादुर रायमाझी उर्जा, मणि थापा खानेपानी, प्रभु साह सहरी विकास, गौरिशंकर चौधरी श्रम, दावा लामा खेलकुद, प्रेमवहादुर आले वन, गणेश ठगुन्ना संघीय मामिला तथा सामान्य प्रशासन र जुलीकुमारी

ओलीले गरे मन्त्रीपरिषद विस्तार, ८ मन्त्री र १ राज्यमन्त्री थपिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ८ मन्त्री र एक राज्यउमन्त्री नियुक्त गरेका छन् । एक मन्त्री र एक राज्यमन्त्रीलाई उनले बर्खास्त गरेका छन् । शुक्रबार टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, प्रेमबहादुर आले, गणेश ठगुन्ना, गौरीशंकर चौधरी दावा लामा र जुलीकुमारी महतोले मन्त्री पदको सपथ लिएका छन् भने विमला विश्वकर्माले राज्यमन्त्रीको सपथ लिएकी छन् ।

प्रचण्ड- माधव नेपाल पक्षले निर्वाचन आयोगमा बुझाए दुई सय ९७ केन्द्रीय सदस्यको हस्ताक्षर

काठमाडौं । प्रचण्ड र माधव नेपाल पक्षले निर्वाचन आयोग पुगेर नेपाल कम्युनिष्ट पार्टीको आधिकरीकता दाबी गरेका छन् । दुई सय ९७ केन्द्रीय सदस्यको हस्ताक्षर बुझाउँदै उनीहरुले आधिकरीता दाबी गरेका हुन् । यससम्बन्धि हस्ताक्षर बुझाउन प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनालसहितका नेता निर्वाचन आयोग पुगेका थिए । नेकपाका ४ सय ४१ मध्ये बहुमत अर्थात् २ सय ९७ केन्द्रीय सदस्य आफुहरुसँग भएकाले नेकपा पार्टी र चुनाव चिन्ह आफ्नो हुनुपर्ने दाबी गरेका हुन्

प्रतिनिधिसभा बिघटनविरुद्धको रिटमा आजबाट सुनुवाई सुरु

काठमाडौं । प्रतिनिधिसभा बिघटनविरुद्धको रिटमा आजदेखि सुनुवाई सुरु भएको छ । संवैधानिक इलजाशामा १३ वटा रिटको सुनुवाई सुरु भएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमेशर राणाको अध्यक्षतामा हुने इजलाशमा बरिष्ठ न्यायाधीशलाई नै राखिएको छैन । इजलासमा हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजहादुर केसीलाई राखिएको छ । बरिष्ठ न्यायाधीशहरु दीपक कार्की र मिरा खड्कालाई इजलाशमा समाबेश गरिएको छैन । आजदेखि सुनुवाई भएपनि आदेश आउन भने केही हप्ता लाग्ने कानूनविद्हरु बताउँछन् ।

ओलीको कदम विरुद्ध प्रचण्ड- माधप पक्षका नेताहरु सडकमा ओर्लिए

काठमाडौं । संसद बिघटनविरुद्ध प्रचण्ड–माधव नेपाल पक्ष नेकपा सडकमा उत्रिएको छ । प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल लगायतका नेता शुक्रबार बिहानै माइतीघरमा विरोध प्रदर्शनमा उत्रिएका छन् । ओलीको असंवैधानिक कदम फिर्ता लिन माग गर्दै प्रदर्शन भएको हो । सो समुहले देशव्यापी रुपमा सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस र समाजवादी दलले पनि आन्दोलन गर्ने निर्णय गरेको छ । दृष्टिन्युज

काङ्ग्रेसले पुष १३ मा देशभर प्रदर्शन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले मंसिर १३ गते संसद विघटनविरुद्ध देशैभर आन्दोलन गर्ने निर्णय गरेको छ ।   बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले आन्दोलन गर्ने निर्णय गरेको नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिएका छन् ।   प्रधानमन्त्रीको संसद विघटन गर्ने कदम असंवैधानिक एवंम अलोकतान्त्रिक भएको निष्कर्षसहित कांग्रेसले यहीँ पुस १३ गते देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको हो ।

नक्कली परीक्षार्थी बनेर इपिएस परीक्षा पास गराउने व्यक्ति पक्राउ 

काठमाडौं । नक्कली परीक्षार्थी बनेर इपिएस परीक्षा पास गराउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।   कोरिया रोजगारीमा जान रोजगार अनुमति प्रणाली (ईपिएस) परीक्षा दिने परीक्षार्थीहरुसँग रकम लिई परीक्षा दिने नक्कली परीक्षार्थी रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका वडा नम्बर ८ स्थायी घर भई हाल काभ्रे पनौती नयाँ बस्तीमा बस्दै आएका रोजबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो।   निज तामाङसमेतले परीक्षामा सामेल हुने परीक्षार्थीहरुलाई प्रलोभनमा पारी प्रतिव्यक्ति ५ लाख रुपैयाँसम्म लिई आफैँ नक्कली

अमेरिकामा धर्मेन्द्रलाई लाइफटाइम अवार्डवाट सम्मान

मुम्बई । बलिउडका हि-म्यान उपमा पाएका दिग्गज कलाकार धर्मेन्द्रलाई अमेरिकाले सम्मान गरेको छ । अमेरिकाको न्युजर्सीका सिनेट र जनरल एसेम्बलीले उनलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गर्ने निर्णय लिएको हो ।   हिन्दी चलचित्रमा प्रदान गरिएको अतुलनीय योगदानका लागि उनलाई यो अवार्ड प्रदान गरिएको हो । अभिनेता धर्मेन्द्रले अभिनयको ६ दशकको करियरमा ३०० भन्दा पनि बढी चलचित्रमा काम गरेका छन् ।   यस अवार्डबाट सम्मानित भएकामा खुसी व्यक्त गर्दै उनी भन्छन्,

मुकुन्दको ‘लप्पन छप्पन २' महाशिवरात्रीमा आउदै

काठमाडौं । शिवरात्रीको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लप्पन छप्पन २’ को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ ।मुकुन्द भट्टको निर्माण र निर्देशन रहेको चलचित्र आगामी फागुन २७ गते प्रदर्शन हुने निर्माण पक्षले बताएको छ । खिलेन्द्रराज तिमिलसेनाको प्रस्तुती रहेको चलचित्रमा सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय हेर्न सकिन्छ ।   पुरुषोत्तम प्रधानको खिचेको चलचित्रमा शम्भुजित बास्कोटा, दीपक