राजनीति

नयाँ सरकार बनाउन दलहरुसंग छलफल गर्दै प्रचण्ड

काठमाडौं । प्रतिनिधिसभाको चालु अधिवेशनबाटै नयाँ सरकार बनाउने तयारी साथ दलहरुबीच छलफल सुरु भएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारलाई विस्थापन गरी नयाँ बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससहित जनता समाजवादी पार्टी (जसपा) का नेताहरुसँग छलफल गरे । ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने विषयमा छलफल केन्द्रित थियो । प्रतिनिधिसभा पुनःस्थापना भएदेखि नै ओली नेतृत्वको सरकार हटाउने खेल

मोहन्याल गाउँपालिका अध्यक्ष रावलको निधन

कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको आज निधन भएको छ । काठमाडौंको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार गराइरहेका रावलको आज (मंगलवार) बिहान निधन भएको गाउँपालिकाको वडा नम्बर २ का वडाध्यक्ष देवीदत्त उपाध्यायले बताएका छन् । कोहलपुर मेडिकल कलेजमा उपचाररत रावललाई थप उपचारका लागि काठमाडौं लगिएको थियो । काठमाडौंमा उपचारका क्रममा निधन भएको उपाध्यायले जानकारी दिए । उच्च रक्तचापबाट पीडित रावललाई एक्कासी ब्रेन ह्याम्ब्रेज भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको

बागमती सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।   वागमती प्रदेशको माओवादी संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रदेश सभामा विपक्षमा बस्ने निर्णय गरेको हो ।   माओवादी केन्द्रको संसदीय दलका नेता शालिक राम जम्मर कट्टेलले प्रदेशमा एमाले नेतृत्वको सरकार विरुद्ध अविश्वास प्रस्ताव पेश नगर्ने तर अन्य दलसँगै विपक्षीका रूपमा खडा हुने जानकारी दिए ।   एमालेले

माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्दै, सरकारलाई दिएको समर्थनबारे छलफल हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रको आज (मंगलबार) स्थायी समितिको बैठक बस्दैछ । माओवादी केन्द्रले आज बिहान आठ बजे बस्ने गरी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाएको हो ।   सरकारलाई दिएको समर्थन फिर्ता, नयाँ सरकार गठनका सन्दर्भमा गठबन्धनको विषयमा समेत मंगलबार बस्ने बैठकमा छलफल हुने बुझिएको छ ।   माओवादी केन्द्रले पछिल्लो समय बसेको स्थायी कमिटीको बैठकले गरेका निर्णय र त्यसका कार्यान्वयनका विषयमा समेत छलफल हुने पेरिसडाँडानिकट एक नेताले जानकारी दिए ।

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।   प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन’ र ‘महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन’ प्रस्तुत गर्ने सम्भावित कार्यक्रम रहेको छ ।   उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले ‘उद्योग तथा वाणिज्य

कांग्रेस नयाँ सरकार गठनभन्दा पार्टी महाधिवेशनमा केन्द्रित हुदै

काठमाडौं । नेपाली कांग्रेसले नयाँ सरकार गठनभन्दा पार्टी महाधिवेशन केन्द्रित छलफल चलाएको छ । ललितपुर सानेपास्थित केन्द्रीय कार्यालयमा कांग्रेसले सोमबार पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीलाई बोलाएको बैठकमा नयाँ सरकार गठन विषयमा सामान्य छलफल मात्रै भएको हो । पछिल्ला गतिविधि र धारणा हेर्दा कांग्रेसमा तत्काल नयाँ सरकार गठनमा खासै रुचि देखिएको छैन । उसको मुख्य ध्यान महाधिवेशनमै केन्द्रित छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकमा ‘मुलुकलाई जटिल राजनीतिक अवस्थाबाट निकास दिनुपर्छ’

राष्ट्रपति भण्डारी राजकीय भ्रमणका लागी बंगलादेश जादै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान बंगलादेश जाने भएकी छन्। बङ्गलादेशको चैत ९ र १० गते राजकीय भ्रमणका लागि राष्ट्रपति जान लागेकी हुन्। बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहकाक अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार बिहान त्यसतर्फ जान लागेकी हुन् । राष्ट्रपति भण्डारी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार बिहान ८ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)

माधव नेपालसहित पाँच नेतालाई स्पष्टीकरण सोध्ने एमाले केन्द्रीय कमिटीको निर्णय

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठकले नेता माधवकुमार नेपालसहित पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शनिबार बालुवाटारमा बसेको बैठकले पार्टी हितविरुद्ध काम गरेको, नेतृत्व र पार्टीलाइ खुइलाउन र सरकारको बदनाम गराउ गुटगत भेला गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधिएको हो । बैठकले संघीय तथा प्रदेशसभाका समानुपातिक सांसदहरुको

गुटबन्दी गर्नेलाई स्पष्टीकरण सोध्ने एमाले संसदीय बोर्डको निर्णय

काठमाडौं । नेकपा एमालेको संसदीय बोर्डले पार्टीमा गुटबन्दी गर्नेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शबिनार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बोर्डको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । ५ चैतमा बोर्ड गठन भएको थियो । बोर्डमा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाललाई पनि राखिएको छ । बोर्ड गठन भएपछि शनिबार पहिलोपटक बसेको हो । बैठकले गुटगत गतिविधिमा संलग्नलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।    

माधव समूहका सांसद पोखरेल ओली पक्षमा सहभागी

काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार समूहका सांसद कृष्णभक्त पोखरेल अध्यक्ष केपी शर्मा ओली पक्षमा छन् । एमालेका अध्यक्ष तथा दलका नेता समेत रहेका ओलीले शनिबार बोलाएको बैठकमा सहभागी भएका उनी ओली पक्षमा लागेका हुन् । सांसद पोखरेलले अब प्रधानमन्त्री ओलीलाई साथ दिने प्रतिबद्धता जनाउँदै भने, ‘छुट्टै दलको बैठक या संसदीय दलको बैठक बस्नुपर्ने कुरा सकियो । अब मूलधारको एमालेमा लागेँ, गल्ती भए माफी पाउँ ।’ उनले नेता नेपालले पार्टी