विशेष समाचार

फेरीए तीन जिल्लाका सीडीओ

काठमाडौं । तीन जिल्लामा प्रमुख जिल्ला अधिकारीहरूको सरुवा तथा पदस्थापन भएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शुक्रबार तीन जिल्लाका प्रजिअहरुको सरुवा तथा पदस्थापन गर्ने निर्णय गरेका हुन् । जसमा बागलुङमा कार्यरत खगेन्द्रप्रसाद रिजाललाई जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा गरिएको छ । बागलुङको प्रजिअमा नेत्रप्रसाद सुवेदीलाई पठाइएको छ । पर्वतको प्रमुख जिल्ला अधिकारीमा सहसचिव केदारनाथ शर्मालाई पदस्थापन गरिएको छ ।

संसद्‌मा गृहमन्त्रीलाई बोल्न दिनुपर्छ : राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न पाउनुपर्ने बताएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा नेपाली कांग्रेसको आह्वानमा बसेको विपक्षी दलहरूको बैठकमा राप्रपाले संसदीय छानबिन समिति बन्नुपर्ने र गृहमन्त्रीले आफ्ना कुरा राख्न पाउनु पर्ने बताएको हो । बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले पार्टीका तर्फबाट गृहमन्त्रीलाई बोल्न दिनुपर्छ भन्ने माग राखेको बताए । यदी गृहमन्त्रीको भनाई सुनिसकेपछि चित्त नबुझ्दा त्यसको

मलामी बोकेको गाडी पल्टिँदा १४ जना घाइते,एकको अवस्था गम्भिर

दोलखा । दोलखामा मलामी बोकेका बोलेरो गाडी दुर्घटनामा परेको छ । जिल्लाको सत्येश्वर–सिम्टे सडकखण्ड अन्तर्गत मेलुङ गाउँपालिकाको भटमासेमा मलामी सवार बागमती प्रदेश ०१०२६ च ९८१३ नम्बरको बोलेरे गाडी दुर्घटना भएको हो । दुर्घटनामा परेर स्थानीय टकबहादुर कार्कीको मलामी गएर फर्किरहेका १४ जना गाउँले घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । उनलाई उपचारको लागि काठमाडौँ रेफर गरिएको दोलखाका प्रहरी निरीक्षक जीवन

फुटेको जसपाबाट प्रदीप, हसिना र रञ्जु मन्त्री बन्दै

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट तीन जना मन्त्री बन्ने भएका छन् ।  जनता समाजवादी पार्टीले प्रधानमन्त्री प्रचण्डसमक्ष नयाँ मन्त्रीमा ३ जनाको नाम सिफारिस गरेको छ । जसपाका महासचिव मोहम्मद इस्तियाक राईका अनुसार प्रदीप यादव, हसिना खान र रञ्जु झाको नाम बालुवाटारमा बुझाइएको हो । यादवलाई स्वास्थ्यमन्त्री, हसिनालाई स्वास्थ्य राज्यमन्त्री नियुक्तिको तयारी भएको स्रोतले बतायो । त्यस्तै रञ्जु झाको नाम पनि पठाइएको छ । रञ्जु झाको हकमा

ट्याक्टर दुर्घटना हुँदा दैलेखमा १ को मृत्यु, ६ जना घाइते

सुर्खेत । दैलेखको दुल्लुमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । बिजलुीको पोल बोकेको ट्रयाक्टर दुल्लु नगरपालिका –६ घडास्थित भित्री सडक खण्डमा आइतबार साँझ दुर्घटना हुँदा ५५ बर्षीय मानबहादुर रावलको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा अरु ६ जना घाइते भएका छन् । घाइते हुनेहरुमा दुल्लु –६ कै ५६ वर्षीय कमारो रावल, ४८ वर्षीय दानबहादुर रावल र ३१ वर्षीय ललित खड्का रहेका छन् । गम्भीर घाइते भएका

उपप्रधानमन्त्री यादव र राज्यमन्त्री कार्कीले दिए राजीनामा, सरकारबाट बाहिरियो जसपा

काठमाडौं । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । उनले सोमबार बिहान प्रधानमन्त्रीलाई सम्बोधन गर्दै राजीनामा पत्र पठाएका हुन् । यस्तै वन तथा वातावरण राज्य मन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका छन् । उनीहरु दुबै जनाले राजीनामा दिएको उपेन्द्रका स्वकीय सचिव महेश चौरसियाले जानकारी दिए । मधेस प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले जसपा नेपाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको भोलिपल्टै केन्द्रमा यादवले

नेपाल आए लगत्तै गायक रवि ओडले गरे प्रहरीमा आत्मसमर्पण

कञ्चनपुर । नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओडले प्रहरीमा आत्मसमर्पण गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थायी घर भएका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गरेका हुन् ।वैवाहिक बलात्कारको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् । ओड साङ्गीतिक कार्यक्रममा देश बाहिर रहेका कारण पक्राउ परेका थिएनन् । नेपाल आए लगत्तै उनी आफै इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गर्न पुगेको जिल्ला प्रहरी कार्यालयका

दाङमा बञ्चरो प्रहार गरेर २ जनाको हत्या

दाङ । दाङमा बञ्चरो प्रहारबाट दुई जनाको हत्या भएको छ । शनिबार बेलुकी करिब ५ बजे घोराही उपमहानगरपालिका १० पहेलपारमा स्थानीय ५० वर्षीया जुपली बुढा र सुर्खेत वीरेन्द्रनगर नगरपालिका–२ घर भएकी ४४ वर्षीया संगीता सुनारको बञ्चरो प्रहारबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्ले जानकारी दिए । प्रहरीले हत्या गरेको आरोपमा रोल्पाको थवाङ गाउँपालिका २ घर भई घोराही उपमहानगरपालिका १७ चौघेरामा बसोबास गर्दै आएका ५७ वर्षीय अटो चालक

जमुनाहा नाका शुक्रवारबाट ३ दिनका लागि बन्द

काठमाडौं । बाँकेको नेपाल-भारत जमुनाहा नाका तीन दिनका लागि बन्द गरिएको छ । भारतको उत्तरप्रदेशस्थित बहराइच जिल्लामा यही वैशाख ३१ गते हुने लोकसभा निर्वाचनका लागि सीमा नाका शुक्रबार राति १० बजेदेखि तीन दिनका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीका अनुसार खुला सीमाका कारण बढ्न सक्ने सुरक्षा चुनौतीका कारण नाका बन्द गरिएको हो । नाका बन्द रहेका बेला एम्बुलेन्सलगायत अत्यावश्यक सेवालाई

अटो दुर्घटना हुँदा दाङमा एक युवकको मृत्यु

दाङ । दाङको तुलसीपुरमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार तुलसीपुर उपमहानगरपालिका ३ साततले खमारी भित्री सडक खण्डमा खमारीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ह ५७६९ नम्बरको अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ३ बस्ने अन्दाजी २७ वर्षीय जीवन घर्ती रहेको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । अटोमा अन्य यात्रु