श्रीमतीको हत्या अभियोगमा फरार रहेका जीवन पक्राउ
काभ्रे । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा नुवाकोट ओखरपौवा–१ घर भई बारा निजगढ नगरपालिका–२ बस्ने ५३ वर्षीय जीवन नेपालीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ। काभ्रेपलान्चोक बेथानचोक गाउँपालिका–१ हात्तीडुंगास्थित खोलाको छेउमा जीवनकी श्रीमती ४३ वर्षीया सीता नेपालीको शव पुस ९ गते फेला परेको थियो। जीवन र सीता पनौती बेथानचोक क्षेत्रमा घर बनाउने मिस्त्रीको काम गर्थे। उनीहरूबीच आर्थिक कारोबार सम्बन्धमा विवाद हुने गरेको थियो। गत मंसिर २३ गते पनौतीबाट बेथानचोक