राजनीति

स्थानीय तहको हिउँदे अधिवेशन शुरु

बझाङ । जिल्लाका स्थानीय तहले हिउँदे अधिवेशन शुरुआत गरेका छन् । अधिवेशनमा पालिकाहरुले आर्थिक वर्ष २०७७/०७८ मा विनियोजित योजना कार्यक्रमको प्रगति साथै समस्या चुनौतीका बारेमा समीक्षा गर्नेछन् । दुर्गाथली गाउँपालिकाले सरोकारवालाको सहभागितामा अधिवेशन गरेको छ । अध्यक्ष प्रयागराज जोशीले अघिल्ला वर्ष जस्तै यसपाली पनि अधिवेशन शुरु गरेको जानकारी दिनुभयो । विकासका अवस्था, बजेटको खर्च विवरण, कार्यक्रमको उपलब्धि, गुनासा काम गर्दाका समस्याका बारेमा छलफल हुने उहाँले बताउनुभयो । यसका साथै ऐन

महाधिवेशनको मिति तोक्न कांग्रेस केन्द्रीय समितिको बैठक सानेपामा बस्दै

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनको मिति तोक्न केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसो समितिको बैठक बोलाइएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक बोलाएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बोलाएको आफू पक्षीय जिल्ला सभापतिको भेला स्थगित गरेका छन्। फागुन ७ देखि तोकिएको १४ औं महाधिवेशन समयमा हुन नसके पनि नयाँ मिति घोषणा गरिएको थिएन। भदौभित्र महाधिवेशन गर्नै पर्ने

नेपाली कांग्रेसले आज देशव्यापी विरोध प्रदर्शन गर्दै

काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध आज देशव्यापी विरोध प्रदर्शन गर्दैछ। जिल्ला कार्यसमितिले ७७ वटै जिल्लामा सोमबार विरोध प्रदर्शन गरिने कांग्रेसले जनाएको छ। त्यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाले आजको प्रदर्शनमा सहभागी हुन आफ्ना नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्। संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको कांग्रेसले चरणबद्ध विरोध प्रर्दशन गर्दै आएको छ। यसअघि पुस १३, पुस २५, माघ ३, माघ ८, माघ १९ र माघ २४ मा विरोध प्रदर्शन

नेकपा ओली समूहले आज बुटवलमा आमसभा गर्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले आज बुटवलमा आमसभा गर्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शक्ति प्रदर्शनसहितको उक्त सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । दिउँसो १२ बजेपछि बुटवल–७ स्थित सिद्धेश्वर माविको प्रांगणमा हुने सभामा २ लाख जनता उतार्ने ओली समूहको दाबी छ । ओली समूहका प्रदेश कमिटी इञ्चार्ज समेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले आमसभाका सबै तयारी पूरा भएको जानकारी दिएका छन् । उनले भने, ‘हजारौं मानिसहरु आमसभाका

नेकपा नेतृ रामकुमारी झाँक्री रिहा

काठमाडौं । बिहीबार दिउँसो १ बजे  प्रहरीले नेकपा प्रचण्ड माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई रिहा गरेको छ । उनलाई प्रहरीले साँझ रिहा गरेको हो । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले रामकुमारीलाई उनका श्रीमानको जिम्मामा रिहा गरिएको बताए ।उनलाई झण्डै पाँच घण्टा प्रहरीले हिरासतमा राखेको थियो ।

शिक्षाबाट कोही बन्चित हुनु हुदैन: मन्त्री विक

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका-३ स्थित श्री हिमाल आधारभूत बिद्यालय मिर्चैयाको ३ कोठे नयाँ भबनको उदघाटन गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विकले एक कार्यक्रमकाबीच उक्त भबनको उदघाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रममा मन्त्री विकले समाज परिबर्तन र देश बिकासका लागी शिक्षा पहिलो आधार भएको बताउँदै शिक्षा क्षेत्र लाई राज्यले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । कोहि पनि बालबालिका अभाब र गरीबीका कारण बिधालयबाट टाढा र शिक्षाबाट

म्यानमारमाथि प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा

काठमाडौं । अमेरिकाले अब म्यानमारमाथि प्रतिबन्ध लगाउने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले म्यानमारमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । राष्ट्रपति बाइडेनले बुधबार म्यानमारमा सैनिक कूको योजना बनाउने, कू गर्ने सेनाका जनरल र उनीहरूका परिवारका सदस्यहरूलाई प्रतिबन्ध लगाउने गरी आदेशमा हस्ताक्षर गरेको हो ।   आदेशमा हस्ताक्षर गरेपछि अमेरिकीले पहिलो चरणमा एक साताभित्र कसलाई के—केमा प्रतिबन्ध लगाउने भन्ने निर्क्यौल गर्ने बाइडेनको भनाई छ । पहिलो चरणमा अमेरिकामा

लोकतन्त्रको पक्षमा निर्णय नभए आँधीहुरी आउने प्रचण्डको चेतावनी

काठमाडौं । नेकपा प्रचण्ड-माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा पुन:स्थापनाका पक्षमा अदालतले फैसला नगरे आँधीहुरी आउने बताएका छन्। उनले अप्रत्यक्ष रूपमा सर्वोच्च अदालतमाथि दबाब बढाउँदै ‘ग्रिन रिभुलुसन’ हुने बताए। उनले भने, ‘तपाईंहरू ढिलो नगरी संविधान र लोकतन्त्रका पक्षमा निर्णय दिनुहुनेछ। जनताको आकांक्षा विपरीत केही काम गरियो भने राम्रो हुँदैन। यो बिद्रोहमा परिणत भयो भने के हुन्छ?’ यदि लोकतन्त्र (प्रतिनिधि सभा पुन:स्थापना)को पक्षमा निर्णय नभए आँधीहुरी आउने उनको चेतावनी

नेकपाको प्रचण्ड - नेपाल पक्षले काठमाडौंमा आज प्रदर्शन गर्दै

काठमाडौं । नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षले आज काठमाडौंमा प्रदर्शन गर्दैछ। यसअघि यो पक्षले माघ ९ गते काठमाडौंमा आमसभा गरेर शक्ति प्रदर्शन गरेको थियो। राजधानीका विभिन्न पाँच स्थानबाट बिहान ११ बजे जुलुस सुरु हुने र सुन्धारामा १२ बजे जम्मा भई मूल जुलुसमा परिणत हुने बताइएको छ। त्यसपछि आमसभालाई सो पक्षका शीर्ष नेताले सम्बोधन गर्नेछन्। पुल्चोकबाट सुरु हुने जुलुसलाई कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त लगायतले नेतृत्व गर्नेछन्।

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव नियुक्त

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई सरकारले नियुक्ति गरेको छ। कायममुकायम कार्यकारी निर्देशक शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्ति दिने सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो । यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि कार्यकारी निर्देशक पद खाली रहेको थियो । लामो समयदेखिको लोडसेडिङ अन्त्य गराउन ठूलो योगदान गरेको भन्दै पुनः घिसिङलाई नै नियुक्ति गर्नुपर्ने भन्दै नागरिकले चर्को आवाज उठाइरहेका थिए। तर, सरकारले भने आम नागरिकको आवाजको बेवास्ता