नेपालको नयाँ नक्सा अंकित २ रुपैयाँको सिक्का छाप्ने सरकारको तयारी
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालको नयाँ नक्सा अंकित २ रुपैयाँको सिक्का छाप्न बोलपत्र आह्वान गरेको छ। बैंकले १० लाख थान २ रुपैयाँको सिक्का छाप्नका लागि बोलपत्र आह्वान गरेको हो। बैंकले डिजाइनिङ, मिन्टिङ, सप्लाई र डेलिभरीसमेत गर्नु पर्ने गरी प्रस्ताव माग गरेको हो। योग्य आवेदकले माघ २७ गतेसम्ममा आवेदन दिन सक्ने जानकारी राष्ट्र बैंकले गराएको छ। राष्ट्र बैंकले अधिकतम ९० लाख रुपैयाँको सीमा नकट्ने गरी बोलपत्र आह्वान गरेको हो।