समाचार

जोर विजोर प्रणाली उल्लंघन गर्नेलाई कारवाही

उज्वल गिरी- नेपालगन्ज ३२, साउन । बाँकेमा जोर विजोर प्रणाली उल्लंघन गर्नेलाई कार्वाही गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार विजोर गते जोर नम्बरका सवारी साधन चलाउने २ सय १ सवारीलाई कारवाही गरेर जरिवाना तिराइएको छ । कार्वाहीबाट ६६ हजार जरिवाना गरिएको प्रजिअ कुरुम्बाङले जानकारी दिनुभयो । जिल्लामा शनिवारदेखि सवारी साधनमा जोर विजोर प्रणाली लागू गरिएको छ । कोरोना संक्रमणको जोखिम बढेपछि १३ दिनसम्म निषेधाज्ञा जारी गरिएको बाँकेमा

चितवनमा डाक्टर र नर्ससहित २७ जनामा कोरोना पुष्टि

चितवन ३२, साउन। चितवनमा डाक्टर र नर्ससहित एकैदिन २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा शनिबार राति अवेरसम्म गरिएको परीक्षणमा चितवनका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । साथै सर्लाहीका थप एक जना बिरामीमा पनि संक्रमण पाइएको छ । संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २१ जना छन् । भरतपुर अस्पताल, भरतपुर सेन्ट्रल अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन

नेपालगन्ज उपमहानगर, आन्तरिक र यातायात कार्यालय आजदेखि खुल्ने

नेपालगन्ज ३२, साउन कर्मचारीमा कोरोना संक्रमण भएपछि दुई सातादेखि बन्द रहेका नेपालगन्ज उपमहानगरपालिका, आन्तरिक राजस्व कार्यालय र यातायात व्यवस्था कार्यालय आज आइतवारदेखि खुल्ने भएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरि उपमहानगरपालिकाबाट प्रदान गरिने सेवा आजदेखि नियमित हुने जानकारी दिनुभयो । उपमहानगरपालिकासँगै सबै २३ वटै वडा कार्यालय पनि आजदेखि खुल्ने छन् । नेपालगञ्ज उपमहानगरपालिकामा कोरोना विरुद्ध उच्च सावधानी अपनाउँदै मुख्य प्रवेशद्धारमा हेल्थ डेस्क

नेपालगन्जका मेयर राणा आइसोलेसनमा

नेपालगन्ज ३१, साउन । नेपालगन्जका मेयर धवलशमशेर राणाले आइसोलेसन अस्पताल र सेन्टरमा बसेका कोरोना संक्रमितहरुको अवस्थाबारे जानकारी लिनुभएको छ । नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दसहितको स्वास्थ्यकर्मीको टोली लिएर मेयर राणा झन्डै आधादर्जन आइसोलेसन सेन्टर पुगेर त्यहाँका संक्रमितहरुको अवस्थाबारे आफै जानकारी लिनुभएको हो । खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन, नेपालगन्ज आर्दशनगर, सिटी प्यालेस र गनापुरको खुला कारागार पुगेर संक्रमितको स्वास्थ्य अवस्था, उपचार प्रक्रिया, खानपिनको व्यवस्थापनबारे जानकारी लिनुभएको

सुदूरपश्‍चिममा कोरोना संक्रमित संख्या ५ हजार नजिक

धनगढी ३१, साउन । सुदूरपश्‍चिममा कोरोना संक्रमित संख्या ५ हजार नजिक पुगेको छ । पछिल्लो पटक १० जना संक्रमित थपिए सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार ९७९ पुगेको हो। सबैभन्दा बढी कैलालीमा एक हजार दुई सय ८९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । डोटीमा सात सय ९५, अछाममा सात सय ३७, बाजुरामा ६ सय २३ र कञ्चनपुरमा ५ सय ८० जनामा संक्रमण पुष्टि भएको छ

देशभर बदली, चट्याङ्गसहित वर्षा हुने, केही स्थानमा ठूलो पानी पर्ने

काठमाडौं ३१, साउन । देशभरको मौसम शनिबार सामान्यतया बदली भइ धेरै स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा पश्चिममा नेपाल नजिक दक्षिण तर्फ अवस्थित रहेकाले मौसम बदली तथा वर्षा भएको हो । हाल देशभर समान्यतया बदली रही बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको मौसमविदले बताएका छन् । शनिबार दिउँसो देशभर सामान्यतया बदली रही धेरै

कालिकोटमा पहिरो: ६ जनाको मृत्यु

कालिकोट ३०, साउन । कालिकोटको महाबै गाउँपालिका वडा नम्बर ३ नकु भन्ने स्थानमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ । गएराति आएको पहिरोले वडा सद रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको मृत्यु भएको हो । पहिरोमा घर पुरिँदा वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिल बहादुर विष्टका दुई छोरी गरी छ जनाको मृत्यु भएको कर्णाली प्रदेशका मुख्यमन्त्रीका स्वकीय सचिव खेम सिंहले जानकारी दिए। स्वकीय सचिव

६ घण्टादेखि लगातार भारी वर्षाः उच्च सतर्कता अपनाउन विभागको आग्रह

बर्दिया ३० साउन । देशका कतिपय स्थानमा पछिल्लो ६ घण्टादेखि लगातार वर्षा भइरहेको र यो क्रम अझै जारी रहेकोले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । बर्दिया, कैलाली, कञ्चनपुर लगायतका जिल्लाका केही क्षेत्रमा पछिल्लो ६ घण्टा भारी वर्षा भएको र थप वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । लगातार वर्षा भइरहेकोले कान्द्रा, मोहना, खुटिया, सुहेली, चौधरा र अन्य साना खोलाहरुमा आकश्मिक बाढी आउनसक्ने र होचा

हेलिकप्टर चार्टर गरेर काठमाडौँ पुगेका मेयरमा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज ३०, साउन । हेलिकप्टर चार्टर गरेर उपचारको लागि काठमाडौँ पुगेका पर्साको पर्सागढी नगरपालिकाका मेयरमा कोरोना संक्रमण पुष्टि भएको छ। पर्सागढी नगरपालिकाका मेयर लोक नारायण यादवमा कोरोना संक्रमण पुष्टि भएको हो। मेयर यादवले आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी फेसबुकमार्फत गराएका छन् । अहिले काठमाडौंको ह्याम्स अस्पतालमा उपचाररत रहेका उनले सोमबार गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको उल्लेख गरेका छन्।उनले आफनो स्वास्थ्य अवस्था अहिले सुदृढ रहेको तथा क्रमिक रुपमा भइरहेको

कोशी अस्पतालमा अर्का कोरोना संक्रमितको पनि मृत्यु

विराटनगर ३०, साउन । कोशी अस्पताल विराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । गम्भिर अवस्थामा अस्पतालमा भर्ना भएका सिराह विष्णुपुर गाउँपालिका– १ घर भएका ४० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले जानकारी दिनुभयो । उनको गएराती मृत्यु भएको हो । बिहीबार कोशी अस्पताल भर्ना भएका उनमा श्वासप्रश्वास र निमोनियाको समस्या थियो । उनको शरीरमा रगतको कमी पनि देखिएको डाक्टर दासले बताउनुभयो । योसँगै मोरङमा