देशभर कोरोनाविरुद्धको खोप पठाइदै, पहिलो चरणमा ५० हजारलाई लगाउने
काठमाडौं । देशभर पहिलो चरणमा कोरोनाविरुद्धको खोप लगाउन चाहनेको संख्या ५० हजार पुगेको छ । त्यसका लागि विद्युतीय प्रणालीबाट विवरण संकलन भइरहेको स्वास्थ्य मन्त्रालयको सूचना व्यवस्थापन इकाइले जनाएको छ । हिजोसम्म ५० हजारको विवरण संकलन भएको र हरेक घण्टामा तीन हजारभन्दा धेरैको नाम दर्ता भइरहेको सूचना व्यवस्थापन एकाइका प्रमुख राजेन्द्र पौडेलले जानकारी दिनुभयो । आज साँझसम्ममा पूर्ण विवरण आइसक्ने एकाइको अनुमान छ । विवरण आएसँगै आजैदेखि जिल्ला जिल्लामा खोपको मात्रा